युरोकप १२ देशको १२ सहरमै

विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण अर्काे वर्षलाई सरेको युरोकप युरोपको १२ देशको १२ सहरमा नै आयोजना हुने भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले अर्काे वर्षको युरोकप १२ देशको १२ सहरमै हुने जनाएको छ ।

अर्काे वर्षको युरोकपको मितितय नभए पनि यूईएफएले अर्काे वर्ष ११ जुनदेखि ११ जुलाईसम्म गर्ने सम्भावित मिति उल्लेख गरेको छ । यसअघि सन् २०२० को युरोकप जुन १२ देखि जुलाई १२ सम्म हुने बताइएको थियो ।

‘अर्काे वर्षको युरोपको १२ राष्ट्रको १२ सहरमै आयोजना हुनेछ । हामीले यस’bout छलफल गरिरहेका छौं । सम्भवत यो यही निर्णय कायम रहनेछ । यूईएफएका अध्यक्ष एलेक्सान्दर सेफरिनले भने, ‘हामी छिट्टै खेल तालिका सार्वजनिक गर्नेछौं । सम्भवतः अर्काे वर्ष ११ जुन देखि ११ जुलाईसम्म नै युरोकप हुनेछ । हामी यस विषयमा १२ वटा आयोजक सहरहरूसँग सम्पर्कमा छौं । केही समयमा घोषणा गरिनेछ ।’

युरोकप युरोपको १२ राष्ट्र इंग्ल्यान्ड (लन्डन), नेदरल्यान्ड (आम्सर्टडम), डेनमार्क (कोपेनहेगन), रोमारिया (बुचारिस्ट), इटाली (रोम), रसिया (सेन्ट पिटर्सवर्ग), स्कटल्यान्ड (ग्लास्को) स्पेन (बिल्बाओ), हंगेरी (बुडापेस्ट), अजरवैजान (बाँकु), रिपब्लिक अफ आयरल्यान्ड (डब्लिन) र जर्मनी (म्युनिख) मा आयोजना गर्ने तयारी गरेको छ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका १२ सहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

समूह चरण, प्रि–क्वार्टरफाइनलका केहीखेलसँगै सेमिफाइन्ल र फाइनल खेल इंग्ल्यान्डमा हुनेछ । समूह चरण र क्वार्टरफाइनलका खेलहरू जर्मनी, खजरवैजन रसिया र इटालीमा हुनेछ । यस्तै समूह चरण र प्रि–क्वार्टरफाइनलका खेलहरू डेनमार्क, रोमानिया, नेदरल्यान्ड, रिपब्लिक अफ आयरल्यान्ड, स्पेन, हंगेरी र स्कटल्यान्डमा हुने छ । युरोकपमा २४ राष्ट्रको सहभागिता रहनेछ । २० टोलीले युरोकपमा स्थान बनाइसकेका छन् । ४ टोलीले प्ले अफबाट युरोकपमा स्थान बनाउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित