रुखमा अड्किएका प्याराग्लाइडरको सशस्त्र प्रहरीद्वारा उद्धार

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्नेक्रममा सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका १८ सारङकोट बस्ने २९ बर्षिय रविन्द्र ढकाल (पाईलट) र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ विशालनगर बस्ने २६ बर्षिय सिद्धान्त बस्नेत फागुन २१ गते मध्यान्ह प्याराग्लाइडिङ गर्नेक्रममा हावाको प्रभावले प्याराग्लाइडर अनियन्त्रित भई सो ठाउँस्थित नवोदय सामुदायिक बन चप्पनको जंगलमा करीब सय फिट अग्लो रुखमा अड्किएका थिए ।

घटना’bout जानकारी पाएपछि उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण उदयपुरबाट सुरक्षा फौज परिचालित भई उनीहरुको सकुशल उद्धार गरेको हो । स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायको सहयोगमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त फौजले रोप रेस्क्यु विधि अपनाई उनीहरुको उद्धार गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

epaper

ताजा समाचार

शेयर कारोबार पुनः सञ्चालन