बैठकमा सदस्यले मोबाइल चलाएपछि केपी ओलीको आक्रोश

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । सोही क्रममा बैठकमा सहभागी सदस्यको मोबाइल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिएका छन् । 

बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै उनले तर, यसलाई बेवास्ता नगर्न र अनुशासनको पालना गर्न भनेका हुन् । 

‘मैले साथीहरुलाई मोबाइल स्वीचअफमा राख्न आग्रह गरेको छु । किन, एकछिन मोबाइल नहुँदा केही हुन्छ र ? मसँग मोबाइल छैन त भएको छ त, चलेको छ त,’ ओलीले कडा स्वरमा भने, ‘कराउन दिने हो, मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि । अलिकति बैठकमा अनुशासन राखौँ न हो ।’  

सत्तारुढ गठबन्धन पूर्णतः असफल, देश संकटमा : केपी ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ गठबन्धन पूर्णतः असफल भएको बताएका छन् । मंगलबार एमालेको केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले गठन्धनको असफलताले देश संकटमा परेको आरोप लगाए । 

गठबन्धनको काम एमालेविरुद्ध गतिविधि गर्नु रहेको आरोप लगाउँदै उनले गठबन्धनको असफलताले देशको आर्थिक, सामाजिक, शैक्षिक तथा कृषि क्षेत्रमा संकट देखापरेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत आफ्नो एक वर्षको समीक्षा गर्दा आफू सुध्रिने बताएको भन्दै उनले गठबन्धन पूर्णअसफल भएको आरोप लगाए । 
 

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्