हिन्द महासागरमा माछासँगै रमाउँदा

डा. राधिका बुढ्थापा

सानासाना टापु नै टापुले बनेको माल्दिभ्स देश विश्वको नक्साबाट कतिबेला हराउने हो यो कसैलाई थाहा छैन । यो विशाल हिन्द महासागरभित्र बिस्तारै डुब्दै जाँदै छ भनेको सुन्न थालेको पनि वर्षौं हुन थालिसक्यो । यही देशमा जाने जमर्काे धेरैपटक गरे तापनि मेरो चाहना पूरा भएको थिएन । यसपटकको हिँउदमा त्यता जाने मेसो जु¥यो । म, मेरो श्रीमान् र वहाँका केही साथीहरू सपरिवार २०८० पुस २९ गते माल्दिभ्सको यात्रामा निस्क्यांै । विमानस्थलमा पुग्दा हामीलाई बोकेर लैजाने हवाइजहाज केही घण्टा ढिलो भएको रहेछ । करिब ३ घण्टाको पट्यारलाग्दो प्रतीक्षापछि हामीलाई लिन जहाज आइपुग्यो । नेपालको भूमिलाई केही दिनका लागि बिदा मागेर हाम्रो यात्रा सुरु ग¥यौं । नेपालबाट सिधैं माल्दिभ्स हवाइसेवा नभएका कारणले श्रीलंकाको बाटो हुँदै माल्दिभ्स पुग्ने, त्यहाँबाट फेरि श्रीलंका फर्किने र त्यहाँ एक हप्ता अरू थप घुमफिर गर्दै नेपाल फर्कने योजनाका साथ यात्रा सुरु भयो ।

काठमाडौंको विमानस्थलमै करिब ३ घण्टा ढिलो भइसकेकाले श्रीलंकाबाट हामीलाई माल्दिभ्स लैजाने हवाइजहाज हामी त्यहाँ नपुग्दै छुटिसकेको थियो । अर्काे हवाइजहाज भोलिपल्टको बिहान मात्र जाने भयो । विमानस्थलमा सम्बन्धित विमान सेवासँग धेरै कराएपछि विमानस्थलमै खाने र सुत्नका लागि दुईवटा कोठाको व्यवस्था भयो । हामी तीन महिलालाई एउटा कोठा र पुरुषका लागि अर्को कोठाको जोरजाम भयो । कोलम्बो विमानस्थलमा भएको गौतम बुद्धको अत्यन्त आकर्षक मूर्ति अन्तर्राष्ट्रिय यात्रामा निस्किएका अनगिन्ती तनावयुक्त यात्रुलाई शीतलता दिइराखेको थियो । मूर्तिको छेउमा उभिएर फोटो खिच्यौं ।

कोठामा तीन जनाका लागि तीनवटा खाट थिए, कोठा राम्रो थियो तर पनि राम्ररी निदाउन सकिएन । सायद नयाँ देश हेर्ने उत्सुकता हुन सक्छ । जे होस् ओल्टोकोल्टो गर्दै यो रात बित्यो । भोलिपल्ट बिहान हामी घडीको सुई पछ्याउँदै माल्दिभ्स जाने विमानमा चढ्यौं । करिब डेढघण्टाको हवाई यात्रापछि हाम्रो टोली भेलना अन्तरर्राष्ट्रिय एयरपोर्ट, माल्दिभ्स पुगियो । विदेश भ्रमणको सूचीमा एउटा देश थप्दै मैले नयाँ देश टेक्दै थिएँ । हामी सबैको मनमा एउटा रमाइलो अनुभूति प्रक्षपित भइरहेको थियो । काठमाडौंको हिउँदको चिसो छल्न माल्दिभ्स आइपुगेका हामी ६ जना नेपाली यहाँको न जाडो, न गर्मी बिचको ठिक्कको मौसमले विमानस्थलमै राम्रैसँग लोभ्याउन थालिसकेको थियो ।

त्यहाँको अध्यागमन विभागको आवश्यक औपचारिकता पूरा गरिसकेपछि विमानस्थलबाट बाहिर निस्क्यौं । यता नेपालमा चारैतिर डाँडाकाडा मात्र देखेका मेरा आँखाले मध्ये दिनको पारिलो घामसँगै चम्किएको निलो समुद्र चारैतिर देखेपछि मन प्रफुल्ल हुने नै भयो । मध्ये हिउँदको न्यानो हावा र घामले एकैचोटि स्वागत गरेको आभास भयो । तुरुन्तै जेबमा भएका मोबाइल फोन निकालेर धमाधम फोटो खिच्न हतारियौं । टापु नै टापु अर्थात् १ हजार १ सय ९२ वटा टापु भएको यो देशमा १ सय ८७ वटा टापुमा मानव वस्ती रहेको छ । एउटा सानो टापुमा विमानस्थल बनेको रहेछ । नजिकै अर्थात् करिब ३ किलोमिटरको दूरीमा रहेको अर्काे टापु माल्दिभ्सको राजधानी मालेलाई जोड्न सिनामाले नाम राखिएको एउटा राम्रो पुल बनेको रहेछ । समुद्रसहित लगभग ९० हजार वर्ग किलोमिटरमा फैलिएको माल्दिभ्समा सबै टापुहरूको भूमि क्षेत्र करिब २ सय ९८ वर्ग किलोमिटरमा मात्र रहेको छ । यो विश्वको सबैभन्दा सानो मुस्लिम देश हो भने सबैभन्दा सानो एसियाली देश पनि हो । माछा मार्ने कार्य यहाँको ऐतिहासिक रूपमा प्रमुख आर्थिक गतिविधि होे, त्यसपछि द्रुत गतिमा अगाडि बढिरहेको उद्योग पर्यटन हो ।

हाम्रो स्वागतका लागि विमानस्थलमै त्यहाँका सम्पर्क व्यक्ति लिन आएका थिए । उनले हामी बस्ने टापु अर्थात् माफुसे आइल्यान्डका लागि हामीलाई स्पिडबोटमा चढ्न सघाए । एकैछिनमा बोटले आप्mनो गति लियो । हाम्रो वरिपरि चारैतिर चौडा छाती तन्काएर मध्यदिनको निलो समुद्र लम्पसार थियो । म पानीलाई हेरेर किहिल्यै अघाउँदिनँ ।

केही समयपछि हामी बस्ने माफुसे टापु आइपुग्यो । समुद्र र बालुवा नै बालुवा भएको त्यहाँको भूमिले हार्दिकताका साथ हामी सबैको स्वागत गरिरहेको जस्तो लाग्यो । हामी बस्ने होटलबाट पाहुनाको सामान लिन आइपुगेका भाइ नेपाली परेछन् । त्यहाँ काम गरेर दुई÷चार पैसा कमाउन आएका नेपाली भाइहरूको संख्या उल्लेखनीय नै रहेछ । हामीलाई पनि होटलमा बसेको नभएर कुनै आफन्तकोमा बसेको अनुभव भयो । त्यहाँ काम गर्न आएकामा ‘दुःख भयो, हामीलाई असजिलो भएको छ,’ भन्ने नेपाली कामदार भेटिएनन् सबै खुसी नै लाग्थे । केही भाइहरूले माल्दिभ्समा नेपाली दूतावास नभएका कारण कमाएको पैसा सजिलैै नेपाल पठाउन नसकिने भएकाले यसका लागि त्यहाँको राजधानी मालेमै पुग्नपर्ने, दोहोरो सटही शुल्कका कारण धेरै मर्कामा पर्ने आदि गुनासा सुनाए ।

दिउँसोको खाना र दृश्यावलोकन पनि गर्ने सोच बनाएर एकछिनमा होटलबाट बाहिर निस्कियौं । छेवैमा भएको एउटा समुद्री खाना पाउने भोजनालयले हामीलाई आकर्षित गरिहाल्यो । त्यहीँ पसेर भरपुर हुनेगरी माछालगायतका विभिन्न थरीका समुद्री परिकार खायौं । त्यसपछि आआप्mनो किसिमले हामीमध्येका कोही समुद्र किनारमा गएर पानीसँग खेल्न जानुभयो भने कोही किनारामा सजिलै भेटिने शंखेकिरा संकलन गर्न थाल्नुभयो । मलाई भने खाना खाएको केही क्षणमै नराम्रोसँग पेट मडार्न थाल्यो । स्वास्थ्य अवस्था झन बिग्रने सम्भावना देखेर हामी दुई जना तुरुन्त बसेको होटल फर्कियांैं । भर्खर खाएको खाना विषाक्त भएछ क्यारे पेटले करिब २–३ घण्टा नराम्रोसँग दुःख दियो । खाएको खाना सबै मुखबाट गएपछि मात्र केही आरामको अनुभव भयो ।

साँझ विस्तारै छिप्पिन थाल्यो । बस्तीमा बत्ती बल्न थाल्छन् । साँझको दोस्रो चरण सुरु भएको छ । नजानिँदो थकाइले शरीर थाकेको अनुभूति भइरहेको थियो । होटेलको अगाडिको खुला आकाशमुनि होटलको तर्फबाट बेलुकाको खानाको व्यवस्था थियो । विभिन्न प्रकारका खाना, संगीत, बत्तीको झिलिमिलि, चिटिक्क सजिएका टेबल देख्दा वातावरण मनमोहक भए पनि दिउँसोको खानाले देखाएको करामतको कारणले सुप र जुसबाहेक अरू खाना खान मन लागेन ।

भोलिपल्ट बिहान त म ताजा भइसकेकी थिएँ, आफ्नो अस्सली फुर्तीका साथ । एक जना नेपाली भाइले हामीलाई एक–एकवटा स्नोरकलिंग (पौडी खेल्न आवश्यक पर्ने सामग्री) दिनुभयो र स्पिडबोट पर्खिरहेको छ छिटो जानुहोस् भनेर भन्नुभयो । अलि वल्तिर हिन्द महासागर सिपालु चित्रकारले अति मेहनतका साथ बनाएको सुन्दर चित्रझैं टलपल टलपल देखिँदै थियो । टाढा आँखाले भेउ नपाउने ठाउँसम्म विशाल रूपमा फैलिएको निलो पानीले आँखालाई मात्र होइन, मेरो मनलाई पनि ताजा पारिरहेको थियो । अहिले हामी मध्य दिनको हिन्द महासागरलाई हेर्दै थियौं । पानीले मलाई एकपटक होइन दुईपटक होइन हरेकपटक मोहनी लगाउँछ ।

हामी चढेको डुंगामा अन्दाजी २५–३० वर्षका भारत केरलाका एक जोडी र गोरा एक जोडी, अनि ६ दशक वरिपरिका हामी तीन जोडी नेपाली थियौं । त्यही डुंगामा एक जना चालकसहित दुई जना हाम्रा जीवन सुरक्षा गार्ड पनि थिए । उनीहरू सबै श्रीलंकाका बासिन्दा रहेछन् । फाट्टफुट्ट मात्र अंग्रेजी बोल्ने यिनीहरू काला वर्णका दुब्ला, पातला लामो कपाल र दारी जुँगा पालेका थिए । उनीहरूले बिस्तारै हामीलाई समुद्रमा के गर्ने, कसरी गर्ने, के नगर्ने आदि कुरा सिकाए । उनीहरूको बोली उनको ज्यानभन्दा वजनदार थियो । निश्चित ठाउँमा पुगिसकेपछि यो टोलीले पानीमा लंगुर फ्याँकेर डुंगा रोके ।

अब बीच समुद्रमा हामीहरूले डुंगाबाट हाम फाल्ने समय आयो । एकछिन त सारै सकस भयो । फाल हालौं त्यतै मरिन्छ कि भन्ने डर, फाल नहालेर डुंगामै बसिराखूँ महासागरमा पौडीको अनुभव छुट्ने । मन एकचोटि त निकै दोधारमा भयो । धेरै वर्ष पहिले हामी फिलिपिन्समा हुँदा मलाई पौडी खेल्न सिकाउने गुरु मेरो श्रीमान् उहाँले झ्याम्म हामफालेपछि मैले पनि आपूmलार्ई सम्हाल्न सकिनँ । बल्ल पो अनुभव भयो, समुद्रमा पौडी खेल्नु, त्यहाँ भएको नुनिलो पानी, मैले लगाएको लाइफ ज्याकेट र स्नोरकलिंका आदिका कारणले स्विमिङ पुल र हाम्रा पहाडका खोलामा पौडी खेलेको भन्दा अत्यन्त फरक अनुभव रह्यो । आहा ! कति रमाइलो, न पानीमा डुब्ने डर, न मुखभित्र पानी पस्ला भन्ने डर । थोरै मात्र तरिका मिलाए वातावरणमा भएको ताजा हावा पनि सास फेर्न पनि मिल्दो रहेछ ।

विभिन्न प्रकारका माछासँगै पौडी खेल्दै हिँड्दा स्वर्गीय आनन्द भयो । बेलाबेलामा टाउको उठाएर हाम्रो डुंगा कता छ, पौडी खेल्दै धेरै टाढा पो आइसकें कि जस्तो लागेर टाउको उठाएर हेर्थें । मेरो यो साहस भनौं या दुस्साहस श्रीमान सायद मनमनै डराइरहनुभएको थियो । त्यसैले होला पटकपटक कस्तो छ, ठीक छ होइन त ? भनेर सोधिरहनुहुन्थ्यो । मलाई त ठीक मात्र होइन धेरै ठीक अनुभव भइरहेको थियो । बचपनमा यस्तै किसिमले मलाई फोटो खिच्न रहर लाग्थ्यो । आफ्नै सीपले आज पौडी खेल्न पाउँदा ६० वर्ष पार गरिसकेकी छु भन्ने ठ्याम्मै अनुभूति थिएन । मेरो जीवनका केही रमाइला क्षणको सूचीमा यसपटक यो क्षण पनि थपियो । यस्तै, सोच्दासोच्दै पछि माछाको रंगीबिरंगी हुलसँगै म त डुंगाभन्दा धेरै टाढा पुगिसकेछु । साँच्चै भन्ने हो भने मलाई फर्किएर डुंगामा जाने पटकै इच्छा नै थिएन तर पनि अर्को ठाउँ जानुपर्ने भएकाले मन नलागी नलागी फर्कें ।

त्यसपछि हाम्रो डुंगा करिब आधा घण्टा अगाडि बढेपछि उनै लाइफ गार्डले हामी दुई जना र गोराको जोडीलाई आफूसँगै पानीमा गोता लगाउन बोलायो । समुद्र निलो कालो देखिएको थियो । हामीले फेरि आँखामा चस्मा, टाउकोमा सास फेर्ने स्नोरकेल (पाइप), लाइफ ज्याकेट लगाएर ऊसँगै हाम फाल्यौं । तल कति गहिरो छ भन्ने त अन्दाजै गर्न सकिएन, सिंगो आकाश थियो हामीमुनि । समुद्रमुनिको त्यो घेरै गहिरो भागमा माछा पनि पत्रपत्रमा फरकफरक खालका हँुदा रहेछन्, कुनै असाध्यै साना तर समूहमा, कुनै मझौला आकारका त कुनै ठूला । लाइफ गार्डले खानेकुरा दिँदा माछाका हुलले घेर्ने रहेछन् । मान्छेको डर रत्तिभर छैन । आँखाले देख्न सकिने सम्मुखमा विभिन्न रङ र विभिन्न आकार प्रकारका कोरल रिफर । लाग्थ्यो हामी दुई जना कतै सुन्दर फूलैफूलको बगैंचामा घुमिरहेका छौं । फरक यत्ति मात्र थियो बाहिर बगैंचामा विभिन्न थरीका पुतली हुन्छन् भने यहाँ माछालगायतका अनेकौं किसिमका समुद्री जीव छन् ।

मैले जीवनमा पहिलोपटक यस्तो अनुभव सँगाल्ने अवसर पाएँ । विभिन्न थरीका माछासँगै पौडी खेल्न पाउँदा संसार नै जितेको अनुभूति भयो । हामीमुनि पानीभित्र एउटा अजंगको कछुवा खाना खोज्दै थियो । थरिथरिका खेलौना देखेर मक्ख परेको सानो बच्चाझंै म विभिन्न प्रकारका समुद्री जीवसँग मन्त्रमुग्ध थिएँ । म्याराथुन जितेको धावक, उत्कृष्ट अंक प्राप्त गरेको विद्यार्थी यत्ति धेरै के खुसी हुन्थे होला म त्यति धेरै खुसी थिएँ । प्राकृतिक सुन्दरतामा रमाउन कसलाई पो मन लाग्दैन । मलाई यस्ता नयाँ ठाउँ घुम्ने अवसरलाई सकेसम्म छुटाउन मन लाग्दैन । हाम्रा सहयोगीले त्यहाँ केही सुन्दर फोटो पनि खिचेका रहेछन् । केही समयको नौलो अनुभवपछि हामी डुंगामा फर्कियौं । त्यस दिन उनीहरूले हामीलाई बिहादुरी, टर्टपोइन्ट, कोरलगार्डेन र गुराइदो टापु घुमाए । जता गए पनि चारैतिर पानी नै पानी, यो पृथ्वीमा पहाड, हिमाल, तराई पनि छ त ? भनेको जस्तो आभास हुन्थ्योे । एउटा टापुबाट अर्काे टापुमा जान कि त डुंगा कि पानी हवाइजहाज चाहिँदो रहेछ ।

सधैं पर्ने साँझ आज पनि पर्न लागिसकेको थियो । साँझ भनेको कुनै क्षण होइन, एउटा संक्षिप्त अवधि हो । यसलाई उज्यालो र अँध्यारोको सीमारेखा पनि भन्न सकिन्छ । हामी समयको त्यही सीमारेखामा आइपुगेका थियौं । त्यस दिनको यात्रालाई त्यहीँ बिट मारेर हामी बासस्थानतर्फ लाग्यौं । भोलिपल्ट दिउँसो माफुसे आइल्यान्ड घुम्दै, केही समुद्री उपहारका सामान किनमेल गर्दै, समुद्री किनारामा टहलेर बितायांै । साँझ हिजोकै टिमका साथ डुंगामा गएर माछा मारेर ल्याउने र आफैंले मारेको माछाको तरकारी खाने कार्यक्रम थियो । घण्टांैको प्रयास गर्दा पनि हाम्रो बल्छीमा एउटा माछा पनि परेन । हामीसँगै भएका बंगाली र हाम्रा सहयोगीले एक–एकवटा माछा पारेर यो टोलीको इज्जत बचाइदिए धन्न ।

चौथो दिन हामीले माले अर्थात् माल्दिभ्स जाने निधो ग-यौं । बिहान ७ बजे त्यहाँबाट सरकारी डुंगा माले जाने र साँझ ३ बजे फर्कने गर्दो रहेछ । हाम्रो यात्राका लागि यो सस्तो र राम्रो पनि साधन भएकाले हामीले पनि यसै डुंगाबाट यात्रा सुरु ग-यांैं । स्थानीय समयअनुसार बिहानको ठीक ७ बजे हाम्रो यात्रा सुरु भयो । डुंगाको यात्रामा मलाई रिङटा र वाकवाकी लागेजस्तो भयो तर जसोतसो यसलाई रोकें । केही छिनपछि माले आइपुग्यो । आकारमा त्यति ठूलो नदेखिए पनि राजधानीको आवश्यकता कसैगरी पूरा गर्ने आँट लिएर समुद्रको बिचमा उभिएको आभास दिन्थ्यो । नेपाल पैसा पठाउन हिँडेका एक जना भाइ डुंगामै भेटिए । उनैले हामीलाई माले बजार घुमाए । खाना खानलाई होटलमा पस्यौं त्यहाँ पनि हामीले अंग्रेजी बोल्न परेन, रोजगारी खोज्दै पुगेका नेपाली नानी भेटिए । खुसी हुनु कि दुःखी ? आप्mनै देशमा काम पाएको भए यी कलिला नानीहरू यहाँ किन पुग्थिन् होला ।

समुद्रमा माछा मार्ने र पर्यटन व्यवसायलाई नै मुख्य पेसा बनाएको छ यस देशले । सम्भवतः इस्लाम राज्य भएकाले होला अल्कोहलको उपलब्धता कतै देखिएन । यसका लागि सरकारबाट आवश्यक स्वीकृति चाहिन्छ रे । त्यसबाहेक त्यहाँ पुगेका प्रत्येक पर्यटकलाई भरपुर मनोरञ्जन दिन्छ यहाँको प्राकृतिक सौन्दर्यले । वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको यस माल्दिभ्सले एक दिनमै १० हजारभन्दा बढी पर्यटकलाई स्वागत गरेको खबर भर्खर बाहिर आएको थियो । झिसमिसे उज्यालोसँगै समुद्री किनारा सफा भइसक्दा रहेछन् । समुद्री किनारामा सिपी, शंखेकीरा, गंगटालगायत जीवजन्तु किनारामा एकाबिहानै टहल्न आउने आगन्तुकसँग लुकामारी खेल्दा रहेछन् । माफुसे टापुमा बिरालाको संख्या असाध्यै धेरै रहेछ । ती बिराला पनि आफ्नो आहारा खोज्न समुद्री किनारा नै रोज्दा रहेछन् ।

भनिन्छ, आकाश सबैका लागि उत्रै हुन्छ । तपाईं कति ओगट्न सक्नुहुन्छ, त्यो तपाईंको क्षमतामा भर पर्छ । प्रकृतिले हाम्रो देशमा के कुराको कमी गरेको छ र एउटा समुद्रबाहेक । केही गरौं भन्ने भावनाको कमी छ हामी भित्र । सायद त्यसैले होला वार्षिक १० लाख पर्यटक भिœयाउन हामीलाई सधैं हम्मेहम्मे पर्छ । अरू त के कुरा अर्काको देशमा रगत पसिना बगाएर देशमा रेमिट्यान्स पठाउँछौं, यसका लागि हामीलाई सहज वातावरण बनाइदेऊभन्दा पनि सुलभ र सहज बनाइदिन नसक्ने अवस्था छ ।

दिनभरको मालेको घुमाइपश्चात् ३ बजेतिर हामी डुंगा चढ्ने ठाउँ आइपुग्यांैं । ठीक समयमा हाम्रो डुंगा माफुसेका लागि हिँड्यो । समयलाई यत्ति धेरै महŒव दिएको देखेर हामीले एकआपसमा हे-यौं र मुखामुख ग-यौं । यहाँका प्रत्येक मानिस इमानदार र समयको ख्याल गर्ने रहेछन् भन्ने अनुभूति भयो । भोलिपल्ट बिहान विमानस्थलकोे बाटो लाग्यौं । समुद्र हिजोभन्दा कालो थियो । सूर्यको किरणले जमिन छोइसकेको थिएन, हामी कोलम्बोको अर्को यात्रामा लाग्यौं । यहाँको घुमाइ अविस्मरणीय रह्यो । जस्तो देखें, जत्ति अनुभूति गरें, जत्ति आनन्दित भएँ, त्यो शब्दमा पनि व्याख्या गर्न सक्दिनँ । हिन्द महासागरलाई अन्तिमपटक अघाउन्जेल हेरेर हाम्रो यात्राको राम्रो व्यवस्थापन गरिदिने ह्वाइट टाइगर होलिडेजलाई एकपटक फेरि धन्यवाद दिँदै गन्तव्यतिर लाग्यौं ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको स्थगित मतगणना ७ घन्टापछि सुरू