छुरा प्रहार गरी छिमेकीको हत्या गर्ने ३ जना पक्राउ

हत्यामा संलग्न बिकास राई, आसन राई र गणेश राई । तस्बीर सौजन्यः जिल्ला प्रहरी कार्यालय खोटाङ

खोटाङ । खोटाङमा छुरा प्रहार गरी छिमेकीको हत्या गर्ने तीन युवा पक्राउ परेका छन् । बैसाख १ गते साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निभारेका ३० वर्षीय धनजीत राईलाई छुरा प्रहार गरी हत्या गरेर फरार भएका सोही ठाउँका प्रतिवादी २२ वर्षीय बिकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राई पक्राउ परेका हुन् ।

धनजितलाई छुरा प्रहार गरी फरार भएका तीन जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काको कमाण्डमा खटिएको प्रहरीको टोलीले सोमबार रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको भसुन्डास्थित धनपति राईको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्धाका प्रतिबादीलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले बताए । शरीरका विभिन्न भागमा चोट लागेका धनजितको घट्नास्थलमै मृत्यु भएको थियो । उनलाई मादक पदार्थ सेवन गरेका तीन युवाले स्थानीय तिलकबहादुर बस्नेतको मकै बारीमा छुरा प्रहार गरेका थिए । सुरुमा स्थानीय भीमबहादुर बस्नेत र तीन प्रतिवादीबिच झगडा भएको थियो ।

तीन प्रतिवादीले भीमबहादुरलाई घरैमा गएर कुटपिट गरेका थिए तर गाउँले भेला भएर झगडा मिलाएका थिए । केही समयपछि पुःन भीमबहादुरले ‘धम्की’ दिएपछि उनीहरु पुःन भीमबहादुरको घरमा झगडा गर्न पुगेका थिए । त्यसको केही समयपछि भीमबहादुरको घर पुगेका धनजितले सम्झाउने क्रममा तीन प्रतिवादीले छुरा प्रहार गरेको स्थानीय उमेश राईले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः देशैभरि दुईपक्षीय प्रतिस्पधा