काठमाडौं । ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको प्रतियोगीहरुको खोजी सुरु भएको छ । यो प्रतियोगिताको घोषणासहित फारम खुला गरिएको छ । बिगत झैं यसपटक पनि यो प्रतियोगिताको आयोजना रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.ले सँयुक्त रुपमा गर्न लागेको छ । व्युटिसियनहरुको ब्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि बिगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २६ बैशाखमा नाचघरको मेघा हलमा हुने भएको छ ।
ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ को उपाधि बिजेताले यसपटक काठमाडौं बैंकक काठमाडौंको दुईतर्फी हवाई टिकट र विभिन्न उपहार प्राप्त गर्नेछन् । यदि हवाई टिकट नलिएको खण्डमा ५० हजार रुपैयाँ र क्राउन प्राप्त गर्नेछन् । फस्ट रनर अप, सेसेन्ड रनरअप लगायतलाई पनि विभिन्न पुरस्कारहरु रहेको आयोजक एवम् बरिष्ट ब्युटिसियन सोनी कारँजितले बताएकी छिन् । बिजेताहरुले म्युजिक भिडियो, टेलिफिल्म तथा सर्ट फिल्ममा मेकअप गर्ने अबसर, मोडलिङ गर्ने अबसर पनि प्राप्त गर्नेछन् ।
यो प्रतियोगितामा सहभागी हुनेहरुको विशेष फोटो शेसन र भिडियो सेसन गरिने आयोजक पक्षको कथन छ । यस्तै प्रतियोगीले कार्यक्रममा पार्टी गाउन र टिसर्ट त पाउँछन नै । उनीहरुले ब्युटिसियन सम्बन्धि दुई साताको विशेष प्रशिक्षण पनि पाउने छन् । सो प्रशिक्षणमा प्रतियोगीहरुलाई ब्राईडल मेकअप, रशियन जुरो, विभिन्न जुरो, हाईडा फेसियल, सेल्फ मेकअप, ल्यासेस एक्स्टेन्सन, हेयर केयर, स्किन केयर, कस्मेटिक केमिकल, वाटर मार्वल नेलआर्ट, पर्मानेन्ट ल्यासेस लिफ्टिङ, बि.बि. ग्लो फेसियल जस्ता विषयमा प्रशिक्षण समेत दिईने भएको छ । यस्तै दुई साताको पर्सनालिटी डेभलपमेन्ट, बतृत्वकला, क्याटवाट जस्ता ग्रुमिङ प्रशिक्षणसमेत उनीहरुलाई गराईने भएको छ ।
यो प्रतियोगिताको फारम रोज ब्युटी एकेडेमीको कार्यालय रवीभवन, विलक्षण क्रियसनको कार्यालय पुतलीसडकलगायतको स्थानमा पाईने पनि आयोजक पक्षले जनाएको छ । यो प्रतियोगिताको अर्को हप्ता अडिसन लिईने भएको छ । ब्युटिसियन तथा ब्युटिसियन क्षेत्रमा आउन चाहनेहरुले यो प्रतियोगितामा भाग लिने पाउने छन् । ब्युटिसियन क्षेत्रमा नलागेकाहरुलाई पनि ब्युटिसियनसम्बन्धि प्रशिक्षण दिएर फाईनलमा उतारिने भएको छ ।
यो कार्यक्रमका ’boutमा आयोजक बरिष्ट ब्युटिसियन सोनी कारँजितले भनिन्,‘ब्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिसँगै उनीहरुलाई राष्ट्रिय मञ्चमा उतार्न हामीले बिगत सात वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएका हौं । कोरोनाका कारण एक वर्ष स्थगित भए पनि बाँकी हरेक वर्ष यो प्रतियोगिता नियमितरुपमा आयोजना हुँदै आएको छ ।’






