होली मन, जोगिरा सररर

होली हिन्दु धर्मालम्बीले मनाउँदै आएको एक प्राचीन पर्व हो । यस पर्व’bout हिन्दुको ग्रन्थ पुराणमा समेत उल्लेख गरिएको छ । होली पर्वले असत्यमाथि सत्यको विजय, वसन्त क्रृतुको आगमन तथा मनभित्रको तुष मार्नेलगायतका मनोवैज्ञानिक तथा समाजिक महत्व दर्साउँछ । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ ।

होलीका’bout पौराणिक भनाइअनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकशिपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकशिपुलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकशिपुका छोरा प्रह्लाद विष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान् विष्णुको आराधना गरेको हिरण्यकशिपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजना बनाएका थिए । एक योजनाअनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको थियो । होलिकाले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् । दाजुको आदेशअनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् । तर, प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।

होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एकअर्कामाथि फाल्ने चलन छ

होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एकअर्कामाथि फाल्ने चलन छ । भनिन्छ कि होलीको दिन होलीका दहनसँगै पुरानो राग, द्वेश तथा कटुता त्यागेर, दुश्मनी बिर्सेर मानिस एकआपसमा मिल्छन् । अतः रङसँगै मन मिल्ने पर्व पनि हो, होली । नेपालको पहाडदेखि तराईसम्मका, गाउँदेखि सहरसम्मका प्रायः सबै केटाकेटी, युवायुवती तथा प्रौढ आपसी रिसइवीलाई बिर्सेर उत्साह र उमंगका साथ यस रङीन पर्वलाई मनाएको पाइन्छ ।

होलीमा थरिथरिका रङको प्रयोग गरिन्छ । मनोवैज्ञानिक रूपमा मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि मानिसको जीवनमा रंंगको ठूलो महत्व छ । त्यो ’cause मानिसको जीवन नै रङीन हुन्छ । बेरङ जीवन अर्थात् रङबिनाको जीवन मानिसले सहजपूर्वक जिउन सक्दैन । जीवनमा रङ भएन भने मानिसको मन उदास, निराश र बैचन हुन्छ । दिउँसै चारैतिर निस्पष्ट अँध्यारो देख्छ । उसको आशा मर्छ । विश्वास मर्छ । चाहना मर्छ । उसलाई कुनै कुराप्रति पनि रमाइलो लाग्दैन । मानिस जिउँदो लासजस्तो हुन्छ ।

तर, जीवन रङीन भयो भने मानिसको मन खुसी हुन्छ । प्रसन्न हुन्छ । दुःखमा पनि सुखको आशा गर्छ । अँध्यारो पछिको उज्यालोको पर्खाइमा हुन्छ । कालो बादलमा पनि चाँदीको घेरा देख्छ । त्यसैले मनोवैज्ञानिक रूपमा पनि मानिसको जीवनमा रङको ठूलो महत्व छ । होलीमा थरिथरिका रङ खेल्नुको मनोवैज्ञानिक कारण पनि जीवनलाई रङीन बनाउनु हो ।

हुन त समयसँगै जीवनमा रङ छर्ने थरिथरिका माध्यम थपिएका छन् । हिजोआज जीवनलाई रङीन बनाउने अनेक माध्यम छन् । कोही फुटबल तथा क्रिकेटजस्ता खेल खेलेर तथा हेरेर रमाइलो मनाइरहेका हुन्छन् । कोही फिल्म हेरेर, संगीत सुनेर, कोही दोहोरी गाएर, कोही भोजभतेर गरेर, कोही होलीजस्ता चाडपर्व मनाएर, कोही मेला र जात्रा सजाएर त कोही मायाप्रीति गाँसेर जीवनमा रङ छर्ने कार्य गरिरहेका हुन्छन् ।

श्यामश्वेत सोच र व्यवहारले मानिसको जीवनरूपी गाडी सहज र सुगमताले अगाडि बढ्न सक्दैन

दसैं, तिहार, लोसार तथा होली आदि जस्ता रङीन उत्सवले सामाजिक तथा मनोवैज्ञानिक महत्व पनि राख्छ । वास्तवमा यस्ता उत्सवले मानिसको उत्साह बढाउँछ, दुःख पीडा, कुण्ठा तथा निराशालाई हटाउँछ । जीवनको अँध्यारोमा उज्यालोको रङ भर्ने काम गर्छ ।

मानिसका लागि जति मानसिक रङको महत्व छ, त्यत्ति नै भौतिक रङको पनि महत्व छ । रङमा मानिसको मनमस्तिष्कलाई आकर्षित गर्ने शक्ति हुन्छ । रङीन कुरा मानिसलाई याद पनि रहन्छन् । रङहरूले मानिसको मनमस्तिष्कलाई कसरी प्रभावित पार्छ भन्ने विषयमा थुप्रै अध्ययन अनुसन्धान भएका छन् । अनुसन्धानबाट पुष्टि पनि भएको छ कि हरेक रङमा मानिसलाई शारीरिक, मानसिक तथा भावनात्मक रूपमा प्रभावित पार्ने विशेषता निहित हुन्छन् ।

रङहरूका आआफ्नै गुण, धर्म र विशेषता हुन्छन् । जस्तो कि रातो रङ प्रेम, उत्तेजना र क्रान्तिको प्रतीक हो । पहेंलो रङ बुद्धिको प्रतीक हो । निलो रङ सत्य र आशाको प्रतीक हो । हरियो रङ आशा, समृद्धि तथा बुद्धिको प्रतीक हो । गुलाबी रङ दयाको प्रतीक हो । यसैगरी, सेतो रङ शुद्धता, सत्ता र शान्तिको प्रतीक हो । अनि कालो रङ अँध्यारो, तिरस्कार तथा तमस बुद्धिको प्रतीक हो ।

मानिसको स्वास्थ्यका लागि सादा भोजनभन्दा विभिन्न रङको रङीन भोजन बढी लाभदायक हुने कुरा पोषणविद्को भनाइ छ । तर, यसको अर्थ कृत्रिम रङ मिसाइएको भोजन चाहिँ होइन । अझ विभिन्न रङका फलफूलको महत्व त झनै बढी छ । त्यो ’cause रङीन फलफूलले मानिसको मनलाई अकार्षित गर्छन्, बढी सन्तुष्टि दिन्छन्, शरीरलाई आवश्यक पोषण तत्व उपलब्ध गराउँछन् ।

पुछारमा
उपर्युक्त तथ्यले मानिसको जीवनमा रङको महत्वलाई दर्साउँछ । त्यसैले मानिसले स्वस्थ जीवन जिउन जीवनलाई भौतिक तथा मानसिक, दुवै रूपमा रङीन बनाउन आवश्यक छ । श्यामश्वेत सोच र व्यावहारले मानिसको जीवनरूपी गाडी सहज र सुगमताले अगाडि बढ्न सक्दैन । त्यो ’cause श्यामश्वेत जीवन समस्या हो, रङीन जीवन समाधान । त्यसैले होलीको दिनमा मात्र होइन, हरेक दिन मनदेखि नै जीवनलाई रङीन बनाऔं र स्वस्थ र आनन्दमय जीवन जिऔं ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका २९ वडाको ६४ मत गायब !