ललितपुर । एक महिने श्री स्वस्थानी व्रत आज (आइतबार)बाट समापन हुँदै छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको व्रत माघ शुक्ल पूर्णिमाका दिन समापन हुन्छ । पूर्णिमाका दिन एक महिनासम्म व्रत बस्नेले सुपारी, जनै, अक्षता, बेलिपुष्प, पान, मसला देवी स्वस्थानीलाई चढाउँछन् । मध्यान्ह धूपबत्ती बालेर घरघरमा बालुवाको शिवलिंग बनाई बीचमा ओमकारले लेखेर पूजाअर्चना गर्ने परम्परा छ ।
पूजामा चन्द्रावती र डोलेहरूको मूर्ति बनाइन्छ । गणेशको पूजाआजा गरिन्छ । पूजापछि प्रत्येक वस्तु १ सय ८ वटा चढाउने चलन छ । आठ सामग्री श्रीमान्लाई दिइन्छ । श्रीमान् नभए छोरालाई र छोरा नभए मीत छोरालाई दिइन्छ । कोही नभए नजिकको खोलामा बगाइन्छ । एक महिनाको अवधिमा घरघरमा श्री स्वस्थानी कथा वाचनका क्रममा जम्मा भएको फूल–प्रसाद पनि नजिकैको खोलामा विसर्जन गरिन्छ । सुस्वाथ्य, दीर्घायु र सुयोग्य वर प्राप्तिका लागि व्रत बस्ने गरिन्छ ।
श्री स्वस्थानी व्रत समापन
- Rajdhani Daily
- २०७६ माघ २६ गते ११:२९
- २०७६ माघ २६ गते ११:२९


Ads Space Available

यो महिनको ट्रेन्डिङ समाचार

अन्य समाचार पनि पढ्नुहोस्
कुरी-कुरी

आजको १० समाचार
- ढुंगानालाई गभर्नर बनाई फाइदा लिने दाउमा चौधरी ग्रुप
- जो गोर्खालीलाई माया गर्छन्
- सनातन नेपालको अभियानलाई कमजोर बनाउने षड्यन्त्र र…
- कसैले डराउन पर्दैन, देशमा शान्ति चाहिएको छ : पूर्वराजा शाह
- माथवरसिंह बस्नेत रहेनन् !
- सुर्खेत गोठीकाँडा : पुरानो गन्तव्य, नयाँ सम्भावना
- माओवादीको वैदेशिक रोजगार शाखा गठन
- जनमत–नाउपाबीच पार्टी एकीकरण हुँदै
- एमसीसीका केही कार्यक्रम अगाडि बढाउन अमेरिकाद्वारा अनुमति
- बलिउडको सबैभन्दा विवादित किस