विदेशी बजारमा गुल्मीको खुदो

गुल्मी । गुल्मीका किसानहरु उखु खेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन एवं उखुबाट गुड र खुदो बनाएर बेच्न सकिने भएपछि किसानहरु उखु खेतीतर्फ आकर्षित भएका हुन् । गुल्मी जिल्ला गुण र खुदोको लागि समेत प्रख्यात मानिन्छ । देशका ठुला शहरदेखि विदेशी बजारमा गुल्मीको गुड तथा खुदोको माग समेत बढ्न थालेको छ ।

गुल्मीका किसान उखु खेतीतर्फ आकर्षित

विगतका बर्षहरुमा किसानहरुले परम्परागत खेती गर्दै आएकोमा पछिल्लो समय भने उखुको व्यवसायिक रुपमै खेती गरेका छन् । कतिपय कृषिजन्य सामग्रीहरुले बजार नपाइरहेका बेला उखुबाट बनेका गुड र खुदोलाई भने बजारको कुनै समस्या नहुँदा जिविकोपार्जनमा समेत सहजता मिलेको छ ।

‘पहिले–पहिले बजारको समस्या थियो, तर अहिले कुनै समस्या छैन ।’ स्थानीय कृषक चोलनाथ ज्ञवालीले भने, ‘उखुबाट बनाउने गुड र खुदो बेचेर घरखर्च चलाउन समेत सहज भएको छ ।’ गुड र खुदो बिक्री गरेको रकमले घरखर्च चलाउन समेत सहज भएको उनले बताए ।

विदेशी बजारसम्म गुल्मीको खुदो
गुल्मीमा छत्रकोट गाउँपालिकाको दिगाम, हर्दिनेटा, खज्र्याङ्ग, मानकोट एवं रुरुक्षेत्र गाउँपालिकाको थोर्गा, थानपति लगायतका स्थानमा उखुको राम्रो उत्पादन हुने गर्दछ । जिल्लामा उत्पादन भएकोे गुड तथा खुदो स्थानीय बजार रिडी हुँदै पाल्पा, बुटवल, पोखरा, काठमाडौं हुदैँ विदेशी बजारसम्म पुग्ने गर्दछ ।

खुदो प्रतिलिटर १८० रुपैयाँदेखि २५० रुपैयाँ, सादा गुडको १७० र मसलावाला गुडको २५० रुपैयाँमा प्रतिकिलो बिक्री हुने गर्दछ । तर अन्य बालीमा जस्तै उखुमा पनि बाँदर आतकंबाट किसानले हैरानी खेपेको स्थानीय कृषक सन्तोष पौड्यालले बताए । ‘उत्पादन गर्न बाँदर प्रमुख समस्या बनेको छ ।’ उनले भने, ‘बाली जोगाउन सके बजारमा जति पनि बिक्री हुन्छ ।’ पौड्यालले बाँदर नियन्त्रणका लागि सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए ।

हाल गुल्मीमा १७९ हेक्टर क्षेत्रफलमा उखु लगाइएको छ । जसबाट बार्षिक दुई करोडको उखु, गुण तथा खुदो निर्यात हुने गरेको तथ्याङ्क छ । जिल्लामा उखु उत्पादन बृद्धि गर्नको लागि कृषि ज्ञान केन्द्र, गुल्मीले जीतपुर–८ नामको बीउ समेत वितरण गरेको छ ।

उखुको उत्पादन र उत्पादकत्व बृद्धि गर्न ज्ञान केन्द्रले परीक्षणको रुपमा उखु अनुसन्धान केन्द्रबाट बीउ ल्याएर वितरण गरेको कार्यालयका प्रमुख नवराज भण्डारीले जानकारी दिए । त्यसका साथै उखु उत्पादन बृद्धि गर्नका लागि पालिकाहरुले बाँझो जग्गामा अनुदान दिने लगायतका काम गर्न सकिने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा धनराज आचार्य उपमेयरमा मञ्जुदेवी गुरुङ