डडेल्धुरा मेडिकल कलेजमा बिएलएमटीको पढाई सुरु

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ५ तुफानडाडामा रहेको डडेल्धुरा अस्पतालमा स्थापना गरिएको डडेल्धुरा मेडिकल कलेजमा पढाई सुरु भएको छ । मंगलबार डडेल्धुरा अस्पतालमा अभिमुखीकरण गर्दै सुदूरपश्चिम विश्व विद्यालय स्वास्थ्य विज्ञान संकाय डडेल्धुरा मेडिकल कलेजका डिन प्राध्यापक डा. हेमनाथ जोशीले आज बुधबारदेखि पढाई सुरु गरिने जानकारी दिए ।

मेडिकल कलेजमा अध्यापन गराउने डा. प्रध्यापक र बिद्यार्थीहरुलाई स्वागत गर्दै मेडिकल कलेज’bout जानकारी गराए । सुदूरपश्चिम प्रदेशमै पहिलो स्थापना भएको डडेल्धुरा मेडिकल कलेजमा पढाई सुरु हुनु गौरवको बिषय रहेको जानकारी दिदै उनले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) ’bout बताए ।

उनका अनुसार विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात जना विद्यार्थी भर्ना भईसकेका छन । १० जनाको कोटा पाएकोमा बाँकी तीन जना भने पूर्ण शुल्क तिरेर पढ्न पाउने छन । हाल भने पूर्ण शुल्क तर्फ एक जना मात्रै विद्यार्थी भर्ना भएका छन । दुईजना विद्यार्थीको कोटा खाली रहेको जानकारी दिदै उनले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको कोटा परिपूर्ती गर्ने बताए ।

कक्षा सञ्चालनका लागि अमररगढी नगरपालिका ८ स्थित किर्तिपुर बजार नजिक डडेल्धुरा शिक्षा क्याम्पसका नामबाट मेडिकल कलेजका नाममा नामसारी गरिएको भवनसहितको जग्गा हेरिएको छ । तत्कालिन शिक्षा क्याम्पसको प्राध्यापक निवास र छात्रावासका भवन मर्मतका लागि प्राबिधिक खटाईएको उनले जानकारी दिए । हाल भने डडेल्धुरा अस्पतालमा नै कक्षा सञ्चालन गरिने उनले बताए ।

बिएमएलटी बिषयको अध्यापन क्रेडिट ४९ घण्टाको रहेको छ । उनने भने, एक क्रेडिट घण्टा भनेको १६ घण्टाको रहने छ । चार वर्षको यो कोर्स देशैभर सेमेष्टरमा रहेको छ । २० हप्ताको एक सेमिष्टर हुने छ । सिधा प्राध्यापक संगको अध्यापन बिधिको हुने छ । प्रत्येक दिन ६ घण्टाका कक्षाहरु र हप्तामा ६ दिनको हुने उनले बताए ।

बिद्यार्थीको उपस्थिती सय प्रतिशत नै हुनुपर्ने भएपनि कम्ति ८० प्रतिशत उपस्थिती हुनुपर्ने मापदण्ड बनाईएको उनले जानकारी दिए । यो बिषयमा न्यूनतम पासमार्क ५० प्रतिशत रहेको छ । थेउरी र प्राक्टिकल दुई वटैमा ५०,५० प्रतिशत पासमार्क ल्याउनु पर्ने जानकारी उनले दिए ।

अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले प्राध्यापक र विद्यार्थीहरु लाई खादा लगाई स्वागत गरे । लामो समयदेखि मेडिकल कलेज स्थापनाको माग गरिएपनि यस वर्ष डडेल्धुरावासीको सपना साकार भएको उनले बताए । हाल एक सय सैय्याको दरबन्दि स्विकृति भएको र तीन सय सैय्याको स्विकृतिको चरणमा रहेकाले अबको चार वर्षपछि एमबिबिएसका कक्षा संचालन गर्न सकिने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी