ट्रक छाडेर बाख्रा पालनमा जमेका सुनिल

कपिलवस्तु । सुनिल घिमिरे । उमेर ४३ वर्ष । पेसा बाख्रा पालन । गाउँघरमा यस्ता उमेरका मान्छे कमै भेटिन्छन् । त्यसमाथि गाउँमै इलम गरेर भुल्नेहरू पाउन त झनै मुस्किल पर्छ । कुनै सरकारी जागिर वा अरू कुनै प्रोजेक्टको जागिरे भए त ठिकै हो । आफ्नै लगानी गरेर बाख्रा पाल्नु चानचुने कुरा भने होइन । त्यसमाथि बाख्रा पालेर गाउँमै बाख्रा पालेर बस्ने बिरलै हुन्छन् ।

सबै युवाहरू गाउँ छाडेर सहर र विदेश पस्दा शिवराज नगरपालिका १ वनकसवासाका सुनिल पनि वैदेशिक रोजगारका लागि साउदी अरेबिया हानिए । सात वर्ष साउदी अरेबिया बसेर फर्किएका सुनिलले सुरुमा ट्रक व्यवसाय सुरु गरे । १६ वर्षसम्म यातायात व्यवसाय सञ्चालन गर्दै आएका सुनिलले तीन वर्ष अगाडि एक पाखे टिनको छानो राखी आठ ओटा बाख्राबाट व्यवसाय सुरुवात गरेको अनुभव सुनाए । सुनिलले बाख्राको खोर बनाउँदा धेरैले अचम्म मान्दै भने “ ट्रक व्यवसाय के भयो र ?

सुनिलका खोरमा पाठा पाठी बाहेक ५० ओटा माउ र २ ओटा बोर र सि रोही जातको प्रजनन बिउ रहेका छन् । बाख्रा बेचेरै उनले वर्षे नि ६ लाख भन्दा बढी कमाउँछन्। गाउँले दङ्ग छन्। सुनिलको काम र कमाई देखेरै गाउँभरिका बाख्रा पालनमा लागेका छन् । बाख्रा पालनबाटै केही हुन्छ भन्ने लागे पछि सुनिलले ४८ लाखमा किनेको ना ५ ख ९१०० नम्बरको १२ चक्के ट्रक २०७७ सालमा १९ लाखमा बेचेको सुनाउँछन् ।

“ट्रक बेचेरै सुरु गरेको व्यावसायिक बाख्रा पालन सुरु गरे, अहिले ट्रकको कमाई भन्दा बाख्राबाटै सन्तुष्ट छु ।, “सबै ठाउँको आ–आफ्नै विशेषता हुन्छ । वनकसवासासँग पशुपालनको सम्भावना छ । “सुनिलले भन्छन्, ‘वनकसवासालाई नमुना बाख्रा पालनको थलो बनाउन सके पर्यटन प्रवद्द्नमा पनि जोड्न पाइन्छ । त्यसपछि बिस्तारै आर्थिक संवृद्ध र जीवनस्तर विकास हुँदै जान्छ ।’

अघिल्लो वर्ष ७ लाख लगानी गरी आधुनिक खोर निर्माण गरेका सुनिलले एक वर्ष मै २५ बाख्राबाट पाठा पाठी हुर्किएर ६३ पुगेका छन् । एक गैर्ह सरकारी संस्थाले “टोलको एक समूहमा बोर जातको बोका सहयोग गरेको थियो । मेरो घरमा रहेको बार्वरी जातको बाख्राको क्रसबाट उत्पादन भएको बोका ८ महिनामा २७ किलो पुगे पछि बाख्राबाट केही हुन्छ भनेर मैले व्यावसायिक रूपमा सुरुवात गरे। “सुनिलले भने । ट्रक गुडाउनु भन्दा बाख्रा पालनमा सन्तुष्टि रहेको उनी बताउँछन् ।

उहाँ सँग अहिले खरी (स्थानीय प्रजाति) र जमुना पारी गरी ५ जातका बाख्रा रहेका छन् । उहाँलाई किडार्क नेपाल संस्थाले खोर बनाउन १ लाख रकम सहयोग गरेको थियो । शिवराज नगरपालिकाले तालिम औषधि उपचार तथा परामर्श लगायतमा सहयोग गरेको नगरपालिकाका पशु विकाश शाखा प्रमुख धनिश्वर खनालले बताउनु भयो । हाल ३० देखि ७८ किलो सम्मका बोका उत्पादन भएका छन् । वन क्षेत्रमा चराउन लाने र गौ को भुस, ब्रान चोकर र मकै मिसाएर खुवाएर पालेको हुँदा अर्गानिक बोका भन्दै ग्राहकहरू घर मै खरिद गर्न आउने गरेका छन् । मासु प्रयोजन बोका जिउँदो प्रति केजी ५५० प्रजनन बीउ बोका प्रति केजी ६५० मा बिक्री हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

epaper

ताजा समाचार

साढे चार करोड रुपैयाँभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ