महान् आत्माहरूप्रति समर्पित

म आफू ‘ठिटो’ हुँदाको समय सम्झिन चाहन्छु । सायद यी परिदृश्यहरूमध्ये केही त अझै विद्यमान होलान्, तर यतिबेलाको अवस्था ठ्याकै वर्णन गर्न म सक्दिनँ । ती दिनहरूको अनुभवकै सहारा लिन्छु ।

पहिलो परिदृश्य ! काठमाडौंका गल्लीगल्लीमा त्यतिबेला ‘दिदीचा’, ‘बालाँ टाजु’ र ‘हिस्सी मैंचा’का मधुशाला (भट्टी) हुने गर्थे । ती मदिरालयहरूमा प्रायः सुनिने आवाज हुन्थ्यो– ‘चकन्छी वासः अले आलु हाफ’ (एक चौथाई सोमरस र आलु हाफ) । प्रत्युतरमा साहुनीले गिलासभरी घरेलु स्वनिर्मित मदिरा र पिरो आलुको तीन टुक्रा दिइहाल्थिन् । ग्राहकले तत्कालै पिरो आलु मुखमा राखेर मदिरा घुड्क्याउँथे मुख बिगार्दै घाँटी मुसार्दै । सुरुमा अप्ठ्यारो भएको देखिन्छ, तर बिस्तारै दोस्रो, तेस्रो घुड्को सम्ममा ग्राहकले आनन्द मान्न थाल्थ्यो उसको नाक, कान र गाला रातो हुन थाल्थ्यो । बिस्तारै त्यो मानिसले संसार हाँक्न थाल्थ्यो र अगाडिका मानिसलाई ‘मस्र्या (मदिसे)’, ‘बर्म्हु (बाहुन), ‘सें (भोटे)’ र ‘खें (पाखे)’ भन्न थालिहाल्थ्यो ।

त्यो ‘वासः’ अत्यन्तै लोकप्रिय थियो किनकि असाध्यै सस्तो र तुरुन्तै विद्युतीय असर गथ्र्याे ! त्यसमाथि त्यो शुद्ध ‘घरमा बनेको स्वदेशी’ थियो ! तर, त्यसमा कति विदेशी अमोनियम सल्फेट मिसाइएको छ, विचरा ग्राहकलाई थाहा हुँदैनथ्यो । कालान्तरमा त्यो सस्तो, ‘बिजुली पानी’ले कलेजो फियो आदि इत्यादि ध्वस्त गथ्र्याे र क्यान्सरजस्तो प्राणघातक रोगको सिकार हुन्थे विचरा ‘गरिखाने देशप्रेमी’ ग्राहक !

यो अंश यस मुलुकका महान् राष्ट्रवादी एवं ‘हटि होइन डटि लड्ने’ ओलीजीप्रति समर्पित !

अब अर्को परिदृश्य ! एउटा बालकको जन्म हुन्छ ! आमाको सुत्केरी खर्च राज्यले बेहोर्छ । न्वारान संस्कार राज्यले गरिदिन्छ । धुमधामका साथ हात्ती घोडा पालकीको प्रदर्शनसहित अन्नप्राशन र शुभ व्रतबन्ध राज्यको ढुकुटीबाट हुन्छ । विवाह त कुरै भएन ! विवाहपश्चात् सरकारले जमिन दिन्छ र निर्मल वातावरणको निवास निर्माण गरिदिन्छ ! औपचारिक पत्नीबाहेक कैयन् नानी, रानी र महारानी हुन्छन् ! ती सबै पवित्र कोखहरूबाट परमेश्वरका अनुकम्पाले पुत्र–पुत्री जन्मिन्छन् ! राज्यले नै सबै बन्दोबस्त गरिदिन्छ । कुनै नागरिकले थोरै फाइदा हुने व्यवसाय थाल्यो भने मौसुफलाई बिनालगानी सेयर टक्र्याइन्छ ! बुबाको स्वर्गारोहण भयो । चिताको दाउरादेखि काजकिरिया काट्टो दान सबै राज्यको दायित्व ! अनि पुरातात्विक महत्वका मूर्ति, चित्र वा कला सर्लक्क उठाएर विदेशमा बेच्ने नैसर्गिक हक पनि प्राप्त हुन्छ ! छोरो गुन्डा निस्किन्छ, मान्छे किच्दै हिँड्छ बन्दुक तेर्साउँदै हिँड्छ ! तर, कानुनभन्दा माथि ! छोरीका लागि दाइजो र घर मर्मतसम्म राज्यले गरिदिन्छ । अझ रमाइलो त उसलाई, श्रीमतीलाई, गुन्डा छोरो र छोरीलाई वार्षिक लाखौं रकम बाहुली दाखिला !

मलाई एक जना मित्रले ‘मण्डले’ भनेको के होला भनेर सोधे । पहिला त लाग्यो, उनी मलाई जिस्क्याउँदै छन् । तर, पछि थाहा भयो– यो उनको नितान्त जायज जिज्ञासा रहेछ । सायद म र मेरो पुस्ताका लागि अत्यन्तै चीरपरिचित यो बदनाम शब्द धेरै जना विशेषतः नयाँ पुस्तालाई थाहा छैन ।

एकताका नेपालमा संविधान त थियो, त्यो संविधानमा नानाथरी अलंकारयुक्त शब्दावली चाङ मिलाएर सिँगारेर राखेको पनि थियो । तर, त्यो संविधानले कथित ‘श्री ५’हरूलाई संविधानको परिधीभन्दा माथि राखेको थियो । ‘श्री ५’ भन्नाले राजा, रानी र युवराज मात्र होइन, भारततिर विवाह भएका राजाका फुपू बज्यैसम्म पनि पर्थे । ती ‘श्री ५ फुपू शाहज्यादी’ मर्यादाक्रममा नेपालका प्रधानमन्त्रीभन्दा माथि पर्थे र तिनलाई नेपाली जनताको रगत पसिनाको पैसाले तिरेको करबाट भत्ता ‘बाहुली दाखिला’ हुन्थ्यो । कहाँसम्म भने राजा महेन्द्रकी अवैध श्रीमतीबाट जन्मेका एक व्यक्तिलाई (महेन्द्रको निधनपश्चात्) अनायास आमजनताभन्दा माथि सम्बोधन गर्न थालियो । रेडियो नेपालले अनायासै ‘राजकुमार… शाह पनि श्राद्धमा सरिक होइबक्स्यो’ भन्यो !

मलाई एक जना मित्रले ‘मण्डले’ भनेको के होला ? भनेर सोधे । पहिला त लाग्यो, उनी मलाई जिस्क्याउँदै छन् । तर, पछि थाहा भयो– यो उनको नितान्त जायज जिज्ञासा रहेछ । सायद म र मेरो पुस्ताका लागि अत्यन्तै चीरपरिचित यो बदनाम शब्द धेरै जना विशेषतः नयाँ पुस्तालाई थाहा छैन

त्यसबेला राजनीतिक दलहरू प्रतिबन्धित थियो । कांग्रेस कम्युनिस्टहरू या जेलमा कोच्चिएका थिए अथवा भारतमा निर्वासनमा । कुनै विद्यार्थी संगठनलाई समेत खुला काम गर्ने छुट थिएन । तर, ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थीमण्डल’ नाम गरेको एउटा संगठनलाई पुरै स्वतन्त्रता थियो । उनीहरूलाई सरकारी ढुकुटीबाट बजेट आउँथ्यो र सुरक्षा अंगको संरक्षण हुन्थ्यो । अझ भनौं, प्रहरी प्रशासन उनीहरूको इशारामा चल्थ्यो । उनीहरूलाई जे गर्न पनि छुट थियो किनकि दरबारको उनीहरूलाई पुरै साथ थियो । उनीहरू एक प्रकारले पञ्चायतइत्तर युबा वा जो कसैका विरुद्ध पनि मारपीट लूटपाट गर्न गठित ‘श्री ५’का गुन्डा जमात थिए । बीपी कोइरालालाई स्वागत गर्न गएकी नोना कोइरालाको साडी तान्नेदेखि लिएर पुष्पलालको शवको खरानी ल्याउन रोक्नेसम्म ‘राष्ट्रवादी’ कदममा यिनीहरू सक्रिय रहन्थे । यिनको मूल्यांकनको कसी नै गुन्डागर्दीको मात्रा हुन्थ्यो । जति धेरै गुन्डागर्दी, उति ठूलो मूल्यांकन !

२०३६ सालको विद्यार्थी आन्दोलनमा यिनीहरूविरुद्ध आँधी आयो । ‘मण्डले’ संज्ञाका साथ यिनका विरुद्ध जनमत उर्लियो । यहाँसम्म कि अन्त्यमा प्रज्ञा प्रतिष्ठानले आफ्नो शब्दकोषमा यस शब्दको अर्थ– ‘फटाहा, गुन्डा’ भनेर परिभाषित ग¥यो ।

स्मरण रहोस् ! विशेष उल्लेख गर्न चाहन्छु– आजका राप्रपा नेपालका अध्यक्ष कमल थापा त्यही ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’ चरमचुलीमा हुँदा त्यसका अध्यक्ष थिए र वर्तमान राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कमल थापाका उत्तराधिकारी हुन् । दीपक बोहरा, तत्कालीन मण्डले नाइके आज राप्रपाका तर्फबाट सांसद छन् !

यो अंश राजभक्त सनातन धर्मरक्षक राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्र एवं ज्ञानेन्द्र शाहीप्रति समर्पित !

अब अन्तिम परिदृश्य ! २०३७ सालको जनमत संग्रहपश्चात् पञ्चायत व्यवस्थाअन्तर्गत पहिलोपटक बालिग मताधिकारका आधारमा आमनिर्वाचन गराइएको थियो । त्यो निर्वाचनमा काठमाडौंबाट एक अत्यन्तै रमाइला पात्र नानीमैया दाहाल निर्वाचित भएकी थिइन् । नानीमैयाका ’boutमा धेरैलाई थाहा होला । तर, उनी कसरी उम्मेदवार बनिन् र जितिन् भन्ने थोरैको स्मृतिमा मात्र होला । जनमत संग्रहमा बहुदल पक्षको अप्रत्याशित हार नेपालका प्रबुद्ध व्यक्तिहरूले पचाउन सकिरहेका थिएनन् । तत्कालीन न्युरोडको बैंगलोर कफी हाउसजस्ता राजनीतिक गफका अखडाहरूमा नानीमैयाजस्तालाई उठाएर जिताउने चर्चा सुरु भयो । नानीमैया एकदमै जमिनी स्तरमा सक्रिय सामाजिक कार्यकर्ता थिइन्– विशेषतः बौद्ध जोरपाटी क्षेत्रमा ! उनी अत्यन्तै निमुखाहरूको कुरा लिएर मन्त्री सचिवकहाँ पुग्थिन् । तर, उनको अनौठो शैली थियो– ती मन्त्री सचिवलाई आमाचकारी ‘रण्डीका …’जस्ता गाली गर्न चुक्दिनथिन् ! उस्तै परे साडीसमेत उघारिदिन्थिन् ! नानीमैयासँग यही कारणले पञ्च र प्रशासक दुवै थुरथुर हुन्थे । नानीमैयाको यही असभ्य एवं अश्लील चाल काठमाडौंका विद्रोही बुद्धिजीवीलाई मनप-यो ! पञ्चायती व्यवस्थाविरुद्ध उग्र व्यंग्यका प्रतीकका रूपमा नानीमैयालाई उठाइयो र तिनले अत्यधिक मतका साथ जितिन् ! त्यसैबेला अर्का एक ‘अनौठा’ पात्र पनि उम्मेदवार बनेका थिए– आफूलाई ‘शिशुपञ्च’को नाम दिँदै प्रकाशमान सिंह नाम गरेका व्यक्ति ! कबिबर केदारमान व्यथितका परित्यक्त जेठा छोरा ती ‘शिशुपञ्च’ शारीरिक रूपमा आकर्षक तर अरू हिसाबले हास्यास्पद व्यक्ति थिए । तिनले पनि उल्लेख्य भोट पाएका थिए ।

नानीमैयाको जित र शिशुपञ्चको आकर्षक मत देखेर विद्रोही बुद्धिजीवीहरू हौसिए ! काठमाडौं नगरपञ्चायतको प्रधानपञ्चको निर्वाचन हुनेभयो र त्यसका लागि एक अत्यन्तै गजबका पात्र छानियो । न्युरोड पीपलबोटमा जुत्ता पालिस गर्ने कालु सुनुवार ! ती कालु हरदम नशामा हुन्थे र बेलाबेला त कम्मरमुनिको भागसमेत नांगै भएर सुतिरहन्थे । यी कालु सुनुवार उम्मेदवार बनेका भए शतप्रतिशत जित्थे ! यही देखेर उनलाई प्रशासनले बेपत्तै बनाइदियो र उनलाई उम्मेदवार बन्न दिइएन । विकल्पमा ‘प्रगतिशील’हरूले गोल्छे सार्कीलाई उठाए, तर जित्न सकेनन् ! कमल चित्रकार प्रधानपञ्च बन !

नानीमैया, शिशुपञ्च, कालु सुनुवार र गोल्छे सार्की सबैमा एकप्रकारको आकर्षण थियो– वितृष्णा, मनोरञ्जन, मादकता र व्यंग्यको सम्मिश्रण ! त्यहाँ आवेग थियो अनि उत्तेजना थियो, कुनै पात्रप्रति विश्वास वा सम्मान लगभग शून्य थियो ।

यो अंशचाहिँ मादक रवि

लामिछानेप्रति समर्पित !

अन्तिममा एउटा सामान्य टिप्पणी ! माथि उल्लिखित सबै पात्र र पात्रका मालिक प्राय सबै आफू मुस्किलले १२ कक्षा उत्तीर्ण छन्, तर तुलनात्मक रूपमा नेपालको चेतनशील क्षेत्रबाटै स्थापित भएका थिए र छन् । यसलाई पनि रमाइलो संयोग नै मान्नु पर्ला ! कतिपयलाई आफ्ना नेता वा मालिकलाई कुनै अंश समर्पण नभएकामा चित्त दुख्नसक्छ ! बिस्तारै उहाँहरूप्रति समर्पित आलेख पनि आउँछ ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बराहपोखरी गाउँपालिकामा गठबन्धनबाट उठेका कांग्रेसका बञ्जरा बिजयी