रुखको हाँगाले लाग्दा महिलाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–४ सल्लेरीमा बिहिबार अपरान्ह रुखको हाँगा खसेर लाग्दा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । सडकको भित्तामाथि रहेको शिरिसको हाँगा भाँचिएर लाग्दा धनकुटा–१ हिलेकी ३० वर्षीया उषा तामाङको मृत्यु भएको हो ।

उनी, श्रीमान आशिष तामाङले चलाएको प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन् । अपरान्ह करिब ४ बजे धनकुटाबाट हिले जाँने क्रममा मोटरसाइकल गुडिरहेका बेला एक्कासी रुखको हाँगा खसेर टाउको र छातीमा लाग्दा उषा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको भएपनि केही समयमै उनको मृत्यु भएको धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिए ।

उपचारका क्रममा धनकुटा जिल्ला अस्पताल आएर श्रीमान–श्रीमती घर फर्किदै गर्दा दुर्घटनामा परेका हुन् । मोटरसाइकल चालक श्रीमान आशिष भने भने सकुशल छन् । रुखको हाँगा खस्दै गरेको देखेपछि उषाले आशिषलाई अगाडि धकेलेका कारण उनी जोगिन सफल भएको वताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको विषयमा झडपदेखि मतपेटिका आगजनीसम्म