पारस्परिक हित र परराष्ट्र सम्बन्ध

भारत र चीनजस्ता विश्वका दुई उदाउँदा शक्ति राष्ट्रको बीचमा अवस्थित नेपालले अहिलेसम्म आफ्नो भूगोलको सही पहिचान र उपयोग गर्नसकेको छैन । नेपालका अहिलेसम्मका शासकहरूले केवल आफ्नो शासन सत्तालाई लामो समयसम्म टिकाइराख्नुलाई नै मुलुकको उपलब्धि ठानेका छन् । गरिबी, बेरोजगारी, महँगाइ, अशिक्षा र विभिन्न किसिमका कुरीति रहेका ठाउँमा भावुक, संवेदनशील र राष्ट्रवादको नारा बढी सार्थक साबित हुने गर्छ, यसबाट जनतालाई लामो समयसम्म भ्रममा राख्न सकिन्छ । हाम्रा दुवै छिमेकी राष्ट्रहरू किन र कसरी प्रगति गरेका छन्, त्यसको समीक्षा गर्ने काम हुँदैन ? छिमेकी मुलुकको सफलता हाम्रा लागि प्रेरणा स्रोत हुनुपर्ने हो, तर त्यस्तो भएको छैन । प्रत्यक्ष रूपमा कसैले नमाने पनि हाम्रो धरातलीय यथार्थ यही हो कि नेपालले आफ्नो विदेश नीतिमा सबैभन्दा बढी डिल गर्नुपर्ने मुलुक भारत नै हो । नेपालको कुल भौगोलिक सिमानाको तीन चौथाइभन्दा बढी भूभाग भारतसँग नै जोडिएको छ । नेपालको वैदेशिक व्यापार पनि भारतसँग नै बढी हुँदै आएको छ । नेपालको प्रत्येक राजनीतिक परिवर्तनमा भारतको संलग्नता रहेको भनिन्छ । एक किसिमले भारतसँग नेपालको सम्बन्ध केवल रोटी र बेटीको मात्रै नभई क्रान्ति र भ्रातृत्वको पनि छ । नेपालका शासकहरूले दुवै छिमेकी राष्ट्रसँग समदूरीको सम्बन्ध कायम राख्ने कुरा गर्छन्, जुनकी सम्भव नै छ । भारतसँगको हाम्रो सम्बन्धले विशिष्ट स्थान हासिल नगरेसम्म हाम्रो आर्थिक प्रगति, सभ्यता र सांस्कृतिक विकास तथा विज्ञान–अनुसन्धान र सूचना–प्रविधिको क्षेत्रमा पनि अपेक्षित प्रगति सम्भव छैन ।

हामीलाई विश्व बजारमा सहज पहुँच पनि भारतबाटै सम्भव छ । २०६३ सालको मधेश आन्दोलनका कारण दक्षिणी सीमा नाका अवरुद्ध हुन पुग्दा हाम्रो दैनिक जीवन कष्टकर हुन गएको थियो । सीमा नाका त चीनसँगको पनि अवरुद्ध नै थियो र करिब ८ वर्षसम्म अवरुद्ध नै रह्यो, तर त्यो हाम्रा लागि ‘चियाको कपमा आँधीको प्रभाव’जस्तो थियो, अर्थात् प्रभावहीन थियो । तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन गएर हतारहतारमा व्यापार तथा पारवहनका लागि चीनबाट आधा दर्जनभन्दा बढी सुक्खा बन्दरगाह र समुद्री बन्दरगाहबाट व्यापार हुने सम्झौता गरेर फर्केका थिए, त्यसलाई नेपालको ठूलो उपलब्धिका रूपमा प्रचार–प्रसार गरिएको थियो तर ओलीले पनि त्यस सम्झौतालाई कार्यान्वयनमा ल्याउन सकेनन् । हाल साल मात्रै परम्परागत नाका (व्यापारिक होइन) सुचारु गर्ने विषय चर्चामा आएको छ । साढे ८ वर्षपछि गत भदौबाट दुईवटा नाका सुचारु भएको छ ।

जबसम्म हामीले भारतसँगको सम्बन्धलाई ठोस बनाउँदैनौं तबसम्म हाम्रो विदेश सम्बन्ध सधैं तरल नै रहनेछ । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपाल भ्रमणमा आउँदा भनेका थिए कि नेपाल सधैं नै भारतको नजिक रहेको छ, तर साथ रहेको छैन । उनले सुझाव दिँदै भनेका थिए कि नेपालले राजमार्ग, इन्टरनेट सञ्जाल र बिजुली सञ्जालको विकासमा ध्यान केन्द्रित गर्नुपर्छ । हाल भारतले नेपालको अँध्यारोलाई कम गर्ने र पछि नेपालबाट उत्पादन हुने बिजुली भारतले खरिद गरी नेपालको अर्थतन्त्रलाई बलियो बनाउनमा सहयोगी साबित हुने विश्वास दिलाएका थिए । भारतले नेपालको करिब १० हजार मेगावाट बिजुली १० वर्षमा खरिद गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको छ । बंगलादेशसँग नेपालले भारतको भूमिमार्फत विद्युत् बिक्री गर्ने विषयमा सहमति भइसकेका छन् । भारतीय पर्यटकले क्यूआर कोडमार्फत नेपालमा भुक्तानी गर्नसक्ने पनि भएका छन् । नेपालमा भारतीय रुपैयाँ ५ सयभन्दा माथिको नोटलाई अवैध घोषित गरिएका कारण भारतीय पर्यटकहरू चाहेर पनि बढी संख्यामा नेपाल आउन सकिरहेका थिएनन् ।

नेपाल–भारत सम्बन्ध केवल रोटी र बेटीको मात्रै नभई क्रान्ति र भ्रातृत्वको पनि छ

नेपाल–भारत सम्बन्धलाई नयाँ दिल्ली र काठमाडौंको नजरले मात्र्रै हेर्ने काम भयो भने सत्यको नजिकसम्म पुग्न सकिँदैन, न त हामी सही नीतिको निर्माण नै गर्न सक्नेछौं । काठमाडौंमा बस्नेले भारतविरोधी कार्डको प्रयोग गर्दा पूर्वी नेपालको सीमावर्ती पहाडी जिल्ला पश्चिमी नेपालको सीमावर्ती पहाडी जिल्ला र तराई–मधेसका सीमावर्ती जिल्लाका लाखौं जनताले सीमा वारिपारि गर्दा भोग्नुपरेका समस्या’bout तिनलाई अनुभव रहेको हुँदैन । यस क्षेत्रका जनता, स्वास्थ उपचार, शिक्षा, दैनिक प्रयोजनमा आउने खाद्य सामग्री, शृंगार सामग्री, औषधि, लत्ता कपडालगायतका अधिकांश सामग्री खरिद गर्न सीमावर्ती भारतीय बजारमा जानुको विकल्प छैन । सीमावर्ती भारतीय बजारमा नेपालीहरू जानुको कारण माल सामानको उपलब्धता, गुणस्तर, अपेक्षाकृत सस्तो र सीमावर्ती क्षेत्रका आफ्ना नातेदारहरूसँग भेटघाट पनि प्रमुख कारण हुने गर्छ । सीमावर्ती क्षेत्रका दुवै मुलुकका जनताबीचको सम्बन्ध अद्वितीय र अभिन्न रहेको हुन्छ । काठमाडौंका शासकहरू जानीजानीकन पनि यस यथार्थलाई स्वीकार गरिरहेका हुँदैनन् । सांस्कृतिक सम्बन्ध र धार्मिक सम्पर्कले यस सम्बन्धलाई झन प्रगााढ बनाएको छ । जबसम्म नेपालमा कृषि क्षेत्रको विकास हुनेछैन, उद्योगहरूका लागि चाहिने कच्चा पदार्थको उत्पादन हुँदैन, किसान र उद्योगमैत्री नीति कार्यान्वयनमा आउनेछैन, तबसम्म सीमावर्ती बजारमा नेपाली ग्राहकको उपस्थिति रहिरहनेछ । अत्यधिक कर लगाएकै कारण भ्रष्टाचार बढ्ने गरेको छ । काठमाडौंका शासकले दुवै मुलुकका सीमावर्ती क्षेत्रका जनताको चाहना अवस्थालाई बुझेर नै नीति बनाउनुपर्छ । यस भावनात्मक र संवेदनशील सम्बन्धको सम्मान हुनुपर्छ ।

नेपाल–भारत सम्बन्ध’bout हाम्रो मुलुकमा तीनथरिका बुझाइ रहेको देखिन्छ । पहिलोमा, राजावादी र वामपन्थीहरू जो उत्तरी छिमेकी चीनलाई नेपालको भरपर्दो मित्र ठान्छन् । तर, भारतको नाम सुनेपछि त्यसमा अनर्थ मात्रै हेर्छन् । नेपालमा भारतविरोधी भाष्यको निर्माण गर्नमा यो समूह सधैं सक्रिय रहन्छ । शहरी नक्सली (वाम बुद्धिजीवी) र कथित राष्ट्रवादी बुद्धिजीवीहरू भारतको नाम सुनेपछि त्यसमा अनर्थ मात्रै हेर्छन्, दोस्रो समूह, नेपालका लोकतन्त्रवादीहरूको रहेको छ, जो भारतसँग राम्रो सम्बन्ध रहनुपर्छ भन्ने पक्षमा त रहन्छन्, तर यसको समर्थनमा केही लेख्न र बोल्न चाहँदैनन् ’cause आफूमाथि भारत समर्थक भएको आरोप लाग्ने डर रहन्छ । तेस्रो समूह भनेको आमजनता छन, जो बहुुसंख्यक छन् तर यी वर्ग खुलेर बोल्न चाहिरहेका हुँदैनन् ।

के पहाड, के तराई–मधेस, मुलुकमा बहुसंख्यक जनतालाई भारतसँगको सम्बन्ध सुमधुर, सकारात्मक र प्रगाढ अवस्थाको चाहिन्छ । शहरी नक्सली वर्गले तयार पार्ने गरेका भाष्यको प्रभाव कर्मचारीतन्त्रमा पनि पर्ने गर्छ । राजनीतिज्ञहरू माथि त यसको असर हुन्छ नै । वामपन्थी दलहरूले निर्माण गर्ने गरेका भारत विरोधी भाष्यको प्रभाव जनस्तरमा पनि गहिरो रूपमा हुने गर्छ, तर नेपालका लोकतन्त्रवादीहरू पनि यस’bout सत्य–तथ्य जनतामा पस्किरहेका हुँदैनन्, फलस्वरुप भारत पनि नेपालसँगको सम्बन्धलाई चाहे पनि उच्च प्राथमिकतामा राख्न सकिरहेको हुँदैन । केवल गाली मात्र खानका लागि कोही कसैलाई किन मद्दत गर्ने ? नेपालका राजनीतिज्ञहरू संकटका बेलामा भारतलाई गुहार्ने, अनुकूल अवस्थामा उत्तरी छिमेकीलाई पत्याउने र कमी कमजोरीका लागि भारतलाई सराप्ने गरेका कारण नै भरसक भारतले जी–२० को सम्मेलनमा बंगलादेशलाई त आमन्त्रित ग-यो, तर नेपाललाई बोलाएन ।

भौगोलिक कठिनाइका कारण उत्तरी छिमेकी चीन चाहेर पनि हामीलाई सहयोग गर्न सक्दैन । २०७२ सालमा आएको भूकम्पका कारण क्षतिग्रस्त उत्तरी नाकाहरू ८ वर्षसम्म सुचारु हुन सकेनन् । कोभिड–१९ का बेला ४ वर्षसम्म चीनले आफ्नो नाका बन्द राखेको थियो । चिनियाँ ठेकेदारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण त ग¥यो, तर भारतले हवाई मार्ग दिएन भने के गर्ने ?

नेपालमा आएर जसले बिजुलीको निर्माण गरे पनि बिक्री गर्ने भनेको भारतमै हो । भारतले आफ्नो र नेपाली लगानीकर्ताबाहेकले गरेको बिजुली उत्पादन खरिद नगर्ने संकेत दिइसकेको छ । भारतीय लगानीकर्ताले उत्पादन गर्ने बिजुली भारतले खरिद गर्नेछ, तर चीनले उत्पादन गर्ने बिजुली चीनलाई चाहिएको छैन । स्वदेशी उत्पादनले नै हाम्रो आवश्यकता पूरा भइरहेको छ । हामी निर्यात गर्ने अवस्थामा छौं ।

भारतीय नेताहरू कुनै पनि अवस्थामा होली वाइन ग्रहण गर्नपुग्ने मानसिकतामा हुनेछैनन्

नेपाल हिन्दूसापेक्ष राष्ट्र हुने कि धर्मनिरपेक्ष यसको भारत’bout कुनै चासो र अभिरुची रहेको छजस्तो लाग्दैन । भारतका कुनै एउटा लेखक, विद्वान् अथवा साधु–महात्माको टिप्पणीलाई सरकारको नीति ठान्नु हाम्रो अपरिपक्वता हो । राष्ट्रिय राजधानी काठमाडौंमा बौद्ध भिक्षुलाई प्रहरीले लात्ती हानेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि त्यो अन्यत्र पनि पुग्ने निश्चित नै छ । गौतम बुद्धको देश नेपालमा सर्वाधिक धर्म परिवर्तन गरी इसाई बन्नेहरूमा अधिकांश बुद्धमार्गी र त्यसपछि हिन्दूहरू नै छन् । ‘बुद्ध नेपालमा जन्मिएका थिए’ यति मात्रै भनेर हाम्रो कर्तव्य पूरा हुँदैन । भारतका प्रत्येक सनातनी धर्म–संस्कृति र यसको परम्परा एवं धर्मशास्त्रहरू माथि विश्वास गर्छ । भारतका नेताहरूले कुनै पनि अवस्थामा होली वाइन ग्रहण गर्ने छैनन् । नेपालमा कस्तो शासन प्रणाली रहोस् भन्ने विषयमा भारतको खासै चासो रहेको छैन ।

नेपालका राजनीतिक दलहरूले संकटका बेलामा भारतबाट सहयोगको अपेक्षा अवश्य पनि राख्छन् चाहे त्यो २००७ साल होस्, २०७६ साल अथवा २०६२ साल । सत्तामा पुगेपछि त भारतको सुझाव पनि हामीलाई हस्तक्षेप नै महसुस हुनथाल्छन् र विश्वका उत्कृष्ट एवं एसियाका सर्वोत्कृष्ट संविधान बनाउन पनि आफैं सक्षम हुन्छन् । यो बेग्लै कुरा हो कि राष्ट्रवादको भावनाले ओतप्रोत भएर बनाइएको संविधानले पनि मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न सकिरहेको छैन । भूगोलको सही सदुपयोग गर्न सकिँदैन भने यो प्रत्युत्पादक पनि साबित हुनसक्छ । नेपाल–भारत सम्बन्धलाई नेपाल र नेपाली जनताको हितमा कसरी बलियो बनाउन सकिन्छ ? परस्परहित कसरी सम्भव हुनसक्छ, त्यस दिशामा हाम्रो ध्यान जानु आवश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा अब बालेन यात्रा