सशस्त्रको नं. ४ गण सुनसरीद्वारा ७१ किलो गाँजा बरामद


सुनसरी । सशस्त्र पं्रहरी बलले मंगलबार राति सुनसरीको कप्तानगन्जबाट ७१ किलो गाँजा बरामद गरेको छ ।

मंगलबार राति ९ बजेर २० मिनेट जाँदा देवानगन्ज गाँउपालिका–४ यादवटोलस्थित दशगजा नजिक मकैबारीबाट सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगन्जले सो परिमाणको गाँजा बरामद गरेको हो । सो गुल्म सशस्त्रको नम्बर ४ गण मातहत पर्छ ।

लुकिछिपि २ जना व्यक्तिले २ वटा बोरा टाउकोमा बोकी भारततर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो । सशस्त्रको टोली देख्नेबितिक्कै दुबै जना बोरा छोडी भारततर्फ भागेका थिए ।

सशस्त्रले बरामद गाँजा थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगन्ज बुझाएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पामा निर्वाचन टोली मतदानस्थमा खटिदै