गुल्मीका १९९ प्रावि स्थायी शिक्षकलाई नियुक्तिपत्र

तम्घास । गुल्मीका १९९ प्राथमिक विद्यालयतर्फका स्थायी शिक्षकलाई नियुक्तीपत्र प्रदान गरिएको छ । आइतबार सदरमुकाम तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयको सभाहलमा स्थायी शिक्षकहरुलाई शपथ ग्रहण पनि गराइएको छ ।

शिक्षकहरुलाई जिल्ला शिक्षा तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले अनुसूची १५ को नियम ९५ को उपनियम (४) सँग सम्बन्धित शपथ ग्रहण गराउनुभएको छ । शिक्षकहरुलाई जिल्लाका विभिन्न पालिकामा रिक्त रहेका विद्यालयमा पदपूर्तिको लागि पठाइनेछ ।

जिल्ला शिक्षा तथा समन्वय इकाईको प्रारम्भिक तथ्याङ्कअनुसार कालिगण्डकीमा २८, सत्यवतीमा १२, चन्द्रकोटमा १८, रुरुक्षेत्रमा १० जनाको पद रिक्त रहेको छ । त्यसैगरी छत्रकोटम ा २८, गुल्मीदरबारमा १४, रेसुङ्गामा चार, धुर्कोटमा १६, मदानेमा छ, मालिकामा १५, इस्मामा छ र मुसिकोटमा ४२ जनाको प्राथमिक तहमा पद रिक्त रहेको छ ।

शिक्षकहरुलाई सदरमुकाम तम्घासमा पाँच दिनसम्म नवप्रवेशी तालिम समेत प्रदान गरिनेछ । तालिम सकेपछि २९ गते रेसुङ्गा भ्रमणमा लैजाने र सम्बन्धित पालिकामा पठाउने तयारी जिल्ला शिक्षा तथा समन्वय इकाईले गरेको छ ।

तालिमपछि पालिकाले आवश्यकताको आधारमा शिक्षकहरुलाई विद्यालयमा खटाउनेछ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले खासगरी बालबालिकासँग बढी घुलमिल हुनुपर्ने भन्दै आफ्नो दक्षतालाई कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले एक बर्षसम्म पालिकाले खटाएकै विद्यालयमा अध्यापन गराउनुपर्ने भन्दै सरुवाको लागि फोन नगराउन आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसमा उम्मेदवार छान्न सकस