कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिने !

सुर्खेत । कर्णालीमा सत्तारुढ दलहरूबिच खठपट सुरु भएको छ । बिहीबार साँझ पूर्व मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सामाजिक सञ्जालमा एक कर्णालीमा अराजकता पैदा भएको कुरा सामाजिक सञ्जालमा लेखेसँगै सरकारबिच खटपट सुरु भएको बुझिएको छ ।

साथै उनले कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त भएको पनि उल्लेख गरेका छन् । साथै उनले सोही बमोजिम कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले व्यवस्था गर्दा उपयुक्त हुने पनि बताएका छन् । शाहीको उक्त भनाइसँगै कर्णाली सरकारमा हलचल हुने सङ्केत देखिएको छ ।

कांग्रेस कर्णालीको प्रमुख सत्ता साझेदार दल हो । कांग्रेसले अर्थ, सामाजिक र उद्योग गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ ।

यसअघि शाहीले मुख्यमन्त्री राजकुमार शर्मा र अर्थमन्त्री बेदराज सिंहलाई आफ्नै निवासमा बोलाई सरकारको कामकारबाही सही ढङ्गले अघि नबढेको र कार्यशैली नसुध्रिए सोच्न बाध्य हुने चेतावनी समेत दिएका थिए ।

सत्तारुढ गठबन्दनको भावना बिपरित मुख्यमन्त्री राजकुमार शर्माले कार्यसंचालन गरेको भन्दै यो पहिलो पटकको चेतवानी रहेको नेपाली कांग्रेस कर्णाली प्रदेश समीतिका पार्टी प्रवक्ता दमनबहादुर शाहीले बताए ।

सत्तारुढ गठबन्दन भित्र जे सहमती भएका छन् ति सहमती लत्याएर मनपरी ढंगले कार्यसंचालन भएको छ । यो त चेतवानी मात्र हो । अझैपनी यस्ता किसिमका जनहित बिपरीत गतिविधी भइरहेमा सरकारवार बाहिरीने समेत शाहीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 449 times, 1 visits today)

epaper

ताजा समाचार

अनसनरत डा. केसीद्वारा औषधि लिन अस्वीकार