Thursday, April 22, 2021
Home विदेश अमेरिकामा एक करोड ६८ लाखकाे जागिर गुम्याे

अमेरिकामा एक करोड ६८ लाखकाे जागिर गुम्याे

,

न्यूयोर्क । कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका कारण अमेरिका सहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् ।

अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ । यसअघि नै १ करोडभन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए । यसको अर्थ प्रत्येक १० जना अमेरिकी कामदारमध्ये १ जनाले रोजगारी गुमाएका छन् । यो संख्या सन् १९४८ यताकै सबैभन्दा ठूलो हो ।

जानकारहरुका अनुसार अझै धेरै रोजगारी गुम्ने खतरा देखिएको छ । अप्रिलमा बेरोजगारी दर १५ प्रतिशत पुग्नेछ, र यो अवस्था विश्वव्यापी मन्दी (ग्रेट डिप्रेसन) को अवस्थापछि पहिलो पटक देखिएको हो ।

मिजौरीको कन्सास शहरकी ५७ वर्षीय शारोन ब्रिजम्यानले दुई साता अघि रोजगारी गुमाइन् । उनी घरबारविहीन मानिसका लागि सेवा उपलब्ध गराउने एउटा गैरसरकारी संस्थामा कार्यरत थिइन्। उनी सरकारले उपलब्ध गराएको बेरोजगारी प्रोत्साहन भत्ताको पर्खाईमा छिन् ।

“फेरि काम नपाइने हो कि भन्ने मलाई ठूलै चिन्ता लागेको छ,” उनले भनिन्। “मैले काम गर्ने मानिसहरुको अवस्था अझ कस्तो होला ?”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संकटपछि तर्थतन्त्रमा तुरुन्तै सुधार भइहाल्ने अवस्था छैन भनेर अडकलबाजी गर्नेहरुप्रति तिखो टिप्पणी गर्दै अमेरिकी अर्थव्यवस्था तत्कालै सही ठाउँमा आउने विश्वास व्यक्त गर्नु भएको छ । “मेरो विचारमा अर्थतन्त्र राम्रैसँग पुनर्जीवित हुनेछ ।”

राष्ट्रपति ट्रम्पले बिमान सेवालाई कसरी मद्दत गर्न सकिएला भनेर आफूले अर्थमन्त्री र यातायात मन्त्रीसँग विचारविमर्श गरेको बताउँदै यस क्षेत्रमा सुधार ल्याउन सप्ताहान्तमा एउटा प्रस्ताव अघि बढाउन लागेको जानकारी दिए ।

अमेरिकी केन्द्रीय बैंकले पनि घरायासी र व्यवसायलाई लक्षित गरी २३ खर्ब डलर बराबरको सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

साताका लोकप्रिय समाचार

भूकम्पपछि मानसिक समस्यामा थिए श्यामदास बैष्णव

काठमाडौं । कवि तथा साहित्यकार श्यामदास बैष्णव अब हामीमाँझ रहेनन् । पछिल्लो समय मानसिक समस्यामा रहेका बैष्णवको ९८ वर्षको उमेरमा निधन भएको छ ।...

नौ महिनामा मरे ३० गैँडा

 चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका...

६ खर्ब ८७ अर्ब बढी राजस्व संकलन

काठमाडौं । सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल...

अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

ट्रेन्डिङ

सञ्जयलाई क्यान्सर भएपछि भूज अन्योलमा

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त अहिले क्यान्सरसँग जुधिरहेका छन् । उनको उपचार बल्ल सुरु भएको छ । यसैक्रममा उनलाई अमेरिका लैजाने तयारी पनि...

चार वर्षमा आठ अर्ब चुक्ता पुँजी पुर्‍याउँछौं

भरतराज ढकाल, अध्यक्ष, मुक्तिनाथ विकास बैंक मुक्तिनाथ विकास बैंक वित्तीय सूचकांक र बैैंकिङ स्वास्थका हिसाबले अहिलेसम्म पहिलो स्थानमा रहेको विकास बैंक हो ।...

उदारीकरणको प्रभाव

एउटा देशले अपनाउने सम्पूर्ण नीति तथा कार्यक्रम जसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव आर्थिक क्रियाकलापमा पर्दछन्, ती सबै आर्थिक उदारीकरणअन्तर्गत पर्दछन् । यस अर्थमा यथास्थितिका नीतिमा पुनरावलोकन...

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

काठमाडौं । जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै हुनुहुन्छ । जलवायु परिवर्तन...

श्रीपञ्चमीको सान्दर्भिकता

सर्वप्रथम आजको दिनमा यो श्लोक पाठ गर्ने गरिन्छ: “सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी, हंसवाहन संयुक्ता विद्यादानं करोतुमे ।” यसरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीलाई...

२२ तले धराहरा पुनर्निर्माण, अब दुई तला ढलान बाँकी

काठमाडौं । गत २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरा पुनर्निर्माणअन्तर्गत ढलान गर्न अब दुई तलामात्रै बाँकी रहेको छ । धराहरा पुननिर्माणअन्तर्गत २०औं...

भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया आजबाट सुरु

काठमाडौं । भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका...

दल दर्ता प्रक्रिया अघि बढाऔँः ओली समूूह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तदारुकताका साथ निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई सुुझाव दिएको छ । प्रतिनिधिसभा निर्वाचन तयारी र दल दर्ताका...

ठाकुरबाबाले दियो बालबालिकालाई न्यानो कपडा

बर्दिया । ठाकुरबाबा नगरपालिकाले आफनो नगरका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाले पहिलो चरण अन्र्तगत नगर भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने...

विशेष आर्थिक क्षेत्रको भाडा घटाइने

काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज)को भाडा घटाउने तयारी गरेको छ । यसअघि सम्बन्धित सरोकारवालाले सेजको भाडा अत्यधिक भएको गुनासो गर्दै आएका थिए...

रोकिएन कालोबजारी, अनुगमनको तयारीमा विभाग

काठमाडौं । संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै बजारमा अझै कालोबजारी नरोकिएको पाइएको छ । जसका कारण दैनिक उपभोग्य हरियो तरकारी र चिनीमा कालोबजारी मौलाउँदै गएको...

सयमा एक

कर्णाली प्रदेश घुमफिर प्याकेज बनाउँदा राम्रो हुन्छ । यहाँ के छैन ? मुलुककै सबैभन्दा ठूलो ताल रारा, गहिरो फोक्सुण्डो ताल, ठूलो जिल्ला डोल्पा, नेपाली...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)