अस्वाभाविक र अनौठा व्यक्तित्वहरू

प्रत्येक सार्वजनिक व्यक्तित्व वा राजनीतिज्ञमा कुनै न कुनै आकर्षण शक्ति वा चुम्बकीय तत्व हुन्छ । कतिपयको त्यो आकर्षण अनौठा व्यवहार र बोली वचनमा आधारित भएको पनि पाइन्छ । नेपाली राजनीतिका सबैभन्दा चर्चितमध्येका एक गणेशमान सिंहसमेत यस्तै बोली र व्यवहारका कारण चर्चामा रहनुभयो । तर, गणेशमानजीमा निहित ‘विदूषक’ व्यक्तित्वलाई निष्ठा, दृढता र अटल विश्वासले छायामा पा¥यो । कैयन् राजनीतिज्ञहरूको छविचाहिँ राजनीतिकभन्दा अस्वाभाविक र अनौठा व्यवहारका कारण स्थापित भएको उदाहरण पाइन्छ । आज यस आलेखमा यस्तै कारणले परिचित नेपालका दुई र भारतका दुई राजनीतिक व्यक्तित्वहरूका ’boutमा चर्चा गर्दै छु । स्पष्ट पारौं, यहाँ कसैको महिमामण्डन वा मानमर्दन गर्ने उद्देश्य लुकेको छैन । फगत केही चाखलाग्दा तथ्यहरूको स्मरण र उल्लेख गर्दै छु ।

सन् १९७७ मा भारतमा आपत्कालपछि आमनिर्वाचन भयो । आपतकालको राप र तापले गर्दा अभेद्य ठानिएको भारतीय कांग्रेसको किल्ला भत्कियो । जयप्रकाश नारायणको संयोजनमा बनेको विभिन्नविपरीत विचारधाराको सम्मिश्रण जनता पार्टी सत्तामा आयो । बंगलादेश विजयको सफलताले ‘दुर्गाको अवतार’ बन्न पुगेकी इन्दिरा गान्धी अनायासै सत्ताको शिखरबाट झर्छिन् । इन्दिराका चीर प्रतिद्वन्द्वी पुराना कांग्रेसी मोरारजी देसाई प्रधानमन्त्री बन्छन् । जनसंघी अटल बिहारी बाजपेयी विदेशमन्त्री बन्छन् र अराजक विद्रोही जर्ज फर्नान्डेज उद्योगमन्त्री बन्छन् । समाजवादी ‘युवा तुर्क’ चन्द्रशेखर जनता पार्टीको अध्यक्ष बन्छन् । एक जना त्यस्तै अराजक समाजवादी राजनारायण भारतको स्वास्थ्यमन्त्री बन्छन् ।

राष्ट्रिय मेलमिलापको नारा दिएर बीपी कोइराला नेपाल फर्कनुभएको थियो । तत्कालीन राजा वीरेन्द्रले बीपीलाई मृत्युदण्डसम्म हुनसक्ने मुद्दा लगाएर सुन्दरीजल कारावासमा थुनिदिन्छन् । भारतको सत्तासीन जनतापार्टीका अध्यक्ष चन्द्रशेखरले बीपीको पक्षमा केही वक्तव्य दिन्छन् । नेपालको राजसत्ताले त्यसलाई ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप’ मान्छ र दिल्लीस्थित आफ्ना राजदूत बेदानन्द झालाई भारतीयहरूसमक्ष विरोध जनाउन अह्राउँछ ।

आदेशानुसारको नेपालको विरोधपत्र भारतीय विदेश मन्त्रालयमा बुझाउन झा जान्छन् । नेपालको झन्डा फहराउँदै उनी दिल्लीको तत्कालीन राजपथ हुँदै जाँदै थिए । संयोगवस भारत सरकारका स्वास्थ्यमन्त्री राजनारायण भारतीय झन्डा हल्लाउँदै आउँदै रहेछन् । यी दुई महानुभावहरूबीच पुरानो चिनजान रहेछ । बाटोमै रोकिएर गफिन थालेछन् । कुराकानीका क्रममा बेदानन्द झाले राजनारायणलाई आफू भारतको अनर्गल हस्तक्षेपका विरुद्ध विरोध जनाउन लागेको बताएछन् । यो सुन्नेबित्तिकै राजनारायण जंगिएछन्, ‘भर्सेला परोस् तिम्रा कुटनीतिक शिष्टाचार र विदेश सम्बन्धका नियम ! बीपीको रिहाइका लागि आवश्यक प¥यो भने भारतको स्वास्थ्यमन्त्री राजनारायण १० हजार अनुयायीसहित नयाँ दिल्लीबाट काठमाडौं पैदल मार्च गर्छन्, हेरौं कसले रोक्दो रहेछ !’

त्यस्तै, थिए राजनारायण ! इन्दिरा गान्धीलाई सत्ताच्युत नगरुन्जेल दाह्री नकाट्ने प्रण गरे र त्यो पूरा पनि गरे । इन्दिरा गान्धीजस्तो शक्तिशाली एवं लोकप्रिय नेतालाई उनकै गढ रायबरेलीमा चुनाव हराइदिए । चुनाव जितेपछि रायबरेली पुग्दा त्यहाँका जनताले आफ्नो इलाकामा विद्युत् लाइन चाहियो भन्दै माग गरेछन् । राजनारायणको जवाफ थियो, ‘रायबरेलीका लागि इन्दिरा गान्धीले धेरै गरिन्, त्यस्तिलाई त तिमीहरूले हराइदियौं, भोलि मलाई हराउँदैनौ भन्ने के ग्यारेन्टी ? एउटा तार तिम्रा…. मा जोड र अर्को मेरो….. मा जोड, बत्ती बलिहाल्छ !’ इन्दिरा गान्धीका प्रवल विरोधी राजनारायणले पछि तिनै गान्धीसँग साँठगाँठ गरे र मोरारजीको सरकार ढालेर चरणसिंहलाई प्रधानमन्त्री बनाए । एकपटक राजनारायणलाई गिरफ्तार गर्न प्रहरी आएछन् । उनलाई बोकेर गाडीमा नराखुन्जेल नजाने अड्डी लिए । बाध्य भएर प्रहरी जवानहरूले उनलाई बोके । तर, अत्यन्तै भारी शरीर भएका उनलाई प्रहरी जवानहरूले थाम्न सकेनछन् र छोडिदिएछन् । यो सबै भोलिपल्टको अखबारमा तस्बिरसहित छापिएपछि उनी निकै खुसी भएका थिए रे ! राजनारायणले कतिबेला के बोल्छन् र के गर्छन् पत्तै हुँदैनथ्यो । उनी चर्चित थिए र ‘लोकप्रिय’ पनि थिए ।

नेपालमा पनि कुनैबेला डा. केआई सिंह नाम गरेका राजनीतिज्ञ हुने गर्थे । होमियोप्याथीको सामान्य तालिमका भरमा उनी डा. कहलाइन्थे । राणाविरुद्धको सशस्त्र संघर्षका समयमा उनी पश्चिम नेपालमा खटिएका थिए । २००७ सालमा राणासँगको दिल्लीमा भएको सम्झौताको विरोधमा उनले हतियार संघर्ष जारी राखे । २००७ सालको परिवर्तनपछिको सरकारले उनलाई गिरफ्तार गरेर काठमाडौं ल्याएर सिंहदरबारमा बन्दी बनायो । त्यहाँ सुरक्षामा खटिएका सेनाको टुकुडीलाई हातमा लिएर सिंहदरबार नै कब्जा गरे । प्रशासनसँग सम्झौता चलिरहेकै बेला अनायासै ‘रक्तपात रोक्न’ भन्दै खुरुखुरु सिंहदरबारबाट निस्कए र भनिन्छ पैदलै चीन पुगे । त्यस्ता विद्रोहीलाई सरकारले किन नियन्त्रणमा लिएन वा लिन सकेन भन्ने रहस्यकै कुरो छ । पछि राजा महेन्द्र सिंहासनारूढ भएपश्चात् उनलाई आममाफी दिइयो र चीनबाट फर्केलगत्तै प्रधानमन्त्री पनि बनाइयो । १ सय १० दिन चलेको उनको सरकारमा लक्ष्मीप्रसाद देवकोटाजस्ता व्यक्तिसमेत शिक्षामन्त्रीका रूपमा समाबिष्ट थिए । गरिब जग्गाविहीनलाई जग्गा बाँड्ने उनको हठी कामका कारण उनलाई ‘रबिनहूड’को संज्ञासमेत दिइएको थियो । केआई सिंहका नामबाट प्रख्यात कुँवर इन्द्रजीत सिंह वास्तवमै अनौठा पात्र थिए । उनका भाषण र भनाइ रोचक एवं विदूषक शैलीका हुन्थे । व्यवहारले अराजक उनका भनाइ बेलाबेलामा त हास्यास्पद नै हुन्थ्यो । उनले जे पनि भनिदिन्थे । तर, उनी पनि ‘लोकप्रिय’ थिए ।

मैले माथि उल्लेख गरेका दुवै पात्र अब यस दुनियाँमा छैनन् । व्यक्तिगत रूपमा यी दुवैलाई आफ्नो समयमा सबैले चिन्थे । आमजनतामा यिनका ’bout सधैं उत्सुकता रहन्थ्यो । यी दुवैले कुनै प्रभावशाली समूह वा संगठनको निर्माण गर्न सकेनन् र पनि एक व्यक्तिका हैसियतमा यिनीहरूलाई चर्चा र लोकप्रियताका दृष्टिले पनि सफल नै मान्नुपर्छ । उनीहरू विगतका पात्र थिए, इतिहास हुन् । अब आउँ नेपाल र भारतका हाल सक्रिय दुई पात्रहरूतर्फ ।

भारतको नयाँदिल्लीका बहालवाला मुख्यमन्त्री अरबिन्द केजरिवाल एक त्यस्तै अनौठा पात्र हुन् । भ्रष्टाचारविरोधी अभियन्ता अन्ना हजारेको आन्दोलनमा एक दुब्लो पातलो त्यति आकर्षक नदेखिने व्यक्ति देखा परे । अरबिन्द केजरिवाल नाम गरेका ती व्यक्ति भारतीय राजस्व सेवाबाट स्वेच्छाले अवकाश लिएका व्यक्ति रहेछन् । बिस्तारै उनी अन्नाका प्रमुख अभियन्ताका रूपमा स्थापित भए । अन्ना अन्दोलनसँग जोडिन आइपुगेका भारतको विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूसमेत केजरिवालको ’round केन्द्रित हुन थाले । उनको सादगी र भ्रष्टाचारविरोधी अडानले उनी लोकप्रिय बने । स्वयं अन्ना हजारे एवं केजरिवालले बारम्बार राजनीति आफ्नो क्षेत्र नभएको र त्यसमा नओर्लिने बताएका थिए । तर, अन्ना आन्दोलनले एउटा मोड लिएको अवस्थामा केजरिवालले आम आदमी पार्टीको स्थापना गरेर राजनीतिमा प्रवेश गरेको घोषणा गरे । अन्नाको त्यसप्रति बिमति रहे पनि केजरिवाल पछि हटेनन् । नरेन्द्र मोदीविरुद्ध निर्वाचन लड्न पनि पुगे । दिल्ली राज्य विधानसभाको पहिलो निर्वाचनमै उल्लेख्य स्थान जिते । त्यो जितलगत्तै आफ्नो पूर्ववचनविपरीत कांग्रेस पार्टीको सहयोगमा सरकार बनाए । त्यसपछिका निर्वाचनहरूमा त प्रचण्ड बहुमत नै पाए । सित्तैमा बिजुली र पानीजस्ता लोकरिझ्याइँले भरिपूर्ण कार्यक्रम ल्याए । विपक्षी सबैका विरुद्ध भ्रष्टाचारीको अभियोग लगाउँदै ताली बटुले । घर र गाडीजस्ता सुविधा नलिने घोषणा गरे । मुख्यमन्त्री रहेकै अवस्थामा धर्ना र जुलुसजस्ता अनौठा काम पनि गरे । तर, बिस्तारै आफूले भ्रष्टाचारी भनेर आरोप लगाएका व्यक्तिहरूसमक्ष माफी पनि मागे । अकल्पनीय रूपमा सरकारी सुख सुविधाको दुरुपयोग गरिरहे । यहीक्रममा उनलाई साथ दिएका कुमार विश्वास र प्रशान्त भुषणजस्ता दागरहित व्यक्तित्वहरू उनीबाट अलग्गिए । केजरीवालमाथि अर्बौंको भ्रष्टाचारको आरोप लाग्न थाल्यो र छानबिन सुरु भयो । तर, उनले छानबिनलाई कहिल्यै सहयोग गरेनन् । उनका तीन वरिष्ठ सहयोगीहरू जेल पर्दासम्म पनि उनी ‘हम तो कट्टर इमानदार है जी’जस्ता झुक्याउने बोली फलाकिरहे र आफ्ना जेल परेका भ्रष्ट मन्त्रीहरू भारतरत्नको हकदार भएको बक्दै रहे । अहिले उनी स्वयं जेल परेका छन् र पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिई ‘जेलबाटै शासन चलाउने’ अनौठो उद्घोष गर्दै छन् ! उनी बेलगाम मनपरी बोल्दै नरेन्द्र मोदीलाई गाली गर्छन् र त्यसैबाट स्थापित हुने सपना देख्छन् । आफूविरुद्ध उठेका आवाजलाई तर्कले काट्ने काम गर्दैनन् । उनी एकोहोरो ‘म बेइमान भए संसारको कोही इमानदार हुँदैन’ भन्ने बोली बोलिरहन्छन् । सोझा अशिक्षित वा अर्धशिक्षित एवं भावुक जनताको कोमल मनलाई अलमल्याउने कलामा भने केजरीवालले महारथ नै हासिल गरेका छन् ।

अन्त्यमा चलनचल्तीमा रहेका नेपाली पात्र अर्थात् रवि लामिछानेको कुरा गरौं । केजरिवाल र लामिछानेको उत्थानमा निकै समानता छ । बेग्लै पृष्ठभूमिबाट आए रवि पनि । मादक टेलिभिजन एङ्करका रूपमा रवि लोकप्रिय भए । गोबिन्द केसीको आन्दोलनबाट रविजस्तै चलाख व्यक्तिहरूले राजनीतिक नायक बन्ने सपना देखे । अन्ना हजारेजस्तै गोबिन्द केसी स्वयं राजनीतिबाट टाढा रहे । तर, रविहरूले प्रयोग गरे । रविबाहेक अन्यले पनि कोसिस गरेका थिए । तर, सायद अरूमा रविको जति ‘मादकता’ थिएन । अरू कुनै व्यक्तिका लागि भएको भए नितान्त घातक साबित हुने तमाम विगतका आचरणसमेत त्यस मादकताले छोप्यो । आर्थिक, कानुनी एवं नैतिक धेरै दृष्टिले नितान्त अपाच्य एवं अग्राह्य विषयलाई पनि उनी लाजै पचाएर मादक शैलीमा एकोहोरो नकार्छन् । तर, पछिल्लो समय उनलाई उम्किनै नसकिनेखाले अभियोगहरू लाग्न थालेका छन् । उनको आकर्षणमा उनीसँग टाँसिन पुगेका प्रतिष्ठित व्यक्तिहरूले छोड्नेक्रम सुरु हुन लागेको पो हो कि ? रमेश खरेल सुरुवात पो हो कि ? आरोप लागेकै भरमा छानबिन हुँदैन त भन्न थाले नै, बन्दी अवस्थामा जेलमै बसेर गृह मन्त्रालय चलाउँछु भन्ने दिनचाहिँ देख्न नपरोस् ! रवि लामिछाने पनि ‘लोकप्रिय’चाहिँ छन् है !

तपाइको प्रतिक्रिया
(Visited 305 times, 3 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तेस्राे स्थानमा रहेकी सिर्जना सिंह भन्छिन, जित्ने आश बाँकी नै छ