लोकदोहोरी गायन रोशनी रसाईली

काठमाडौं । नेपाली लोकदोहोरी गायनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी लोकदोहेरी गायिका हुन रोशनी रसाईली । उनि डेढ दशक भन्दा लामो समयदेखी निरन्तर रुपमा नेपाली सांगीतिक क्षेत्रमा लोकदोहोरी गायिकाको रुपमा सक्रिय रहेकी छिन् ।

उनले गायका ३३ किलो सुन…, काभ्रेमा घर छ (भाग १), काभ्रेमा घर छ (भाग २), डाँडाघरे कान्छी…, सुनको चुरा…, साली भेना…, चौतारीमा बर छ…, माली गाईको दही…, फुर फुर पुतली…लगायतका थुप्रैै गीतहरु बजाएर ल्याएकी उनी लोक गायिकाको रुपमा परिचित छिन् ।

विषेतः लोक भाकाका गीतहरु गाउन रुचाउने उनि सानै उमेर देखी गाउँघरमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा गाउने गर्दथिईन । विस्तारै पढाईको सिलसिलमा काठमाण्डौ बसाई सरे पछि उनको गायिका बन्ने सपनाले अझै उडान भर्न पाएको थियो । नेपाललाई चिनाउने भनेकै मौलिक संस्कृति रहेको र यसलाई निरन्तरता दिदै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म लैजान सके नेपालको पहिचान यीनै कला संस्कृतिहरुले चिनाउन सक्ने कुरामा उनको विश्वास थियो । नेपाली लोक तथा दोहोरीको साथमा सालैजो, कौडा, पञ्चेवाजाको भाकामा गीत गाउँदै आफ्नो बालापन विताएकी रोशनीले आफ्नो शिक्षा संगै गायन क्षेत्रलाई पनि अघि बढाएकी थिईन । विशेष गरेर कास्की, बाग्लुङ, स्याङ्जा, पर्वत, तनहु, लम्जुङ जिल्लाहरुका गाउँहरुमा प्रचलित रोधी संस्कृतिमा उनी सक्रिय रहिन् ।

गाउँघरमा आयोजना हुने सबै कार्यक्रमहरुमा गाउँदै आएकी रसाईलीले काठमाडौं आएपछि पनि अध्ययनका साथ साथै आफ्नो गायन पेशालाई पनि निरन्तर अघि बढाउदै लगिन र २०६६ सालमा पहिलो पटक रोशनीले आफ्नो आवाजमा “काँटी पलायो डाली” बोलको गीत रेकर्ड गराएकी थिईन् । दोहोरी विधामा रेकर्ड गराएको गीतलाई पुरुष स्वरमा कृष्ण जी.सी.ले साथ दिएका थिए भने शब्द तथा लय पनि जी.सी.कै रहेको थियो । सोही गीतबाट गायिका रोशनीले राम्रो चर्चा कमाउन सफल भईन ।

बाग्लुङबाट राजधानी सम्मको यात्रा र राजधानीमा आएर नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा स्थापित हुन उनले धेरै सँघर्ष गरेकी छिन् । नेपाली समाजमा महिला कलाकारको रुपमा अघि बढ्न गाह्रो भए पनि सबै समस्या चिर्दै उनी लोक दोहोरी गायिकाको रुपमा नेपाली संगीत क्षेत्रमा स्थापित भएकी छिन् ।

निरन्तर गायनका माध्यमबाट नेपाली गीत संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै रोशनीलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुले पुरस्कार तथा सम्मानपनि प्रदान गरेका छन् , जसमा “गिनिज बुक अफ वल्र्ड रेकर्ड–२०१७, ज्योती फिल्मस् कला सम्मान–२०२२, नेपाल चलचित्र निर्देशक समाजबाट कला सम्मान–२०२३” लगायत रहेका छन् ।

त्यसै गरी रसाईलीले साली भेना बोलको गीतबाट स्टार म्युजिक अवार्ड –२०७८, गर्छु माया गर्छु गीतबाट ८ औ छायाँछवी तीज म्युजिक अवार्ड –२०७८ लगायतका अवार्डहरु प्राप्त गरेकि छिन् । गायिका रसाईलीले गीत संगीतको विधाबाट मनोरन्जन उद्योगमा पुर्याको योगदान वापत श्रीलङ्काको राजधानीमा आयोजना भएको साउथ एसियन जिवनेश एक्सिलेन्सि अवार्ड–२०२१ बाट समेत उनि अवार्डेड भएकी छिन् ।

श्रीलङ्कामा आयोजना भएको अवार्ड साउथ एसियाली देशहरुका विभिन्न विधामा काम गर्ने मानिसहरुलाई प्रदान गरिने अन्तराष्ट्रिय स्तरको अवार्ड हो । रोशनीले गीत संगीतको विधा अन्तर्गत यो अवार्ड जित्न सफल भएकी हुन् । उनि नेपाली गीत संगीत तथा कला संस्कृतिको प्रवद्र्धन गर्नको लागी खुलेका विभिन्न संघसंस्थाहरुमा समेत आवद्ध रहेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर प्रमुखमा कांग्रेसका २५ जनाकाे दावी, उपप्रमुखमा २४ जनाकाे नाम दर्ता