जनकपुर । सशस्त्र प्रहरी बल, नेपाल नं ८ गण हेड क्वाटर धनुषाका गणपति दर्शन गिरीको सकृयतामा सीमा इलाकाबाट व्यापक मात्रामा भन्सार छलेर नेपाल तथा भारततर्फ लैजाँदै गरेका अबैध मालसामान बरामद गरिएको छ ।

धनुषा हाजिर भई जिम्मेवारी सम्हालेको ३ दिनमा नै उनले १० लाख २० हजार रुपैयाँबराबरको अबैध सामान बरामद गरी राजस्व भन्सार कार्यालयमा बुझाएका छन् ।
जिम्मेवारी सम्हालेको तीन दिनमै १० लाख बढीको अबैध सामान बरामद
बरामद सामानमा मदिरा, किराना, लत्ताकपडालगायत छन् । उनले तस्करीविरुद्ध निर्मम रुपमा उत्रने बताएका छन् । उनले आफू मातहतका कार्यालय तथा कर्मचारीहरुलाई अहोरात्र परिचालित रहन पनि कडा निर्देशन समेत दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,064 times, 1 visits today)






