अभिभावक शिक्षा किन ?

नेपालमा अझै पनि एक तिहाई जनसंख्या अशिक्षित रहेको तथ्याङ्क छ । यसमा पनि तुलनात्मक रूपमा अघिल्लो पुस्ताका अभिभावकहरूमा शिक्षाको कमी रहेको अवस्था छ । वालवालिकाहरूलाई पालन, पोषण, संस्कार, आनिवानी, शिक्षा, स्वास्थ्य लगायतका कुराहरूको उचित व्यबस्थापन तथा प्रशिक्षित गराउनको लागि अभिभावकहरू सक्षम हुनु पर्दछ भन्ने मान्यता राखिन्छ । नेपोलियन बोनापार्टले मलाइ शिक्षित आमा देउ, म तिमीलाई असल नागरिक दिन्छु भनेका छन् । नेपोलियनका अनुसार शिक्षत आमाको प्रशिक्षणमा हुर्किएका वालवालिकाहरू असल नागरिक हुन्छन्, भन्ने हो ।

घर, परिवारबाट सुसंस्कृत शिक्षा पाएका वालवालिकाहरू सरल, शिष्ट, इमानदार तथा अज्ञाकारी हुन्छन् । अभिभावकहरूले आप्mना छोराछोरीहरूलाई सानै उमेरदेखि आफूभन्दा ठूलालाई आदर गर्न, सानोलाई मायागर्न, सहयोगी बन्न, आप्mनो काम आफै गर्न, सफा सुग्घर हुन, समाजका मूल्य, मान्यता र परम्पराहरूलाई बुभ्mन सहजीकरण गर्नु पर्दछ । यसो हुन सकेमा समाजका वालवालिकाहरू शिष्ट, सभ्य, अनुशासित तथा इमानदार हुन सक्दछन् । यसको लागि अभिभावक शिक्षा आवस्यक ठानिन्छ ।

अहिले समाजमा विद्यालय उमेर समूहका लाखौंको संख्यामा वालवालिकाहरू विद्यालय शिक्षा भन्दा बाहिर छन् । छोराछोरीहरूलाइ विद्यालय भर्ना गर्नको लागि अभिभावकको चेतनाले ठूलो भूमिका खेलेको हुन्छ । शैक्षिक क्षेत्रको शुरूआतमा राज्यले विद्यार्थी भर्ना अभियान चलाउने गरेको छ । तथापि घरवार विहिन सुकम्बासी, पूर्वकमैया, कमलरी, पूर्वहलिया, लोपउन्मुख जाति, मुसहर, राउटे, चेपाङ, पासी, चमार, डोम, बादी, माझी, कुसन्डा, गन्दर्भ लगायतका समुदायका अधिकांश वालवालिकाहरू संख्यात्मक रूपमा विद्यालय शिक्षाबाट बञ्चित रहेको तथ्याङ्कहरूले बताउँछन् । त्यसैले अभिभावक सचेतना शिक्षाको आवस्यक देखिन्छ ।

घरलाइ मानिसको पहिलो पाठशाला भनिन्छ । यो पाठशालाका निर्देशक तथा व्यबस्थापकरूपी अभिभावकहरूको निर्देशन तथा व्यबस्थापनमा घर, परिवार चल्दछ । अभिभावकहरू शिक्षित, दिक्षित वा प्रशिक्षित भएमा छोराछोरीहरूलाई उचित शिक्षा दिक्षा दिन सक्दछन् । असल व्यबहार सिकाउन सक्दछन् । अभिभावकहरूको राम्रो हेरचाह पाएका वालवालिकाहरूले खराब संगत र अपराधजन्य व्रिmयाकलापहरूबाट टाढा रहन सक्दछन् । यसर्थ वालवालिकाहरूको शिक्षा, दिक्षा तथा उचित दिशानिर्देश गर्नको लागि अभिभावकहरू सक्षम हुन आवस्यक हुन्छ ।

अभिभावकहरूले वालमनोविज्ञानको अधययन गर्न सक्नु पर्दछ । बढ्दो उमेरसंगै वालवालिकाहरूमा विभिन्न समस्याहरू सिर्जना भएका हुन्छन् । वालवालिकाहरूमा उमेर अनुसार शारिरीक, मानसिक तथा संवेगात्मक विकास हुन्छ । कतिपय अवस्थामा किशोर अवस्थाका वालवालिकाहरू विभिन्न समस्याहरूले सताईएका हुन सक्दछन् । साथी संगत, झै–झगडा, प्रेम, विछोड, असक्षमता, उदासिनपन जस्ता कुराहरूले उनीहरू समस्याग्रस्त अवस्थामा हुन सक्दछन् । अभिभावकहरूले यी र यस्तै समस्याहरूमा वास्ता नगर्दा उनीहरूमा दिक्दारीपन बढ्न सक्दछ । पढाईमा रूची नहुने र विद्यालय छाड्नेसम्मका समस्या उत्पन्न हुन सक्दछ ।

परिवारिक सम्बन्धले वालवालिकाहरूको व्यक्तित्व विकासमा ठूलो प्रभाव पारेको हुन्छ । सामाजिक, नैतिक तथा आदर्शमैत्री व्यबहारको स्रोत घर परिवार हो । किशोर अवस्थाका वालवालिकाहरूमा कल्पनाशक्तिको तीब्र विकास भईरहेको हुन्छ । घर, परिवारको वातावरणले उनीहरू रचनात्मक वा ध्वंसात्मक कार्यमा संलग्न हुन्छन् । त्यसैले किशोर अवस्थाका वालवालिकासंग मनोविमर्शगरी उनीहरूमा रहेका समस्याहरू उत्खनन गर्नु पर्दछ । अभिभावकको डर, त्रास र असहज वातावरणमा वालवालिकाहरूले आप्mना समस्याहरू खुलेर भन्न सक्दैनन् । डराउँछन् । उनीहरूको मनोविज्ञानको ज्ञानकारी राख्नको लागि उनीहरूसंग मित्रवत व्यबहार गर्नु पर्दछ । त्यसैले अभिभावकहरूले उनीहरूलाई सकरात्मक, सिर्जनात्मक तथा उत्पादनसील कार्यमा लगाउन समयोग गर्नु पर्दछ ।

नेपाली समाजमा बालबालिकासँग मनोपरामर्श गर्ने संस्कृति प्रायः नरहेको मनोविदहरूको भनाइ छ

नेपाली समाज आधुनिकीकरणको संघारबाट अगाडि बढिरहेको छ । आधुनिकीकरणको एउटा उपलब्धी इन्टरनेट र यस भित्रको सञ्जालले वालवालिकाहरूको मात्र नभएर नेपाली समाजको नै जीवन शैली परिवर्तन गरि दिएको छ । अझै नयाँ पुस्तामा यसको प्रभाव धेरै छ । आधुनिक जीवनशैलीसंगै समाजमा वालवालिकाहरू अनुशाासित हुन नसकेको जनगुनासो बढ्दो छ । विद्यार्थीहरूमा पढाइप्रति रूची घट्दै गएको गुरूजनहरूको बुझाई छ । छोराछोरीहरूले मोवाइलमा समय बिताउने, घरयासी कामहरूमा रूची नदेखाउने गरेको अभिभावकको अनुभव छ । यी समस्याहरूको समाधानको लागि पनि घर परिवारको भूमिका महत्वपूर्ण हुन्छ ।

वर्तमान समाजमा शहर बजारदेखि गाउँघरसम्म इन्टरनेटको प्रयोग बढ्दो छ । इन्टरनेटको सञ्जाल भित्रको एउटा सर्वाधिक प्रयोग गरिने एप्सहरू फेसबुक, मेसेन्जर, युट्यबका प्रयोग कर्ताहरू धेरै छन् । फेसबुकको प्रयोगले वालवालिकाहरू एक्लै रमाउने, एकोहोरो बन्ने, परिवारका सदस्यहरू बीचमा आपसी छलफल र अन्तरव्रिmया नगर्ने, घरयासी कामहरूमा ध्यान नदिने, पढाई लेखाईमा रूची नहुने जस्ता समस्याहरू व्याप्त छन् । वालवालिकाहरूमा झाँगिदै गएको डिजिटल कुलतबाट जोगाउनको लागि अभिभावकहरूको गाइडेन्स तथा प्रशिक्षण आवस्यक हुन्छ ।

एकातिर इन्टरनेटको प्रयोग अत्यन्त आवस्यक भइसकेको छभने अर्कोतिर इन्टरनेटको दुरूपयोगबाट वालवालिकाहरूलाई जोगाउन पनि त्यत्तिकै चुनौति बन्दै गएको छ । अहिले शहर, बजार र गाउँघर तिर समेत साइवर क्याफे पसलहरू प्रसस्त खुलेका छन् । यी क्याफेहरूमा विभन्न उमेर समूहका मानिसहरूले आप्mनो मन परेको वेवसाइट खोलेर थुप्रै ज्ञानगुनका कुराहरू सिकी रहेका छन् । आप्mना निजी मेलहरू मार्फत आ–आप्mना इष्टमित्र, साथीभाईसंग विचार आदान प्रदान गर्नुकोसाथै व्यापार तथा कार्यालयीय कामहरूगर्न समेत सुविधा भएको छ ।

अनलाइन व्यापार गरेर आयआर्जन गर्नेहरू पनि धेरै छन् । यसै गरी इन्टरनेटको माध्यमबाट आवस्यक ज्ञान सिक्न र अनुसन्धानको क्षेत्रमा पनि ज्ञान बढाउन सहयोग पुगेको छ । इन्टरनेटका यति धेरै सकारात्मक कराहरू हुँदाहुँदै पनि यसका थुप्रै नकरात्मक पक्षहरू छन् । यस सन्दर्भमा कम्प्युटर तथा इन्टरनेटको सदुपयोग र दुरूपयोगका ’boutमा वालवालिकाहरूलाई सचेत बनाउन अभिभावकहरूले भूमिका खेल्नु पर्दछ ।

समाजमा साइवर अपराधमा संलग्न वालवालिकाहरूको संख्या दिनानुदिन बढीरहेको तथ्याङ्कहरूले देखाउँछन् । फेसबुकको प्रयोगले युवा पिंढीलाई एक्लै रमाउने, एकोहोरो बनाउनुका साथै आपसी छलफल र अन्तरव्रिmयागर्ने वानी र व्यबहारहरू साँघुरिदै गएको मनोविदहरूको कथन छ । यस्तो अवस्थामा सामाजिक सञ्जालहरूको सदुपयोग र दुरूपयोगको ’boutमा वालवालिकाहरू सचेत हुन नसकेमा यसबाट उत्पन्न हुनसक्ने नकरात्मक प्रभाव पर्न सक्दछ । त्यसैले अभिभाववकहरू सचेत हुन आवस्यक हुन्छ ।

त्यसो त घर परिवारका सदस्यहरू आ–आप्mनो तालमा कम्प्युटर, ल्यावटप वा मोवाइलमा व्यस्तुहुने भएकोले पारिवारिक अन्तरव्रिmयामा कमी आएको छ । घरयासी छलफल, अन्तरव्रिmया, दुःखसुख गर्ने संस्कृतिलाई सामाजिक सञ्जालले ओझेलमा पार्दै गएको छ । घरका अभिभावकहरू आफैमा यस्तो आदत भएमा वालवालिकाहरूले पनि यस्तै सिक्दछन् । त्यसैले अभिभावकहरू आफै पनि सचेत हुन आवस्यक देखिन्छ ।

इन्टरनेट सञ्जाल भित्रका फाइदाहरू उचित तरिकाले प्रयोग गर्न र गराउनका लागि अभिभावकहरूले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्छ

जसरी वैज्ञानिकहरूले कुनै पनि क्षेत्रमा सुक्ष्म अध्ययन, अनुसन्धान एवं परिक्षण गरेपछि मात्र उनीहरू सफल हुन सक्दछन, त्यसैगरी वालवालिकाहरूलाई सफल भविष्य निर्माण गर्नको लागि अभिभावकहरूले उनीहरूका इच्छा, चाहाना, आवेग, संवेग, समस्या, उल्झन, कमी, कमजोरी लगायतका बिषयमा मनोपरामर्श गर्नु पर्दछ ।उनीहरूको नजिकको मित्र बन्न सक्नु पर्दछ । आइन्सटाइनका अनुसार मानिसको एउटा मूल्यवान चीज भनेको उसको अन्तरहृदयको आवाज हो भन्ने छ । वालवालिकाहरूको हृदयको आवाजलाई सुनीदिने प्रथम स्रोता अभिभावक हुन् ।

अभिभावकहरू शिक्षित, दीक्षित, चेतनशील र व्यबहारिक हुन्छन्, त्यति नै वालवालिकाहरूले व्यबहारिक ज्ञान आर्जन गर्न सक्षम हुने अवसर प्राप्त गर्दछन् । अभिभावकमा जति इमान्दारिता, सामाजिक भावना, व्यबहारिक ज्ञान, धार्मिक संस्कार, परोपकारी आचरण हुन्छ त्यति नै वाल वालिकाहरूले पनि अग्रजहरूका कृयाकलापहरूलाई अवलोकन, देखासिखी र अनुसरणगरी सोही मुताविक ज्ञान आर्जन गर्दछन् । सोही अनुरूपको आचरण निर्माण गर्दछन् । अभिभावक आपूmले रक्सी, चुरोटको सेवा गर्ने तर छोराछोरीहरूलाई त्यसो गर्नु हुँदैन भन्नु हास्यास्पद हुन जान्छ । अभिभावकहरूलबाट वालवालिकाहरूले के सिक्ने ? बुवा, आमा वा घरका अग्रजहरूको व्यबहारबाट नै वालवालिकाहरूले आचरण तथा व्यबहार आर्जन गर्ने हुनाले घरमा अभिभावकहरूले राम्रो वातावरणको सिर्जना गर्नु पर्दछ ।

नेपाली समाजमा वालवालिकाहरूसँग मनोपरामर्श गर्ने संस्कृति प्राय नरहेको मनोविदहरूको भनाई छ । अभिभावकहरूको यो गर वा नगरको ठाडो आदेशलाई जवरजस्ती स्वीकार्नु पर्ने वाध्यताका कारण कतिपय वालवालिकाहरूमा नैरास्यता, वदलाको भावना एवम् नकारात्मक सोचाईको सिकार हुन पुग्दछन् । यसर्थ अभिभावकहरूले किशोर उमेरमा शारिरीक विकाससंगै हुर्कीएका मानसिक एवम् भावनात्मक आवेगलाई अभिभावकहरूले बुभ्mनु पर्दछ । वालवालिकाहरूका चाहाना र समस्याहरूको संबोधन गर्नु पर्दछ ।

अन्त्यमा आजको नयाँ पुस्तालाई बद्लींदो समाज र परिस्थिति अनुरूप आधुनिक ज्ञान, विज्ञान र प्रविधिको सुविधाबाट बञ्चीत गर्नु हुँदैन । इन्टरनेट सञ्जाल भित्रका फाइदाहरू उचित तरिकाले प्रयोग गर्न र गराउनको लागि अभिभावकहरू सहजीकरणको भूमिका खेल्नु पर्दछ । आप्mना छोराछोरी, भाई बहिनीहरूलाई सभ्य, शिष्ट, मेहनति, अनुशासित बनाउँदै असल संस्कार, सोचाई तथा बानी व्यबहार सिकाउनको लागि अभिभावकहरू परिणाममुखी भूमिका खेल्न सक्नु पर्दछ । यस प्रकारको क्षमता अभिबृद्धिको लागि अभिभावक शिक्षा आवस्यक ठानिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसमा उम्मेदवार छान्न सकस