अनमोलको जन्मदिनमा ‘फर्कीफकी’को फस्टलुक्स

काठमाडौं । अभिनेता अनमोल केसी अभिनित चलचित्र फर्कीफर्की अगाामी १० जेठबाट रिलिज हुने भएको छ । अभिनेता अनमोलको जन्म दिनको अवसर पारेर शनिबार यो चलचित्रको फस्ट लुक्ससँगै रिलिज मिति सार्वजनिक गरिएको हो । यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् ।

यो चलचित्रको फस्ट लुक्समा अनमोलको दुईवटा तस्बिर समेटिएको छ । पोस्टको पाश्र्वमा घडी देखाइएको छ भने त्यसको अगाडि अनमोलको तस्बिर छ । अर्को तस्बिरमा यी अभिनेता पछाडि फर्केका छन् । घडीलाई दिएको महत्व हेर्दा यो चलचित्रको कथा समयसँग सम्बन्धित भएको बुझ्न सकिन्छ ।

यो चलचित्रमा अनमोल केसीसँगै जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारको अभिनय छ । यस अघि प्रदीप खडका र धिरज मगरको नायिका बनेकी जसिता यो चलचित्रमा अनमोलको जोडी बनेकी छन् ।

लभ स्टोरी जनरामा बनेको यो चलचित्रलाई ओमप्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । ‘फर्कीफर्की’मा मनोज ओली र रामु न्यौपाने सहनिर्माताका रूपमा छन् ।

‘हामी लेखनका अन्य विधासँगै काव्य विधालाई पनि फैलाउन प्रयत्नशील छौं,’ पब्लिकेसन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘पहिलोपटक हाइकु संग्रह प्रकाशन गर्न पाउँदा खुसी लागेको छ ।’

यो पुस्तकभित्र अनुराग, सम्झना, खेद, दर्द, अश्रु, मनदह, सपना, जीवनध्वनि गरी आठ खण्डमा हाइकु समेटिएका छन्, जसले भावको आरोह अवरोहयुक्त यात्रा गराउँछ । विप्लवको प्रस्तुत ‘साडेनफ्रोएडा’लाई पब्लिकेसन नेपालयले अडियो बुकका रूपमा पनि प्रस्तुत गर्दै छ । पढ्ने पाठकले विप्लवका हस्ताक्षरमै पुस्तकको रसास्वादन गरेजस्तै सुन्ने पाठकले पनि कविकै स्वरमा त्यसको आनन्द लिन सक्ने सो पब्लिकेसनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

epaper

ताजा समाचार

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ