क्षयरोग निदानमा समान पहुँच

संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ ।

स्वास्थ्य सेवामा कार्यन्यन भएका विभिन्न कार्यक्रमको फलस्वपरूप प्रतिहजार जीवित जन्ममा शिशु मृत्युदर ३२, नवजात शिशुु मृत्युदर २१ र पाँच वर्षमुनिको बाल मृत्युुदर ३९ तथा मातृ मृत्युदर २३९ (प्रतिलाख जीवित जन्ममा)मा झरेको छ भने कुल प्रजनन दर २.३ प्रति महिला रहेको छ । त्यसैगरी, पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपना घटेर ३६ प्रतिशत रहेको छ ।

यस परिप्रेक्षमा नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपाल सरकारका विद्यमान नीति एवं स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या, चुनौती तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय कार्यसूची रहेको छ । नागरिकलाई स्वस्थ बनाउन आधुनिक चिकित्सा, आयुर्वेदिक, प्राकृतिक, होमियोपेथिक चिकित्सा क्षेत्र, स्वास्थ्य सुशासन र अनुसन्धानमा लगानी बढाउन आवश्यक देखिएको छ । १५औं योजनामा स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु¥याउन राज्यको नेतृत्वदायी र निजी तथा सहकारी क्षेत्रको परिपूरक भूमिका रहेको पाइन्छ ।

१५औं योजनाको सफल कार्यान्वयनपछि, स्वस्थ, सबल र सक्रिय जीवनसहितको नेपालीको औसत आयु ७२ वर्ष पुग्नेछ । प्रतिलाख जीवित जन्ममा मृत्यु अनुपात ९९, प्रतिहजार जन्ममा नवजात शिशु मृत्युदर १४ र पाँच वर्षमुनिको बाल मृत्युदर २४ मा झर्नेछ । पाँच वर्षमुनिका कम तौल भएका बालबालिका २७ बाट १५ प्रतिशतमा र पुड्कोपना भएका बालबालिका ३६ बाट २० प्रतिशतमा आउनेछ ।

नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नेछन् । स्वास्थ्य बिमामा आबद्ध भएको जनसंख्या ६० प्रतिशत, स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च घटेर ४० प्रतिशत, स्वास्थ्यमा सरकारी लगानी ८ प्रतिशत र ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहँुच भएका घरपरिवा ८० पुगेको हुनेछ । प्रोटोकलअनुसार कम्तीमा चारपटक गर्भवती जाँच गराउने महिला ८१ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा जन्मिएका बालबालिका ७९ प्रतिशत र पूर्ण खोप पाउने बालबालिका ९५ प्रतिशत हुनेछन् । मलेरिया, कालाज्वर र हात्तीपाइले रोग निवारण हुने अपेक्षा राखिएको छ ।

नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघीयस्वरूप, भौगोलिक एवं जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाको न्यायोचित वितरण गर्नु, आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बिमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु, गुणस्तर स्वास्थ्य सेवाप्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैका लागि स्वास्थ्य बिमा लागू गर्नु, वैदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु, भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो । विशेषगरी यस लेखमा क्षयरोग (टिबी)’bout संक्षेपमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

प्रत्येक वर्ष मार्च २४ गते अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइने गरिन्छ । यस वर्षको क्षयरोग दिवसको नारा ‘क्षयरोगबिनाको विश्वका लागि नेतृत्वको खोजी’ भन्ने छ । यो रोग प्राचीन कालदेखि हाम्रो समुदायमा लागि संक्रमण हुने गरेकोे पाइन्छ । आजभन्दा ५० वर्ष पहिले यो रोग लाग्ने बिरामीलाई धेरै नकारात्मक तरिकाबाट हेरिने भएकाले समाजमा तिरस्कार हुने भयले गोप्य तरिकाबाट उपचार गरिन्थ्यो । आज भने मेडिकल विज्ञानले गर्दा यो रोगलाई सामान्य रूपमा लिइन्छ । विश्व जनसंख्याको एक तिहाइ क्षयरोगको कीटाणुले संक्रमणको जोखिममा रहेको पाइन्छ । विकासोन्मुख देशमा भने यसको दर अझ धेरै छ । प्रत्येक वर्ष विश्वमा झन्डै ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने सो रोगको कारण २० लाखको मृत्युसमेत हुने गर्छ । राष्ट्रिय क्षयरोग केन्द्रको आँकडाअनुसार लगभग ५० प्रतिशत नेपाली यो रोगबाट प्रभावित हुने गरेको पाइन्छ । हाम्रो देशमा प्रत्येक वर्ष ४४ हजार नयाँ यो रोगका बिरामी थपिने र ५ देखि ७ हजार बिरामीले मृत्युवरण गरेको सम्बन्धित आँकडाले देखाएको छ । नेपालमा यो रोगको उपचारका लागि ४३२९ डट केन्द्रहरू रहेका छन् ।

हाम्रो देशमा हुने क्षयरोगमध्ये ७५ प्रतिशत फोक्सोमा हुने गरेको पाइन्छ । नेपाल सरकारले यस रोगको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको पाइन्छ । सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युदरमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको पाइन्छ । विशेषगरी, दुर्गम गाउँघरमा यस रोगको सचेतनाको कमी भई बेलैमा उपचार गर्न नआउने ठूलो समस्या छ । अतः मार्च २४ सो रोगसम्बन्धी सबै ठाउँमा सचेतना जगाई उपचारको दायराभित्र ल्याउने मुख्य उद्देश्य पनि हो । यो रोगको लक्षणमा तीन साता वा बढी खोकी लागेमा, खकारमा रगत देखिएमा, स्वास फेर्न गाह्रो भएमा वा छाती भारी भएमा, अकस्मात धेरै तौल घटेमा, पसिना आउने घेरै भएमा, थकाइ बढी महसुस भएमा, नजिकको स्वास्थ्यकर्मीलाई जचाउनुपर्छ ।

यो रोग सर्न पनि सक्छ भने शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कमी भएमा संक्रमण भई रोगीको अवस्था नाजुक हुन सक्छ । अतः बेलैमा नजिकको स्वास्थ्य संस्थामा जचाउनुपर्छ । यो रोग चुरोट, रक्सी वा लागूऔषध सेवन गर्नेहरूमा र क्षयरोगको औषधिको मात्रा पूर्ण सेवन नगरेमा संक्रमण फेरि देखिन सक्छ । अतः स्वास्थ्यकर्मीले दिएको औषधि नियमित सेवन गरे यो रोग निको हुन्छ । त्यसकारण यस रोगको लक्षण देखिएमा नजिकको स्वास्थ्यकेन्द्रमा परीक्षण गराई स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि सेवन गरौं र गुणस्तर जीवन बिताऔं ।

अतः क्षयरोगको न्यूनीकरणमा तिनै तह सरकार, गैरसरकारी संस्था, लक्षित समूहको भूमिका महत्वपूर्ण हुन्छ । क्षयरोग रोकथामका लागि स्वास्थ्य संस्थामा आवश्यक दक्ष स्वास्थ्य जनशक्तिसहित आवश्यक साधन स्रोत हुनुपर्छ । आमनागरिकलाई प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रम सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । स्वास्थ्य संस्थामा आधुनिक सूचना प्रविधिको विकास गरी सेवाप्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीलाई आफ्नो कार्यक्षेत्रमा उत्साहसाथ कार्य गर्ने वातावरण मिलाउन आवश्यक छ । यसो भएमा मात्र क्षय रोगको न्यूनीकरण गरी लक्षित समूहको स्वास्थ्य सुरक्षा गर्न सकिनेछ । तब मात्र हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसले सार्थकता पाउनेछ ।
(डा. माधव अधिकारीको ‘क्षयरोग रोकथाममा स्थानीय सरकारको भूमिका’लेखबाट)

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन महत्वपूर्ण चरणमा