गाई पाल्ने कि विदेश जाने सरकार ?

मुलुकभरका गाईपालन फार्मका जनताले दूध बेचेको पैसा नपाउँदा गाईपालनको विकल्प खोज्नुपर्छ कि भनी आआफ्ना अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् । सरकारी दुग्ध विकास संस्थान (डीडीसी)ले नै जनतालाई दूध लिएको पैसा महिनौंदेखि तिरिरहेको छैन । मुलुकमा सबैभन्दा बढी दूध खपत गर्ने पहल लिने संस्था भनेको डीडीसी नै हो ।

सरकारी पनि भएकाले यसको विश्वसनीयता नरहने कुरै भएन । तर, समयमै पशुपालक किसानबाट दूध लिएबापत भुक्तानी गर्नुपर्ने पैसा नदिँदा यसले आशंका भने जन्माएको छ । दूध बेचेको पैसा ७÷८ महिनादेखि नपाउँदा गाईपालक किसानले उल्टै स्थानीय साहु र सहकारीबाट ऋण लिएर घर चलाउनुपरिरहेको छ ।

नेपालीको आय आर्जनको स्रोतमा विविधता पनि छैन । स्रोत मुस्किलले एउटा हुने र त्यहीबाट दैनिक गुजारा चलाउने प्रकृतिको हुन्छ, जसको पनि हुने त्यही हो । निर्वाहमुखी गुजारा नेपाली जनताको आर्थिक आय आर्जनको सनातन विरासत पनि हो ।

अहिले किसान दुईतिरबाट ऋणले च्यापिँदै गइरहेका छन् । एकातिर लघुवित्त र स्थानीय साहुमहाजनको र अर्कोतिर गाईपालनका लागि लिएको दानापानी, भूस र पशुऔषधोपचारको । अहिले त घरमा परिवारको कुनै सदस्य बिरामी भयो भने उपचार गर्नसक्ने हैसियत पनि छैन । पशुले र मानिसले पनि खाने आहारा दाना दिने पसलेले पनि उधारो दिन बन्द गरिसकेका छन् ।

सरकारी मात्र होइन, प्राइभेट डेरीहरूले पनि दूधको भुक्तानी नदिएपछि अबका दिनमा अरू वैकल्पिक व्यवसाय पो गर्नुपर्छ कि भनी किसानले सोच्न थालिसकेका छन् । नेपाल पछिल्लो समयमा दूध उत्पादनमा केही स्थानमा सापेक्ष आत्मनिर्भर हुँदै गए पनि यसले गति लिने बेलामा यस्ता अनिष्ट निम्तन थालिसकेका छन् ।

सरकार यसका ’boutमा मौन छ । चिन्ता त केवल कसैले खुट्टा तानेर ढल्नुपर्ने हो कि भन्ने मात्र छ । अहिले दूध व्यवसायी खुसी पनि छैनन् र आशावादी पनि छैनन् । उता, स्थानीय साहु र लघुवित्तले ऋण दिनसक्ने अवस्था पनि छैन । पहिलेकै ऋण नतिरेको अवस्थामा नयाँ ऋण पाउने त कल्पना पनि गर्न सकिँदैन । पछि आउला दूधको पैसा, अहिलेलाई ऋण लिएर भए पनि चलाऔं भन्ने सम्भावना अबका दिनमा टरिसकेको छ । पशुपालक किसानको अवस्था बिजोग छ ।
(रमा खड्का, काभ्रे)

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरको १७ मध्ये १० पालिकाका कांग्रेसका उम्मेदवार निर्वाचित (सूचीसहित)