भरतपुर। रोटरी क्लब अफ नारायणी मीडटाउनले आज ११४ औ नारायणी दिवसको अवसर पारेर महिलाको स्वास्थ्य, र अनुहारको छालालाई स्वस्थ राख्ने विषयमा जनचेतनामुलक कार्यक्रमको को आयोजना गरेको छ । भरतपुरमा भएको सो कार्यक्रममा स्त्री रोग विशेषज्ञ वन्दना खनाल न्यौपाने र छालारोग विशेषज्ञ अच्युत पोखरेलले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा चिकित्सक न्यौपानेले महिलामा देखिदे विभिन्न समस्या मध्ये महिनावारी सुक्ने बेलाको समस्या’bout जानकारी लिनुपर्ने बताइन । उनले महिनावारी सुक्ने बेला हर्मोनको कारण विभिन्न खाले समस्यमा महिलामा देखिने भन्दै त्यसका ’bout जानकारी नराख्दा थप समस्या हुन सक्ने भनाई राखेकी थिइन ।
उनले पाठेघरको मुखको क्यान्सरका ’bout पनि जानकारी गराइन । उनले पाठेघरको मुखकोे क्यान्सर विरुद्ध एचपिभी भ्याक्सीन महिनावारी हुने उमेर ९ वर्ष देखि ४५ वर्ष सम्मकाले लगाउन मिल्ने जानकारी गराइन । यो भ्याक्सीन पाठेघरको मुखको क्यान्सर हुनबाट ९० प्रतिशत रोक्ने सक्ने भन्दै किशोरी अवस्थाका छोरीलाई बर्थडे गिफुट नै एचपिभी भ्याक्सीन दिन सुझाइन ।
छालारोग विशेषज्ञ अच्युत पोखरेलले अनुहारको छाला आउने चाउरीपन सुर्यको किरण प्रमुख हुने भन्दै घामबाट अनुहार जोगाउन सुझाए । घामबाट अनुहार जोगाउन दिउँसो सनप्रोटेक्ट क्रिम र राती सेरमको प्रयोग गर्नुपर्ने उनको भनाई छ । पुरुषको तुलनामा मा महिलाको शरिरमा हर्मोनहरु परिवर्तन भइरहने कारण पनि अनुहारको हेरचाहा महिलाले बढी गर्नुपर्ने उनले बताए। उनका अनुसार गुणस्तरीय सौन्र्दय सामान विशेषज्ञको परामर्शका आधारमा मात्र प्रयोग गर्न उनले आग्रह गरेका छन् ।
कार्यक्रम रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अर्पणा प्रधान भन्डारीको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा वरिष्ठ स्त्री रोग विशेषज्ञ केशवराज भुर्तेल रोटरी क्लब असिसेन्ट गर्भनर जोन ३६ का दिनुप वराल, रोटरी क्लब अफ नारायणी मिडटाउनका पूर्व अध्यक्षहरु, उद्यमी महिलाहरु लगायत विभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो ।