लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन । लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजनीनामा दिएका हुन । बिहीबार ४ बजे विश्वासको मत लिने तयारी गरेका चौधरीले अल्पमतमा पर्ने सम्भाना देखेपछि प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए ।

८७ सदस्यीय प्रदेशसभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपाका ३, लोसपाका ३, जनमतका ३, जनमोर्चाका १ जना प्रदेशसभा सदस्य छन । मुख्यमन्त्री चौधरीले राप्रपालाई आफ्नो साथमा लिएपछि पनि बहुमत पु¥याउन सक्ने अवस्था थिएन ।

कांग्रेस, नागरिक उन्मुक्ति पार्टी, राप्रपा, लोसपा, जनमत र जनमोर्चाको गरेर जम्मा ४१ जना प्रदेश सभा सदस्य छन । नयाँ राजनीतिक समीकरणको आधारमा एमालेका २९, माओवादी सभामुखबाहेक १०, जसपा ३, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको साथ लिएर नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । लुम्बिनीमा माओवादीले सरकार बनाउने गरी दलहरुसँग छलफल अघि बढाएको छ । संसदीय दलका नेता जोखबहादुर महरा आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी छलफलमा जुटेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौं उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले टुंगायो सबै उमेदवार, भोली मनोनयन