मिथुनको नक्कल गर्दै अभिनेता बरुण

मुम्बई । बलिउड अभिनेता बरुण धवनको नयाँ फिल्म ‘कुली नम्बर १’ को काम अहिले भारतमा कोरोनाका संक्रमण र लकडाउनका कारण रोकिएको छ । यो रिमेक फिल्म हो । जसमा यस अघि गोविन्दा र करिश्मा कपूर थिए । यो फिल्ममा अहिले बरुण र सारा अली खानले अभिनय गरेका छन् । बरुणको यो फिल्मको निर्माण धमाधम भइरहेको अवस्थामा उनको कोरोनाका कारण रोकिएको हो ।

आफूलाई मिथुन चक्रवतीको फ्यान बताउँदै आएका अभिनेता बरुणले यो फिल्ममा मिथुनको नक्कल गरेका छन् । उनले यो फिल्ममा मिथुनको बोल्नेदेखि अभिनय गर्नेसम्म शैलीको नक्कल गरेका हुन् । अब यो फिल्ममा वरुणलाई दर्शकले मिथुन चक्रवर्ती जसरी नै बोलेको सुन्न पाउनेछन् ।

आफूले मिथुनसँग फिल्म खेल्ने चाहना राख्दा पनि अहिलेसम्म नजुरेको अभिनेता धवनको भनाइ छ । सोही कारण मिथुनसँग अनुमति लिएर मिथुन स्टाइलमा यो फिल्ममा आफू प्रस्तुत भएको यी अभिनेताले खुलाएका छन् । आफ्नोको यो स्टाइललाई दर्शकले सकारात्मक लिनेमा उनी आशावादी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान