बालविवाहबिरूद्ध टोल–टोलमा किशोर किशोरी

कालिकोट । रास्कोट नगरपालिकामा वालविवाह विरूद्व टोल टोलाा किशोर तथा किशोरी जागेका छन् । बालबिवाह रोकथाम तथा न्युनिकरण का लागि समुदायमा सचेतना र्याली गर्दै रास्कोट नगरपालिका ४ मा किशोर तथा किशोरी जागेका हुन ।

वडा बालअधिकार समिति द्वारा रास्कोट नगरपालिका वडा नं ४ मा वृहत समुदायमा सचेतना र्याली गरिएको हुरेन्डेक नेपालका फिल्ड सुपरभाइजर अनिता भारतीले बताइन । बाल बिवाह गर्नु हुदैन, बालविवाहले पुराउने हानि नोक्सानि ’bout सचेतना दिने र बाल बिवाह न्युनिकरणका लनगी वडा पालिकाले पनि बाल बिवाह गरेमा राज्यबाट पाउने सेवा सुविधा समेत बन्द गर्ने वडाअध्यक्ष दिनेश संज्यालले बताए । २० वर्ष पछि विवाह गरेमा प्रोत्सान र उमेर नपुगि बिवाह गरेमा सेवा सुविधाबाट बञ्चित गर्ने बताए ।

पहिलेभन्दा पछिल्लो समय बाल विवाहमा कमि आएको छ । अव वडाबाट दिने शिफारिसमा पनि मापदण्ड लगाउने अध्यक्ष संज्यालको भनाई छ । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा र हुरेन्डेक नेपालको साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तरगत बालबिवाह रोकथाम सम्बन्धी सचेतना कार्यक्रम सम्पन भएको छ। कार्यक्रम मा वडा बालअधिकार समिति का पदाधिकारी, नागरिक समाज, किशोरी र समुदायको उपस्थिति मा घर दैलो र्याली गरिएको भारतीले बताइन ।

यसै गरि रास्कोट नगरपालिका ४ र ५ मा बाल बिवाह बिरूद्व हस्ताक्षर अभियान पनि सुरू गरिएको छ । नगरपालिकाको ४ र ५ मा बालविवाह न्यूनिकरण गर्न हस्ताक्षर कार्यक्रम संकलन गरिएको छ ।

समाजमा कुपर्थाको रुपमा रहेको बालविवाह न्यूनिकरण गर्नका लागि सरोकारवाला, मानव अधिकारकर्मी तथा स्थानीयवासी र सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधीहरुले बालविवाह न्यूनिकरण गर्नका लागि हस्ताक्षर गरेका हुन् ।

रास्कोट नगरपालिकाका किशोरी क्लवद्धारा आयोजना गरिएको हस्ताक्षर संकलन कार्यक्रममा रास्कोट नगरपालिका– ४ का वडाध्यक्ष दिनेश सञ्ज्यालको अध्यक्षता रहेको थियो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेकको सहजिकरणमा सञ्चालित सशक्त बालिका परियोजना र पिसिई एफएम (नोराड) परियोजना अन्तरगत हस्ताक्षर संकलन कार्यक्रम गरिएको सशक्त बालिका परियोजनाका फिल्ड सुपरभारभाइजर गिरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने