कालीगण्डकी नदीमा एक जना बेपत्ता

नवलपुर । नवलपुरको बुलिङटार गाउपालिकाको काली गण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन् ।

मंगलबार साँझ पाँच बजेतिर पौडी खेल्ने क्रममा बौद्दीकाली गाउँपालिका १ मिथुकरम बस्ने वर्ष १८ का हिमाल चितौरे सार्की वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । उनको खोजी कार्य जारी रहेको जनाएको छ ।

यस अघि डुंगा दुर्घटना हुँदा काली गण्डकी नदीमा एक जना बालिका वेपत्ता भएकी थिइन । उनको शव दुई दिन पछि फेला परेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह