नेपालप्रेमी ‘विदेशी’ र विदेशप्रेमी ‘नेपाली’

भारतमा स्वतन्त्रता संग्राम जोडतोडले चलिरहेको थियो । मोहनदास करमचन्द गान्धी, जवाहरलाल नेहरू र सुवासचन्द बोसजस्ता नेताहरूको नेतृत्वले स्वतन्त्रता संघर्षलाई अतुलनीय ऊर्जा दिइरहेको थियो । यसक्रममा बीपी कोइरालालगायत कैयन् नेपाली नेताहरू पनि त्यस आन्दोलनसँग जोडिन पुगे । ती नेपाली युवालाई भारत स्वतन्त्र नभएसम्म नेपालले राणा शासनबाट मुक्ति पाउँदैन भन्ने विश्वास हुन पुगेको थियो र त्यसैकारण भारतको स्वतन्त्रता संग्राममा होमिन पुगेका थिए । त्यसक्रममा बीपी र अर्का एक जना नेपाली भारतमा अंग्रेजको गिरफ्तारीमा परे । स्वतत्रता सेनानीहरूका तर्फबाट भारतीय वकिलहरू मुद्दा लड्न प्रस्तुत भए । त्यस्तै, एक वकिलले बीपीलाई भनेछन्, ‘तपाईंले आफूलाई भारतीय नै बताउनोस्, नेपाली हुँ भन्नुभयो भने तपाईंलाई बढी सजाय हुन्छ ।’ स्वाभाविक थियो ती अर्का नेपाली नेतालाई पनि त्यस्तै सल्लाह दिइयो । तिनले चुपचाप वकिलको सल्लाह मानेछन् र आफूलाई भारतीयकै रूपमा प्रस्तुत गरेछन् । तर, बयान दिने पालो आएपछि बीपीले चाहिँ आफूलाई नेपालीकै रूपमा चिनाउनुभयो । उहाँको भनाइ थियो, ‘आफ्नी आमा जतिसुकै मैली र झुत्री भए पनि अर्काकी आमालाई म कसरी आमा भनौं !’ बीपी कोइरालालाई म कसरी बुझौं ? भावुक मूर्ख ? अव्यावहारिक व्यक्ति ? आआफ्नो सुविधा र समझनुसार मानिसहरूले व्याख्या गर्लान् ! मचाहिँ जेजस्तो विशेषण जोडे पनि उहाँलाई ‘नेपाल प्रेमका ’boutमा शंकारहित’ आत्मा मान्दछु ।

फादर लुडविग स्टिलर

एकजना व्यक्ति थिए– फादर लुडविग स्टिलर । यिनी इसाई पादरी शिक्षक थिए । यिनले कोट म्यास्याकर, दी राइज अफ हाउस अफ गोर्खा र दी साइलेन्ट क्राईजस्ता अमर कृतिहरूको रचना गरे र आजन्म नेपालको सेवा गरे । आजन्म नेपालको सेवा गर्ने विदेशी मूलका अंगीकृत नेपाली नागरिक फादर लुडविग स्टिलर मेरा लागि पूज्य छन् । तत्कालीन अंग्रेजको उपनिवेश पूर्वी बंगाल (हालको बंगलादेश)बाट नेपाल पसी यस मुलुकमा उद्योग व्यापार व्यवसायको जग बसाल्ने रामलाल गोल्छाको योगदान प्रशंसनीय छ । नेपालमा होटेल व्यवसायको जग बसाल्ने रुसी मूलका बोरिस र आधुनिक मिठाइ पसलका जनक भारतीय मूलका महाराजजी स्मरणयोग्य छन् । नेपाललाई अत्यन्तै माया गर्ने जापानी मूलका नेपाली नागरिक मी हारा आदरणीय हुन् । नेपालमा सार्वजनिक यातायात व्यवस्थाको सुरुवात गर्ने सरदार प्रीतम सिंहको योगदान बिर्सन मिल्दैन । यहाँसम्म कि एक पुरुषसँगको प्रेमकै कारण भए पनि आजीवन नेपाललाई माया गर्ने बार्बरा पनि स्मरणीय छिन् । सूर्यविक्रम ज्ञवाली, लैनसिंह वांग्देल, अम्बर गुरुङ र गोपाल योन्जनलाई त हामीले आफ्नो ‘गहना’ मानेकै छौं । यहाँ उल्लिखित सबै महानुभावहरू मूलतः विदेशी थिए, तर यिनीहरूले नेपाली नागरिकता अंगीकार गरे र आजीवन नेपालको सेवा गरिरहे । त्यसैकारण यी महान् आत्माहरू स्तुत्य र पूज्य छन् ।

राम्रो अवसरको खोजीमा जन्मसिद्ध नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता अंगीकार गर्छन् । विदेशमा केही वर्षको चर्तिकलापछि विदेशी पासपोर्ट बोकेर नेपाल आउँछन् । अनि नेपाली थर र अनुहारको आवरणमा ढाँटेर ‘महान् राष्ट्रवादी नेपाली’को छवि बेच्न थाल्छन् । अवैध भइसकेको पुरानो नेपाली नागरिकता प्रयोग गरेर गैरकानुनी रूपमा नेपालमा रोजगारी गर्छन् र व्यापार गर्छन्

टोनी हेगन

गैरनेपाली भएर पनि नेपाललाई विश्वभरी चिनाउने स्वीस नागरिक डा. टोनी हेगनप्रति नेपाल ऋणी रहनुपर्छ । नेपाललाई आजीवन माया गर्ने सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही न्युजिल्यान्डवासी सर एडमन्ड हिलारी सधैं नेपालीको मनमा रहनेछन् । तानाशाही एकतन्त्रीय व्यवस्थाका विरुद्ध नेपाली जनताको संघर्षमा नेपाललाई नैतिक साहस दिने डा. राममनोहर लोहिया, जयप्रकाश नारायण र चन्द्रशेखरप्रति मेरोचाहिँ श्रद्धाभाव जाग्छ ।

यहाँनेर धेरै कमले नाम सुनेका एउटी विदेशी महिलाका ’boutमा उल्लेख गर्न चाहन्छु । जर्मन मूलकी ती अंग्रेज महिलाको नाम हो एरिका ल्यूकट्याग । एरिका सन् १९४८-४९ मा भारतका कुनै राजाको सेवामा थिइन् । लगभग बन्दी अवस्थामा रहेका तत्कालीन नेपालका राजा त्रिभुवनकी जेठी महारानी कान्ति राज्यलक्ष्मीको मालिस उपचार (फिजियोथेरापी)का लागि एरिकालाई राणा प्रधानमन्त्री मोहनशमशेरले नेपाल झिकाएका थिए । एरिकाले झन्डै पाँच महिनाको आफ्नो नेपाल बसाइ र २००७ सालको परिवर्तनपछि पाहुनाका रूपमा नेपालको छोटो भ्रमणका ’boutमा एउटा पुस्तकाकार स्मरण प्रकाशित गरेकी थिइन् । ‘एरिका एन्ड किङ’ नामक सो पुस्तकलाई ‘त्रिभुवनकी एरिका’का रूपमा म आफंैले अनुवाद गरेको हुँ । सायद सो पुस्तक अहिले पनि बजारमा उपलब्ध छ । सो पुस्तकले नेपालको तत्कालीन सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिका ’boutमा जानकारी दिन्छ नै साथसाथै तत्कालीन राजदरबारको निरीह अवस्था एवं एरिकाको राजा त्रिभुवनसँगको अन्तरंग सम्बन्धका ’boutमा पनि भित्री जानकारी प्राप्त हुन्छ ।

एरिका ल्युकट्याग

सबैभन्दा महत्वपूर्ण कुरो त राजा त्रिभुवनलाई भारतसँग सम्बन्ध जोड्ने प्रमुख सेतुको भूमिकाका एरिका थिइन् भन्ने स्पष्ट हुन्छ । एरिकाले नै भारतीय राजदूत सुरजित सिंह मजिठियालाई राजा त्रिभुवनका ’boutमा उत्सुकता जगाएकी थिइन् । सो पुस्तकमा राजाले मजिठियासँग माटोले लटपट किसानको भेषमा गरेको गुप्त भेटघाटको रोमाञ्चक विवरण छ । त्यो भेटपछि नै राजा त्रिभुवनले भारतीय प्रधानमन्त्री नेहरूलाई गोप्य पत्र लेखेका थिए । यसैको पृष्ठभूमिमा पछि अर्का भारतीय राजदूत सीपीएन सिंहको पालामा राजाले भारतको शरण लिन पुगेका हुन् । यी सब घटनाको सक्रिय संयोजन गरिरहेकी थिइन्, एरिकाले । सो पुस्तक पढिसकेपछि भन्न करै लाग्छ, एरिका नभएकी भए २००७ सालको परिवर्तन आउन अझै लामो कुर्नुपर्ने थियो होला ! २००७ सालको परिवर्तनलाई महत्वपूर्ण र युगान्तकारी मान्ने सबै नेपालीले एरिकाप्रति कृतज्ञता प्रकट गर्न आवश्यक हुन जान्छ ।

अहिले उल्लेख गरिएका हेगनदेखि चन्द्रशेखर र एरिकासम्म कोही पनि नेपाली नागरिक होइनन् । तर, यी महानुभावको नेपालप्रतिको सद्भाव र प्रेम अतुलनीय रहेको छ र त्यसैकारण यिनीहरूप्रति श्रद्धाभाव प्रकट गर्नु नेपाललाई माया गर्नु हो, विदेशीको भक्ति गर्नु होइन ।

एडमन्ड हिलारी

माथि मैले एडमन्ड हिलारीको उल्लेख गरें । हिलारीसँगै सगरमाथा विजय गर्ने तेन्जिङ नोर्गेको पनि कुरा गरौं । सगरमाथाको सफल आरोहणलगत्तै हिलारी, तेन्जिङ र सो अभियान टोलीका प्रमुख जोन हन्ट तीनै जना काठमाडौं आए । नेपालले तीनै जनालाई तक्मा दियो, सम्मान ग¥यो र सिन्दूर जात्रा गरेर उपत्यकाका तीनै सहर घुमायो । ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो’ भन्दै गीतमा नेपाली झुमे पनि । वास्तवमै दौरा सुरुवालमा सज्जिएका तेन्जिङको छवि गर्व गर्नलायक थियो । तर, अचम्म ! केही दिनको आमोद–प्रमोदपछि तेन्जिङ भारत पुगे र लगत्तै आफू भारतीय भएको घोषणा गरे । उनी मृत्युपर्यन्त भारतीय रहे र भारतको झन्डा ओढाएर नै उनको अन्त्येष्टि भयो । उनका सन्तान दरसन्तान अहिले पनि दार्जिलिङमा ‘मेरा भारत महान्’ गाउँदै रहिरहेका छन् । मलाई लाग्छ, सगरमाथा विजयलगत्तै आफूलाई भारतीय घोषणा गर्ने तेन्जिङ नोर्गेलाई विशेष सम्मान दिनुपर्ने कुनै कारण छैन । एक आरोहीका रूपमा उनको उपलब्धिको सम्मान गरौं । तर, एक नेपालीका रूपमा उनको बढाइचढाइ गर्नुको तुक छ र ? हिलारीको प्रशंसा गरेर तेन्जिङको सामान्य आलोचना गर्दा ‘राष्ट्रवाद’को अनौठो आक्रामक हतियार सोझिनसक्छ । तर, यथार्थलाई बिर्सन मिल्दैन ।

रामलाल गोल्छा

एक जना अर्का ‘नेपाली’को कुरा गरौं । राम्रो अवसरको खोजीमा जन्मसिद्ध नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता अंगीकार गर्छन् । विदेशमा केही वर्षको चर्तिकलापछि विदेशी पासपोर्ट बोकेर नेपाल आउँछन् । अनि नेपाली थर र अनुहारको आवरणमा ढाँटेर ‘महान राष्ट्रवादी नेपाली’को छवि बेच्न थाल्छन् । अवैध भइसकेको पुरानो नेपाली नागरिकता प्रयोग गरेर गैरकानुनी रूपमा नेपालमा रोजगारी गर्छन् र व्यापार गर्छन् । आमजनताको कमजोर भावनामा खेलेर चुनावसम्म जित्छन् ! जितेको चुनाव, पाएको पद र कमाएको धन सबै झूठको आधारमा भएको प्रमाणित भएपछि र प्रतिकूल परिस्थिति पैदा भएपछि कानुनको कमजोर छिद्रको सहारा लिएर पुनः ‘नेपाली’ बने र पुनः चुनाव जिते ! अनि पद पनि प्राप्त गरे ! यसबीच तमाम संदिग्ध क्रियाकलापको पाताहरू खुल्नथाल्छन् । मलाई भनिँदै छ– यी व्यक्ति देशभक्त हुन् र यिनको नेपालप्रेमप्रति शंका नगर्नु ! मलाई चाहिँ यो कुरो पचेको छैन । खोइ के गर्नु ! यो व्यक्तिको ‘योगदान’को म कदर गर्न सक्दिनँ । यो व्यक्ति विदेशीको इशारामा नेपालको ‘जनमत’लाई प्रभावित गर्ने ‘अभियान’मा प्रयुक्त प्यादा हुनसक्छ । मलाई त लाग्छ ‘प्रयोजन’ सकिएपछि यो व्यक्ति पुनः उनको प्यारो ‘स्वदेश’तर्फ प्रस्थान हुने छन् !

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा स्वतन्त्र उम्मेदवारको पल्ला भारी