हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्तलाई पुरस्कृत

पोखरा । साहित्यकार सरुभक्तलाई १ लाख राशिको सातौं हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिएको छ ।

हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराले आयोजना गरेको समारोहमा उनलाई शिक्षाविद् जर्ज जोनले नगदसहित ताम्रपत्रद्वारा पुरस्कुत गरे ।

जर्ज जोनले हेमराज र सरुभक्त दुवै आफ्ना मेधावी विद्यार्थी भएको स्मरण गर्दै आफूले नै सरुभक्तलाई पुरस्कृत गर्न पाउँदा निकै खुसी लागेको बताए ।

सम्मानित सरुभक्तले हेमराज पहारी आफ्ना पनि गुरु भएको भन्दै आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताए । गुरुको स्मृतिमा स्थापित पुरस्कार पाउन योग्य ठहरिँदा आफू अत्यन्तै गौरवान्वित भएको उनले बताए ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले तत्कालीन राष्ट्रिय बहुउद्देश्यीय माविलाई अघि बढाउन हेमराज पहारी र खेमराज पौडेलले खेलेको भूमिकाको स्मरण गरे ।

प्रतिष्ठान सदस्य लोकगायिका हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति समेत रहेका प्रतिभा छनोट समिति संयोजक पद्मराज ढकाल, पोखरेली युवा सांस्कृतिक परिवार अध्यक्ष उपेन्द्र पौडेल, नेपाली लेखक संघ कास्की अध्यक्ष रीता अधिकारी ‘ऋतु’, प्रतिष्ठान अध्यक्ष रीता न्यौपाने, उपाध्यक्ष गोविन्दराज पहारी, साहित्यकार असफल गौतमले बोलेका थिए ।

पोखराका साहित्यकार एवं समाजसेवी हेमराज पहारीको स्मृतिमा हेमराज पहारी स्मृति प्रतिष्ठान स्थापना गरिएको थियो । प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको सो पुरस्कारबाट यसअघि सत्यमोहन जोशी, राप्ती साहित्य परिषद्, विमल गुरुङ स्मृति पुस्तकालय, लोककवि अली मियाँ, झरना साहित्य परिवार र साहित्य सन्ध्या सम्मानित भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंकाे मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगाेल निर्वाचित