मल्लकालीन शैलीमा पुनर्निर्माण

ललितपुर । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ललितपुर महानगरपालिका–१६ काøगुननि स्थित मंकाः छेँको भवन मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको छ । डेढ वर्षभित्रमा सो मंका छेँको पुनर्निर्माण सम्पन्न भएको हो । दाँची इँटा र मल्लकालीन वास्तुशैलीमा बनाइएको सो भवन साढे दुई तल्लाकोे छ ।

भवनको पुनर्निर्माणमा करिब ७० लाख रुपैयाँ खर्च भएको मंका खलःले जनाएको छ । कुल लागतमध्ये ललितपुर महानगरपालिकाबाट २८ लाख ५० हजार रुपैयाँ, १६ वडाबाट २५ लाख, ललितपुर क्षेत्र नं २ का संघीय सांसद् कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख रुपैयाँ बेहोरिएको थियो । बाँकी रकम विभिन्न दाता, संघ संस्थाबाट जुटाइएको खलःका कोषाध्यक्ष हरिगोविन्द महर्जनले जानकारी दिए । पाटनमा नेवाः समुदायभित्र ज्यापूहरूको बाहुल्य रहेका ४० परम्परागत टोलमध्ये काय्गुननि एक हो । मंका खलः कुनै लिखित विधि विधानभन्दा पनि सामाजिक मूल्य, मान्यता र व्यवहारद्वारा सञ्चालन हुने परम्परागत संगठन हो । धिमे, बाँसुरीलगायत परम्परागत बाजाको प्रशिक्षण, दाफा भजन गर्ने, विभिन्न पूजाआजा र जात्रापर्व सञ्चालनका लागि मंकाः छेँको प्रयोग गर्ने गरिन्छ । भवनको पुनर्निर्माणले अमूर्त संस्कृति संरक्षणमा ठूलो टेवा पुगेको मंकाः खलका अध्यक्ष समतलाल महर्जनले बताए ।

सो मंकाः छेँको १९२ वर्षअघि (नेपाल संवत् ९४८) मा निर्माण सुरु गरिएको थियो । त्यसको ६ वर्ष वर्षपछि निर्माण कार्य पूरा भएको दुई वटा शिलापत्रमा उल्लेख गरिएको खलःका सदस्य रविन महर्जनले जानकारी दिए ।

मंकाः छेँको उद्घाटन मंकाः छेँको हालै एक समारोहबीच महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गर्दै मंकाः छेँको पुनर्निर्माणले काय्गुननि टोलको आकर्षण बढाएको बताए । सो अवसरमा १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले मंकाः छेँको पुनर्निर्माणबाट भाषा, संस्कृति र कलाको संरक्षणमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

समारोहमा १६ वडाका सदस्य एवं खलका सदस्य विजय महर्जनले अमूर्त संस्कृति संरक्षणलाई संघ, प्रदेश र स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने बताउँदै क्षतिग्रस्त सम्पदा, विहार र मंकाः छेँको पुनर्निर्माण कार्यलाई तत्काल अघि बढाउनुपर्नेमा जोड दिए । त्यस्तै, सो अवसरमा काøगुननिको इतिहास र परिचय समेटिएको स्मारिकासमेत विमोचन गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

निहारिका र शिवराजले जानकी मन्दिरमा विवाह गर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
मालिकामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन