कृषिमा लकडाउनको सकस

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १५ लाखभन्दा बढी पुगिसकेको छ भने मृतकको संख्या ९० हजारभन्दा बढी नाघिसकेको छ । यसले विश्वमा नै जनसहित अर्थतन्त्रमै असर पु¥याउने निश्चित छ । मूलतः आआफ्ना देशका सरकारलाई अहिले अर्थतन्त्र जोगाउँदै कोभिड–१९ विरुद्ध लड्ने चुनौती छ ’cause कोरोना महामारीले करोडौं नागरिकलाई लकडाउनमा बस्न बाध्य पारेको छ । अहिलेको संकट टार्न सरकार तथा अन्तर्राष्ट्रिय संघसंस्थाले अकस्मात कदम चालेका छन् । यसले देखाउँछ कि अब हामीले अर्को विश्वस्तरीय संकटविरुद्ध पनि यही स्तरको कदम चाल्नुपर्छ । हाम्रो सरकारले भने कोरोनासँग जुध्न अवलम्बन गरेको एउटा प्रभावकारी उपाय लकडाउनको तेस्रो साता लाग्दै छ । यसबीच देशको अर्थतन्त्रका सबैजसो अवयव ठप्प प्रायः छन् । उत्पादनका सबैजसो मुख्य शाखा बन्द छन् । सामानको ओसारपसार घटेको छ । बजार बन्द भएसँगै दैनिक उपभोगका सामानबाहेक अन्य वस्तु तथा सेवाको माग घटेपछि आयात पनि घट्ने नै भयो । तर, लकडाउनलाई सफल पार्ने हो र मानिसबाट मानिसमा सर्ने भाइरसको संव्रmमणलाई नियन्त्रण गर्ने गरी मानिसबीचको भौतिक दूरी बढाउने हो भने लकडाउनको विकल्प पनि छैन ।

यो कष्टबाट विश्वका सबैजस्तो जीवनमा खतरा उत्पन्न भएको मात्र होइन, विश्व अर्थतन्त्र नै नराम्रोसँग प्रभावित भएको छ । विश्वको एक तिहाइभन्दा बढी जनसंख्या अहिले बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् । दुनियाँभर रोजगारी गुमाउनेको संख्या बढ्दै छ । बेरोजगारीको दुरुस्त तथ्यांक राख्ने संयुक्त राज्य अमेरिकामा अघिल्लो साता ३३ लाखले बेरोजगारी सूचीमा दर्ता गरेकामा एक सातामै दोब्बर भएको छ । यो संख्या उच्च दरमा बढ्ने देखिएको छ । तर, नेपालजस्ता अतिकम विकसित मुलुकलाई कोरोना भाइरसको प्रभाव तीव्र देखिने भएको छ । आर्थिक वृद्धिदर पाँच प्रतिशतमै सीमित छ । महँगी चर्किंदै छ । झन्डै ८ खर्ब रुपैयाँ औपचारिक माध्यमबाट बर्सेनि विप्रेषण आउँथ्यो भने अनौपचारिक तवरले आएको विप्रेषणको कुनै लेखाजोखा थिएन । झन्डै ५० लाख नेपाली भारतबाहेकका तेस्रो मुलुकमा रोजगारी र अध्ययनका लागि पुगेका थिए । भारतमा रहेका नेपालीको कुनै तथ्यांक छैन तर १०औं लाखको संख्यामा भारतमा नेपालीले रोजगारी पाइरहेका छन् ।

नेपालजस्ता अति कम विकसित मुलुकमा कोरोना भाइरसको प्रभाव तीव्र देखिन सक्छ

विश्व नै अहिले कोरोना भाइरसका कारण आक्रान्त भइरहेको बेला यसले कृषि क्षेत्र मात्र नभएर पर्यटन, उद्योग व्यवसाय, जलस्रोत, शिक्षा, स्वास्थ्यलगायत धार्मिक, सामाजिक, आर्थिक क्षेत्र प्रभावित भएको छ । कोरोनाको कारण कृषि क्षेत्रमा परेको तात्कालीन र दीर्घकालीन प्रभावका सन्दर्भमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ । हाल मुलुकमा पाकिसकेको खाद्यवस्तुहरू बेलैमा थन्क्याउन नपाउनु, समयमा बाली लगाउन नपाउनु, थोरै क्षेत्रफलमा बाली लगाइनुजस्ता कारणबाट हुन जाने न्यून उत्पादनका कारण आपूर्तिमा समेत कमी आउँछ । यसले गर्दा बजार माग धान्न नसक्दा खाद्यवस्तुको बजार मूल्य बढ्न जाने हुँदा अधिकांश नेपालीको दैनिक जीवन संकटपूर्ण र कष्टप्रद हुन पुग्छ ।

पहाडी क्षेत्रमा घैया, मकै छर्ने समय सुरु हुन लागेको छ । उच्च पहाडी क्षेत्रमा धानको ब्याड राख्ने काम सुरु भएको छ । तराइ र मध्य पहाडमा चैते धान रोप्ने समय भएको छ । अदुवा, बेसार, पिँडालु लगाउने समय पनि यति नै बेला हो । बिउ जोहो गरेर लगाउनुपर्ने कृषकहरूले बिउको जोरजाम गर्न सकेका छैनन् भने बिउ बिक्री गरेर त्यसको आम्दानीबाट अर्को कृषि वस्तु किनेर लगाउने सोच भएका कृषकहरूलाइ पनि समस्या सिर्जना गरिदिएको छ । समयमै खेती हुन नसक्दा र बीउ किन्ने र बेच्ने कृषकहरूको तालमेल मिल्न नसक्दा खेती गरिने क्षेत्रफलमा पनि कमी हुन जाने देखिन्छ । तसर्थ, कोरोनाको कारण देशभर लकडाउन भइरहेको बेला अहिले तराईदेखि पहाडसम्म चैते धानको ब्याड राख्ने समय घर्किन लागेको छ । सिञ्चित जमिनमा किसानहरू धानको ब्याड राख्न तल्लीन छन् ।

यसैगरी, अर्कोतिर भने किसानलाई खेतमा लगाइएको गहुँ बाली भिœयाउने चिन्ता बढ्न थालेको छ । यो समय किसानका लागि खेतमा व्यतीत गर्ने भए पनि लकडाउनका कारण उनीहरू खेतसम्म पुग्न सक्ने अवस्था छैन । खेतमा गहुँ पाकेर झर्ने अवस्थामा पुगिसकेको किसानको भनाइ छ ।

विषम परिस्थितिका कारण सिर्जित व्यापारघाटालाई राज्यले संरक्षण दिई कृषि व्यवसायीको मनोबल उच्च बनाउन सके कृषि व्यवसाय बिस्तारै अघि बढ्न सक्छ

देशमा आइलागेको सम्भावित संक्रमण रोक्न सरकारले देशैभर लकडाउनको घोषणा गरेपछि यतिखेर सहर बजार मात्र होइन, ग्रामीण क्षेत्रका किसान पनि नराम्ररी प्रभावित भएका छन् । कतै दूधले बजार नपाउँदा सडकमा दूध पोखेका त कतै अन्य कृषिजन्य उत्पादनले बजार नपाएका समाचार आइरहेका छन् । मूलतः देशैभरका किसानको समस्या पनि यस्तै छन् । यहाँका धेरै किसानलाई अहिले पशुलाई दाना नपाइने समस्याले सताएको छ । यसरी लकडाउनसँगै गाईभैंसीलाई आवश्यक पर्ने पराल तथा दाना आपूर्ति हुन नसक्दा अब के खुवाउने भन्ने चिन्ता एकातिर छ भने अर्कातर्फ आवश्यकताअनुसारको दाना खुवाउन नपाएकाले दूध उत्पादन पनि ह्वात्तै घटेको छ । सरकारले एक्कासि लकडाउनको घोषणा गरेपछि दानाको बन्दोबस्त गर्नै पाइएन, गाईलाई दाना जति खुवाउन सक्यो उति धेरै दूध आउने हो, अहिले त दाना खुवाउनै नपाउँदा दिन दिनै दूध घट्दै गएको छ । पशु चौपायालाई पर्याप्त दाना खुवाउन नपाउँदा उत्पादन घटेकामा कृषकले गुनासो गरेका छन् ।

गाउँमै बसेर केही व्यवसाय गरौं भनेर पशुपालनमा लागेका कृषक यतिखेर भने लकडाउनको मारमा परेका छन् । विपद्को यस्तो बेलामा त स्थानीय सरकार तथा राज्यका निकायले दानापानी, चोकर आदि गोठगोठसम्म लैजाने प्रबन्ध गरिदिनुपर्ने कृषकको माग छ । कृषि व्यवसायमा लागेका कृषि उद्यमीहरू अहिलेको लकडाउनकै कारण मात्र ले पनि प्रभावित भएका छन् । अवस्था सहज भएर जनजीवन सामान्य बन्न पनि लामै समय लिने अनुमान गरिएको छ । उत्पादन भएको कृषिवस्तु सहजरूपमा बिक्री वितरण गर्न नसकिएको स्थिति, आउँदो सिजनको उत्पादन योजना बनाउन बजारको माग तथा आपूर्ति प्रणाली अस्तव्यस्त रहेको, श्रमशक्तिको अवस्था अहिले आँकलन गर्न नसकिएको र बाहिरबाट ल्याउनु पर्ने कच्चा पदार्थको आपूर्ति स्थितिमा अन्योल रहेको अवस्थामा कृषि उद्यमीहरू हतोत्साही हुन पुगेका छन् । अहिलेको विषम परिस्थितिका कारण सिर्जित व्यापारघाटालाई राज्यले संरक्षण दिई कृषि व्यवसायीको मनोबल उच्च बनाउन सके कृषि व्यवसाय बिस्तारै अघि बढ्न सक्छ ।

समग्रमा भन्नुपर्दा देशको औपचारिक तथ्यांकमा जनसंख्याको ६५ प्रतिशत मानिस कृषि पेसामै आश्रित भएको देखाउँछ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान अहिले पनि २७ प्रतिशत छ । उद्योगको अवस्था राम्रो नभए पनि सेवा क्षेत्रले बिस्तारै शिर ठाडो गर्दै लगेर अर्थ व्यवस्थामा सहयोग पु¥याएको थियो । तर, उद्योग र सेवा क्षेत्र खतरामा परेका छन् । अतः बाहिरबाट आएका युवाले अझ बेरोजगारीको चाप बढाउनेछन् । त्यसैले अब कृषिलाई पुनः ब्यँुताउनुको विकल्प देखिँदैन । यसर्थ विश्वमै खाद्य संकटको खतरा बढ्दै गएको छ र नेपाल अझै त्यस्तो उच्च खतरामा रहनेछ । कुनै बेला खाद्यान्न निर्यात गर्ने देश आयातमा निर्भर रहन थालेको छ । विदेशबाट विप्रेषणले आयातमा आधारित अर्थतन्त्र बनाएको थियो । कृषि उत्पादन नाजुक बन्दै गएको थियो । अब कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था छ । तर, यसबीच दुईटा पक्ष छन्, जसले मानिसको जीवनरेखा जोड्छन् । पहिलो हो कृषि र दोस्रो हो उपभोग्य सामानको ओसारपसार । कृषि क्षेत्रमा हरेक दिन केही न केही उपज थन्क्याउने बेला भइरहेकै हुन्छ । तरकारी आज नटिपेर दुई दिनपछि टिप्दा उपभोगयोग्य नरहन सक्छ । पालिरहेका कुखुरा धेरै दिन पाल्नुपरे अनावश्यक खर्च बढ्छ । गाईभैंसी दिनदिनै बिहानबेलुकै दुुहुनैपर्छ । अन्डा लामो सयम भण्डारण गरेर राख्न सकिन्न । गहुँ थन्क्याउनैपर्छ । धान समय आएपछि रोप्नैपर्छ । गोडमेल गर्नैपर्छ । यसैक्रममा बन्दाबन्दीको समयमा आ–आफ्ना छोराछोरीलाई घरकौसी र करेसाबारीमा कृषि कर्महरू सिकाउने बेला पनि आएको छ । यसको साथसाथै विकसित अर्थतन्त्र पनि थला पर्ने अवस्थामा पुगेका बेला कृषि जीवनलाई मुख्य आधार बनाउनु पर्ने बेला आएको छ । यसमा नागरिक समाज, सरकार, निजी क्षेत्र र अरु सबै मिलेर कृषिलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्दा मात्र हाम्रो भविष्य सुनिश्चित हुनेछ । यसबाट नै खाद्य संकट टर्नेछ । यसको विकल्पमा विदेशीको मात्र मुख ताक्नुपर्नेछैन । मुलुकमा रहेको खेतबारी बाँझो भएको अवस्थामा सिँचाइ र बन्दोबस्तीका लागि सरकारले बेलैमा यस संकट घडीमा युद्धस्तरमा लागि पर्नुपर्ने कुरामा कसैको पनि दुईमत नहोला ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुकुमपश्चिम सानीभेरी-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी