कूर्मचक्रको प्रारूप

प्रा. माधवप्रसाद पाण्डेय (विद्यावारिधि)

१. प्रारूप
भूगोलका रूपमा परिचित भूमण्डल सम्बद्ध पृथ्वी वा विभिन्न दृश्यरूप र प्राकृतिक पक्षको अध्ययन गरिने माध्यम शास्त्रलाई भूगोलशास्त्र वा भूगोलविद्या भनिन्छ भने त्यसअन्तर्गत पृथ्वीको उत्पत्ति, आकार, प्रकार, आधार, ब्रह्माण्ड, तारा, ग्रह, उपग्रह, उल्का, निहारिका, सौरमण्डल, पृथ्वी र सौरमण्डलबीच अन्तरसम्बन्ध, पृथ्वीको वर्गीकरण, मैदान, पर्वत, समुद्र, जलमण्डल, ज्वारभाटा, वायुमण्डल, जलवायुनुसार पृथ्वीको विभाग, द्वीप, भूमध्यरेखा, कर्करेखा, मकररेखा, रेखांश, अक्षांश, भूगोलको स्थितिसँग सम्बद्ध सबै पक्ष भूगोलशास्त्र सम्बद्ध मानिन्छन् । त्यसैगरी वन, पर्वत, द्वीपहरू र सागरसहित समग्र पृथ्वीको अध्ययनसमेत भूगोलभित्र पर्छ ।

त्यसैगरी, वेदांगमा अध्ययन गरिने सिद्धान्त, संहिता र होरामध्ये संहिता शाखाअन्तर्गत यसै सन्दर्भमा रहेर आचार्य वराहमिहिरले भूगोलका यी सबै सीमालाई नक्षत्र मण्डल र खगोलसँग जोडेर प्रकाश पारेका छन् । कृत्तिका, रोहिणी, मृगशिरा आदि तीन–तीन नक्षत्रहरूको एक–एक वर्ग कल्पना गरी मेरुको दक्षिणमा स्थित स्थानहरूलाई मध्यमा र अरू स्थानहरूलाई पूर्वादिक्रममा राखेर उनले भूगोलका सीमाहरूलाई जम्मा नौ भागमा विभाजित गरेका छन् ।

उनले वर्गीकरण र नामोल्लेख गरेका स्थानहरूको नाम प्राचीन कालसम्बद्ध रहेकाले अहिले प्रचलित नामहरूसँग मेल खानेगरी बुझ्न कठिन हुनसक्छ, तापनि केही अनुमान गर्न भने सकिन्छ । उनले वर्गीकरण गरेका स्थानहरूको नाम यसप्रकार रहेको छ ।

१) भद्र, अरिमेद, माण्डव्य, साल्व, नीप, उज्जिहान, वत्स, घोष, यामुन, सारस्वत, मत्स्य, माथुर, धर्मारण्य, शौरग्रीव, पाण्डु, पाञ्चाल, साकेत, कंक, कुरु, हस्तिनापुर आदि नाम भएका स्थानहरूलाई कृत्तिका, रोहिणी, मृगशिरा नक्षत्रहरूको वर्गमा राखी मध्यदेशका रूपमा परिकल्पना गरिएको पाइन्छ ।

२) माल्यवान् गिरी, चान्द्रपुर, खस, मगध, शिविर गिरी, मिथिला, समतट, उडीसा, लोहित्य नद, क्षीरोद समुद्र, उदय गिरी, भद्र, पौण्ड्र, उत्कल, काशी, कोशलक आदि ठाउँहरूलाई आद्रा, पुनर्वसु, पुष्य नक्षत्रहरूको वर्गमा राखी मेरुबाट पूवदिशामा स्थित मानिएको छ ।

३) कोशल, कलिंक, वंग, उपवंग, जठरांग, शौलिश, विदर्भ, चर्मद्वीप, विन्ध्याचल सन्निकट, हेमकूट, किष्किन्ध, त्रिपुरी, व्यालग्रीव, महाग्रीव, कण्टकस्थल आदि ठाउँलाई अश्लेषा, मघा, पूर्वफाल्गुनी यी तीन नक्षत्रको वर्गमा र आग्नय कोणमा कल्पना गरिएको छ ।

४) लंका, मलयपर्वत, आकर, वेण, आवत्र्तक, केरल, कणद, चित्रकूट पर्वत, धर्मपुर द्वीप, क्रौञ्चद्वीप, कावेरी नदी, ऋष्यमूक पर्वत, दक्षिण समुद्र, काञ्चि, दण्डकारण्य, कच्छ आदिलाई उत्तरफाल्गुनी, हस्त, चित्रा यी नक्षत्रमा अनि दक्षिण दिशामा स्थित रहेको कल्पना गरिएको छ ।

५) काम्बोज, सिन्धु, सौवीर, अरव, फेणगिरि, आभीर, हेमगिरि, सिन्धुनद, रैवतक, सुराष्ट्र, द्रविण, स्वाति, विशखा, अनुराधा यी नक्षत्रीय रेखा र नैऋत्यकोणमा स्थित मानिन्छ ।

६) अस्तगिरी, पञ्चनदलगायतका पश्चिम दिशामा स्थित देशहरूलाई ज्येष्ठा, मूल, पूर्वाषाढा नक्षत्रको वर्गमा राखेर अध्ययन गरेको पाइन्छ ।

७) माण्डव्य, तुषार, नृसिंहवन, वेष्णमती नदी, मरुकुच्छ, शूलिक आदि देशहरू उत्तरषाढा, श्रवण, धनिष्ठा नक्षत्रमा र वायव्य कोणमा रहेको मानिन्छ ।

८) कैलाश, हिमालय, मेरुगिरि, यामुन, भोगप्रस्थ, आन्तद्र्वीप, तक्षशील, पुष्कलावत, कैलावत, मालव, पौरव, कच्छार, यशोवती नगरी, हेमताल, हूण आदिलाई शतभिषा, पूर्वभाद्रपदा, उत्तरभाद्रपदा नक्षत्रमा अनि उत्तर दिशामा स्थित मानिन्छ ।

९) काश्मीर, अभिसार, तंगण, सैरिन्ध्र, वनराष्ट्र, ब्रह्मपुर, वनराज्य, किरात, चीन, कौणिन्द, सुवर्णभू, मुञ्जाद्रि आदि देशहरू रेवती, अश्विनी, भरणी नक्षत्रमा र ईशान्य कोणमा कल्पित छन् ।

यस साताको आकाश
सूर्य, बुध, राहुको युति र त्यसमा मंगल, शुक्र, शनि एकातिर र अर्कोतिर गुरुद्वारा आवृत्त कर्तरीमा साता प्रारम्भ भएको छ । आकाशको यस स्थितिमा देशमा शक्तिसन्तुलन र आत्मरक्षाको वहानामा अनेकौं तीव्र चाहना परिपूर्तिका लागि बोलीमा मिठास र कुटिल कूटनीति तथा क्रियामा स्वेच्छाचारिता, अपव्यय एवं आफ्नो आश्रित देशान्तरका निश्चित व्यक्ति वा समूहसँग गोप्य लम्पसार क्रियाद्वारा क्षतितर्फ देश अगाडि बढ्ने देखिन्छ ।
क्रमशः

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम