आठौं प्राचीन कपिलवस्तु महोत्सव सुरु

कपिलवस्तु । जिल्लाको सदरमुकाम तौलिहवामा आठौं प्राचीन कपिलवस्तु महोत्सव सुरु भएको छ। ‘कपिलवस्तु जिल्लाको समग्र बिकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, कृषि, उद्योग तथा ब्यापार’ भन्ने नाराका साथ आठौं प्राचीन महोत्सव मंगलबारबाट सुरु भएको हो ।

महोत्सवको उद्घाटन गर्दै पूर्वमन्त्री तथा संघीय सांसद सुरेन्द्रराज आचार्यले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताए। उनले बिश्व अर्थतन्त्रमा परेको प्रभाव नेपालमा समेत परेको उल्लेख गर्दै कपिलवस्तुको समग्र बिकासका लागि सबै राजनैतिक दलहरु एकैथलोमा उभिनुपर्ने धारणा राखे ।

तौलिहवाको आफ्नै बिविधता र बिशेषता रहेको भन्दै मेला महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउन मद्दत पुग्ने बिश्वास ब्यक्त गरे।
तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा संचालित महोत्सव बैशाख ८ गतेसम्म चल्ने छ।

महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारबाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी तेस्रो डान्स आइडल लगायतका कार्यक्रम तय छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम, ख्यातिप्राप्त कलाकारबाट दैनिक प्रस्तुति, छमछमी कला केन्द्रको बिशेष नृत्य प्रस्तुती लगायतका थुप्रै मनोरञ्जनात्मक कार्यक्रम हुने तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी दिपुले बताए।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

epaper

ताजा समाचार

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध