पाँचथर गोल्डकपः टाइब्रेकरमा मोरङ स्तब्ध

पाँचथर । सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा राइटलेन एजुकेशन बाग्मती युथ क्लव सर्लाहीसँग मोरङको पथरी ११ टाइब्रेकरमा स्तब्ध बन्यो ।

फिदिम खेलमैदानमा भएको खेलको निर्धातिर समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा राइटलाइन एजुकेशन बाग्मती युथ क्लव ४–१ गोलले विजयी बन्यो । पेनाल्टी सुटआउटमा पथरी ११ मोरङका जोन ग्लोरी र मञ्जिल खड्काको प्रहार बाग्मतीका गोलकिपर रौनक चौलागाईले रोकेका थिए । मोरङको तर्फबाट निरज परियारको प्रहारले मात्र जाली चुम्यो ।

बाग्मतीको तर्फबाट देवा गुरुङ, अवि लामा, निर्मल वल र अनिल राना मगरको प्रहार गोलमा परिणत भयो । मोरङको दुई वटा पेनाल्टी रोकेका गोलकिपर रौनक खेलको म्यान अफ् दि म्याच बने । उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे । खेलमा दुबै टोलीले केहि सुन्दर अवशरहरु सिर्जना गरे पनि गोल गर्नबाट चुक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको बाग्मतीले अब फाइनल प्रवेशका लागि फागुन १६ गते आयोजक पाँचथर क्लवसँग खेल्नेछ ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार ‘ए’ डिविजन त्रिभुवन आर्मी क्लवले पाहुना टोली भारतको हिल्स फुटवल एकेडेमीसँग खेल्नेछ । खेल दिउँसो साँढे दुई बजेदेखि हुने आयोजक पाँचथर क्लवले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा