गुल्मी । गुल्मीका सबै स्थानीय तह र तम्घास अस्पताललाई पिपिई (व्यक्तिगत सुरक्षा सामग्री) प्रदान गरिएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरि १२ स्थानीय तहलाई २०-२० थान र तम्घास अस्पताललाई ६० थान गरि कुल तीन सय पिपिई प्रदान गरिएको छ । गुल्मी क्षेत्र नम्बर २ का सांसद तथा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहलमा आएका पिपिई प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सम्बन्धित स्थानीय तहका प्रमुख र अस्पतालका प्रमुखलाई हस्तान्तरण गरे । जिल्लाका स्वास्थ्यकर्मीलाई पिपिई नहुँदा केही दिन पहिले ञपिपिईको अभावमा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असरझ शिर्षकमा विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएको थियो । पिपिईको अभावमा स्वास्थ्यकर्मी समेत उच्च जोखिममा रहेको भन्दै त्यसलाई मध्यनजर गरि व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएको प्रजिअ शर्माले बताए ।
मनोबल बढेको छ : स्वास्थ्यकर्मी
पिपिई पाएपछि आफुहरूको मनोबल बढेको स्वास्थ्यकर्मीले बताएका छन् । ञपहिले बिनाहतियार कोरोनाबिरूद्दको युद्धमा होमिएका थियौं, अब हतियार प्राप्त भएको छ ।झ रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले भने, ञसबै स्वास्थ्यकर्मीलाई उपचारको काममा खटाउन सहज भएको छ । अब नगरप्रहरी र एम्बुलेन्स चालकलाई पनि पिपिई प्रदान गर्ने अर्यालले बताउनुभयो । नगरपालिकाको मातहतमा अहिले ३३ जना स्वास्थ्यकर्मी छन् । मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले पनि पिपिई अब एम्बुलेन्स चालकलाई पनि प्रदान गरिने बताए। गाउँपालिकासँग पहिले नै केही थान रहेको र अहिले २० थान प्राप्त भएपछि सबै स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई समेत पुग्ने बताए। तर पर्याप्त माक्स र सेनेटाइजरको भने अझै अभाव रहेको उनले बताए ।
थर्मल गन र माक्स पठाउने तयारी
सासंद विष्टले जिल्लामा अभाव रहेको थर्मल गन र माक्स पनि पठाउने तयारी गरेका छन् । ज्वरो नाप्न प्रयोग गरिने थर्मल गन ५० वटा र कोरोनाबाट वचन अत्यावश्यक हुने माक्स २५ हजार वटा पठाउन लागिएको विष्टका सचिवालय सदस्य मदन खनालले जानकारी दिए । पूर्व श्रम मन्त्री समेत रहेका विष्टले अहिले सम्बन्धित स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, पार्टीका अगुवा कार्यक्रता लगायतलाई फोन गरि जिल्लामा राहत वितरणको अवस्था’bout जानकारी लिइरहेको खनालले बताए






