Monday, July 26, 2021
Homeप्रदेशसीमामा उच्च सर्तकता : सशस्त्रको एक–एक किलोमिटर दुरीमा सुरक्षा चेक पोष्ट

सीमामा उच्च सर्तकता : सशस्त्रको एक–एक किलोमिटर दुरीमा सुरक्षा चेक पोष्ट

,
sharethis


बर्दिया । सीमावर्ती भारतको उत्तरप्रदेशमा कोरोनाको संक्रमण बढदै गएपछि जिल्लाको सीमा नाकामा उच्च सर्तकता बढाइएको छ । सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या बढाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरि सीमा पूर्णरुपले सिल गरिएको छ ।

सीमा क्षेत्रको ८७ वटा स्थानमा सशस्त्र प्रहरीको सुरक्षा चेक पोष्ट खडा गरिएको छ । यसका लागि करिव ८ सय सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक यादव विकले जानकारी दिए । भारत उत्तरप्रदेशसँग बर्दियाको ८३ किलोमिटर क्षेत्र पर्दछ । यो क्षेत्रमा करिव एक एक किलोमिटरको दुरीमा सुरक्षा चेक पोष्ट खडा गरिएको छ । सुरक्षा निकायले चौविसौँ घण्टा निगरानी बढाएको छ । जिल्लाको सुरक्षा टोलीले सीमावर्ती क्षेत्रमा मोवाइल गस्ती पनि बढाएको छ सशस्त्र प्रहरी उपरीक्षक विकले बताए ।

लुकिछिपी सीमा पार गर्न सक्ने भएकाले सीमामा निगरानी कडा गरिएको शसस्त्र प्रहरीले जनाएको छ । लकडाउन भएसँगै सरकारले सीमा सुरक्षाको जिम्मा शसस्त्र प्रहरीलाई दिएपछि सीमामा कडाई गरिएको हो । सीमामा सुरक्षा तैनाथ बढाइएपछि आवागमन ठप्प भएको छ । लुकीछिपी आवतजावत गर्ने स्थान पहिचान गरि त्यस्ता ठाउँमा सुरक्षा चेक पोष्ट खडा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्लामा भएको सुरक्षा बल अपुग भएपछि बाहिर जिल्लाबाट थप बल मगाइ सुरक्षा चुस्त पारिएको छ । पूर्वी सीमा मानखोलादेखि पश्चिम राजापुरसम्म सीमा लक गरिएको छ । सीमावर्ती बलैगाउँ, मूर्तिहा, बिछिया, तिकुनियालगाएतका भारतिय बजारमा नेपालीको आवतजावत बढी हुने गर्छ । खुला सीमाका कारण जोखिम बढन सक्ने भएकाले यि क्षेत्रमा बढी निगरानी बढाइएको प्रशासनले जनाएको छ । सीमामा सुरक्षा कडाइ गरिएपछि कोरोना संक्रमणको जोखिममा न्यूनिकरण हुने अपेक्षा गरिएको छ ।

छिमेकी जिल्ला कैलाली र सीमावर्ती उत्तरप्रदेशमा कोरोना भाइरस संक्रमित व्यक्तिहरु भेटिएपछि भारतीय सीमा पूर्णरुपले लक गर्ने, छिमेकी जिल्ला कैलालीसँग आवागमन ठप्प पार्ने, स्थानिय तहबिचमा पनि आवागमन रोक्ने प्रशासनको रणनिती छ । छिमेकी जिल्ला कैलालीको सीमा राजापुर र कर्णाली चिसापानीमा पनि सुरक्षा सर्तकता बढाइएको छ । अत्यावश्यक सवारीसाधन बाहेक कसैलाई पनि आवतजावत गर्न दिइएको छैन ।

(Visited 152 times, 1 visits today)
Loading comments...

आजको समाचार

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

साताका लोकप्रिय समाचार

रेलमा झेलैझेल

काठमाडौं । भारतबाट करीब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक–पटक समय तोके पनि तयारीमा...

स्काउट दीक्षान्त गर्ने गोदावरी पहिलो स्थानीय तह

चापागाउँ (ललितपुर) । नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई ‘स्काउट दीक्षान्त’ गर्ने गोदावरी पहिलो नगरपालिका बनेको छ । देशभरका ७ सय ५३ स्थानीय तहमा...

ट्रेन्डिङ

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै पोखरा र जनकपुरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं । नेपाल राष्ट्रवादी समूहले देशका विभिन्न सहरमा राजतन्त्र र हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन गरेका छन् । विशेष गरेर पोखरा र जनकपुरको प्रदर्शन...

असारे विकासका नाममा एकै महिनामा ६१ अर्ब खर्च

काठमाडौं । केन्द्रीय सरकारका निकायले जस्तै प्रदेश सरकारका मन्त्रालय तथा विभिन्न निकायले असारे विकासको नाममा एक महिनामा मात्रै ६१ अर्ब रुपैयाँ सकेका छन् ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)