Friday, June 5, 2020
Home Breaking News एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

जिल्लामा सञ्चालित सिन्धु सदावहार अस्पताल र काठमाडौको ह्याम्स अस्पतालले एम्बुलेन्स चालकहरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

एम्बुलेन्स चालकहरुलाई व्यक्तिगत सुरक्षा सामग्री नहुदा कोरोना आशंकाका विरामीहरुलाई बोक्न नमानेपछि र चालकहरुको सुरक्षाका लागि पनि आफुहरुले सुरक्षा सामग्री प्रदान गरिएको सिन्धु सदावहार अस्पतालका निर्देशक रामशरण भण्डारीले जानकारी दिए । सिन्धुपाल्चोकमा सरकारी र अन्य विभिन्न क्षेत्रबाट २७ एम्बुलेन्स सञ्चालनमा छन् ।

३० थान सुरक्षा सामग्री जिल्ला समन्वय समितिमार्फत जिल्ला विपद व्यवस्थापन समितिलाई सिन्धु अस्पतालका अध्यक्ष कमल नेपालले हस्तान्तरण गरेका थिए ।

चालकहरुका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पुन प्रयोग गर्न मिल्ने व्यक्तिगत सुरक्षा सेट, मास्क, बुट र चस्मा समेत रहेको छ । एम्बुलेन्सहरुमा चालक र विरामीका लागि बस्ने छुट्ट छुट्टै पार्टेशन गरिएपनि चालकहरुका लागि सुरक्षा सामग्री नहुदा कोरोना आशंकाका विरामी लैजानका लागि मानीरहेका थिएनन् । सुरक्षा सामग्री भएपछि अब एम्बुलेन्स चालकहरुलाई सजिलो हुने विपद व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । जिल्लामा विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा सहयोग गर्नेहरुले एकद्धार मार्फत सहयोग गर्नका लागि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले अनुरोध गरे ।

एम्बुलेन्स चालकहरुका लागि सुरक्षा सामग्री पाएपछि सबै एम्बुलेन्स चालकहरुलाई यसको उपयोगीता सहित चालकहरुलाई प्रशिक्षण समेत दिने स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए ।

नेपालका वरिष्ट चिकित्सकहरुको सिफारिसमा चालकहरुको लागि यो सुरक्षा सामग्री तयार गरिएको ह्याम्स अस्पतालका निर्देशक रामशरण भण्डारीले जानकारी दिए । स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने पीपीइ एक पटक मात्रै प्रयोग गर्न मिल्ने भएपनि चालकहरुका लागि प्रदान गरिएको स्वास्थ्य सामग्री भने पुन प्रयोग गर्न मिल्ने निर्देशक भण्डारीले बताए ।

(Visited 162 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

जनकपुरमा पसलहरु दिउँसो १२ बजेसम्म खोल्ने निर्णय

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामको सम्पूर्ण पसलहरु दिउँसो...

विदेशबाट नेपाली ल्याउन शुरु, म्यान्माबाट २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने...

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडौँ । छ जनाको ज्यान जाने गरी रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । प्रतिनिधिसभाको...

‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको तयारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था दिनानुदिनु बढेपछि ‘कोभिड–१९ महामारी स्वास्थ्य...

भर्खरै

बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सांसदको माग

काठमाडौँ । चौहत्तर दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै सांसदले त्यसको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका...

जनकपुरमा पसलहरु दिउँसो १२ बजेसम्म खोल्ने निर्णय

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामको सम्पूर्ण पसलहरु दिउँसो...

विदेशबाट नेपाली ल्याउन शुरु, म्यान्माबाट २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने...

डडेल्धुरामा एकैदिन ५ जना कोरोना पोजेटिभ

डडेल्धुरा । जिल्लाको एउटै गाउँपालिकामा ५ जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा डडेल्धुरा जिल्लाका मात्रै ५...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)