‘इजरायली अपराध’ माथि इरानको धावा

काठमाडौं । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई विफल पारिएको थियो ।

केही आक्रमण इराक र यमनबाट समेत भएको इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले जानकारी गराएका छन् । इजरायली सेनाले आक्रमणमा प्रयोग गरिएका ड्रोन र क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतलाई इजरायली प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ ।

प्रवक्ता हागारीले एक टेलिभिजन कार्यक्रममा भने, ‘इरानी आक्रमण विफल पारिएको छ ।’

हगारीका अनुसार इजरायलतर्फ प्रहार गरिएका कुनै पनि ड्रोन र क्रुज क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रवेश गरेका छैनन् र केही ब्यालेस्टिक क्षेप्यास्त्र मात्र इजरायलसम्म पुगेका छन् ।

ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये एउटाले सेनाको ‘नेभाटिम शिविर’ मा हल्का प्रभाव पारेको उल्लेख गर्दै उनले सैन्य परिसरमा ‘अझै पनि काम भइरहेको’ उल्लेख गरेका छन् ।

रक्षामन्त्री योआभ ग्यालान्टले भने, ‘संयुक्त राज्य अमेरिका र थप साझेदारहरूसँग मिलेर हामीले इजरायली भूमिको रक्षा गर्न सफल भएका छौँं । आक्रमणको जोखिम अझै सकिएको छैन, हामी सतर्क रहनुपर्छ ।’

इजरायली बासिन्दाले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन् ।

यसैबीच, आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन् भने भने इजरायलले दिने जबाफ’bout छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाएका छन् । उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन् ।

यसैबीच, इरानको रिभोल्युशनरी गार्डसले एक विज्ञप्तिमार्फत ती आक्रमण ‘इजरायली अपराध’ को जवाफ भएको बताएको छ । गार्डसले अप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको आक्रमणसमेतलाई इजरायली अपराध भनेको छ । गार्डसले आफ्ना हमलाहरू ‘निश्चित निशानाहरूमा’ लक्षित गरिएको जनाएको छ ।

उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलविरुद्ध इरानले गरेको आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ का लागि जी–७ राष्ट्रका नेताहरूसँग छलफल गरिने बताएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि बाइडेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इरानको निर्लज्ज आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’का लागि समन्वय गर्न म आफ्ना सहकर्मी जी–७ नेताहरूलाई सोमबार छलफलमा सहभागी हुन आग्रह गर्दछु ।’

नेतन्याहूसँग फोनमा बाइडेनले इजरायलको सुरक्षाका लागि अमेरिकाको प्रतिबद्धता दोहो¥याएका थिए । उनले भने, ‘आक्रमणको सामना गर्न र परास्त गर्न उल्लेखनीय क्षमता प्रदर्शन गरेको छ र यसले आफ्ना शत्रुहरूलाई स्पष्ट सन्देश दिएको छ । उनीहरूले इजरायलको सुरक्षालाई प्रभावकारी रूपमा खतरामा पार्न सक्दैनन् भन्नेकुरा मैले प्रधानमन्त्री नेतन्याहूसँगको टेलिफोन वार्तामा पनि भनेको छु ।’

इडेनले यमन, सिरिया र इराकबाट सञ्चालित इरानका सहयोगीहरूले हवाई मार्गबाट आक्रमण गरेको भन्दै ती आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । उक्त क्षेत्रमा रहेका अमेरिकी सेनाले इजरायललाई भित्रिने सबै ड्रोन र क्षेप्यास्त्र खसाल्न सहयोग गरेको राष्ट्रपति बाइडेनले बताए ।

बाइडेनका अनुसार शनिबारको आक्रमण अमेरिकी सेना र सुविधाहरूलाई लक्षित गरिएको थिएन । उनले भने, ‘अमेरिकी सेना सबै खतराहरूको लागि सतर्क रहनेछ र आफ्ना जनताको सुरक्षाको लागि सबै आवश्यक कदम चाल्न हिचकिचाउने छैन ।’

गत अप्रिल १ मा दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा इजरायली क्षेप्यास्त्र आक्रमणको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको होे ।

अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया
इरानले शनिबार राति इजरायलमाथि गरेको आक्रमणको विश्वका विभिन्न देशले निन्दा गर्दै उक्त आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इस्लामिक गणतन्त्र इरानले इजरायलमाथि गरेको व्यापक आक्रमणको निन्दा गर्दै यसले गम्भीर तनाव निम्त्याएको बताएका छन् । उनले भने, ‘म यस क्षेत्रव्यापी तनावको वास्तविक खतरा’bout निकै चिन्तित छु । मध्यपूर्वमा विभिन्न मोर्चामा ठूलो सैन्य मुठभेड निम्त्याउन सक्ने कुनै पनि कार्यबाट जोगिन सबै पक्षलाई आह्वान गर्दछु ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले उच्च सुरक्षा अधिकारीहरूसँगको आपतकालीन बैठकपछि इजरायललाई ‘आइरनक्लाड’ समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘इरानले इजरायलविरुद्ध गरेको आक्रमण’bout जानकारी लिन मैले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई भेटेको छु । इरान र उसका सहयोगीहरूको खतराविरुद्ध इजरायलको सुरक्षाप्रतिको हाम्रो चट्टानी प्रतिवद्धता छ ।’

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले एक वक्तव्य जारी गर्दै ‘लापरबाहीपूर्ण’ आक्रमणको निन्दा गर्दै यसले तनाव बढाउने र यस क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको बताएका छन् । उनले भनेका छन्, ‘इरानले फेरि एकपटक आफ्नो घरआँगनमा अराजकता छर्न खोजेको देखाएको छ ।’

युरोपेली संघका विदेश मामिला प्रमुख जोसेप बोरेलले एक्समा जारी गरेको सन्देशमा आक्रमणलाई ‘अकल्पनीय जोखिम वृद्धि र क्षेत्रीय सुरक्षाका लागि गम्भीर खतरा’ भन्दै निन्दा गरेका छन् ।

चीनको विदेश मन्त्रालयले आक्रमणलाई ‘गाजा द्वन्द्वको पछिल्लो बाछिटाको रूपमा चित्रण गर्दै संयमित हुन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले गाजामा युद्धविरामको माग गर्दै हालै पारित गरेको प्रस्तावको कार्यान्वयनको लागि चीनले आह्वान गरेको छ । ‘अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी प्रभाव भएका देशहरूलाई यस क्षेत्रको शान्ति र स्थिरताका लागि रचनात्मक भूमिका निर्वाह गर्न चीन आह्वान गर्दछ,’ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन, हिंसाबाट जोगिन र कूटनीतिक वार्तामा फर्कन आग्रह गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इजरायल र इरानबीच बढ्दो शत्रुताले यस क्षेत्रको शान्ति र सुरक्षालाई खतरामा पारेकोमा हामी गम्भीर रुपमा चिन्तित छौं । हामी तत्काल तनाव कम गर्न, संयमता अपनाउन, हिंसाबाट पछि हट्न र कूटनीतिको मार्गमा फर्कन इजरायल र इरानलाई आह्वान गर्दछौं । यसबाहेक, विदेश मन्त्रालयले इरान–इजरायल द्वन्द्वको स्थितिलाई नजिकबाट नियालिरहेको बताएको छ ।’

फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नले भने, ‘यो अभूतपूर्व कदम चाल्ने निर्णय गरेर इरान आफ्नो अस्थिरताको कार्यहरूमा नयाँ स्तरमा पुगेको छ र सैन्य वृद्धिको जोखिम उठाइरहेको छ ।’

बर्लिनका उच्च कूटनीतिज्ञले पनि आक्रमणले अस्थिरता निम्त्याउने चेतावनी दिँदै तेहरानलाई आक्रमण रोक्न आग्रह गरेका छन् । विदेशमन्त्री एनालेना बेर्बोकले भनेका छन्, ‘हामी जारी आक्रमणको भत्र्सना गर्दछौं, यसले पूरै क्षेत्रलाई अराजकतामा धकेल्न सक्छ ।’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ओटावामा पत्रकारसँग कुरा गर्दै क्यानडाले इरानले इजरायलमाथि गरेको हवाई आक्रमणको निन्दा गर्दै आफु र आफ्नो देश इजरायलको साथमा रहेको बताएका छन् ।

‘अक्टोबर ७ मा हमासको नृशंस आक्रमणलाई समर्थन गरेको इरानको पछिल्लो कदमले यस क्षेत्रलाई थप अस्थिर बनाउनेछ र स्थायी शान्तिलाई थप कठिन बनाउनेछ,’ उनले भने ।

कायरोको विदेश मन्त्रालयले शत्रुता बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै अधिकतम संयम अपनाउन आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘द्वन्द्वको क्षेत्रीय विस्तारको जोखिम’’bout पनि चेतावनी दिइएको छ र इजिप्टले ‘स्थितिलाई नियन्त्रण गर्न द्वन्द्वका सबै पक्षहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने छ ।’

साउदी अरबको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी ‘सैन्य गतिविधि वृद्धि’ प्रति चिन्ता व्यक्त गरेको छ । साउदी अरबले सबै पक्षलाई पूर्ण संयम अपनाउन र यस क्षेत्र र त्यहाँका जनतालाई युद्धको खतराबाट जोगाउन’ आह्वान गरेको छ । उसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने दिशामा आफ्नो जिम्मेवारी वहन गर्न’ आग्रह गरेको छ ।

अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेइको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आक्रमणको सामना गर्न इजरायली पक्षसँग आफ्नो ‘ऐक्यबद्धता’ व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाहले पाए स्थापितले भन्दा १२ सय बढी मत