बालबालिकाको मेमोरी बढाउने उपाय

समान्यतया मानिसको बुद्धि उसको स्मरण शक्तिमा आधारित हुन्छ । मानिसको मस्तिष्कमा संग्रह भएका ज्ञानद्वारा नै बुद्धिले कार्य गर्छ । जस्तो कि गाई र गोरुको बनोटको दृश्य मानिसको स्मरणशक्तिद्वारा नै बुद्धिले गाई र गोरुको पहिचान गर्न सक्छ । त्यसैले मानिसको जीवनमा मेमोरीको अत्यधिक महत्व छ । वास्तवमा मानिसको मेमोरीमा नै यो संसार चलेको छ । प्रत्येक सफलता र प्रगतिमा मेमोरीको नै ठूलो हात छ । तपाईंहरूलाई थाहा नै छ, जुनसुकै विद्या वा सीप सिक्न, त्यसलाई उपयोग गर्न तथा नयाँ ज्ञान र सीप विकास गर्न मेमोरी नै चाहिन्छ । मेमोरी छैन त केही छैन । होइन त ? त्यसैले नै प्रत्येक मानिसले आपूm र आफ्ना बालबालिका तीक्ष्ण बुद्धि र तेज मेमोरीका होऊन् भन्ने चाहन्छन् ।

यदि बालबालिकाको आहारविहार, आचारविचार तथा शिक्षादीक्षामा उचित ध्यान पु-याइयो र मेमोरी बढाउने उपाय अपनाइयो भने निःसन्देह बालबालिकाको मेमोरी बढ्छ, पक्का बढ्छ । यो कुरामा कुनै शंका छैन । त्यसैले यहाँ बालबालिकालाई अति नै उपयोगी केही उपाय उल्लेख गरिएको छ ।

बालबालिकाको आहारविहार
बालबालिकालाई सानैदेखि नै बिहानै उठ्ने बानी बसाल्नुपर्छ । सधैं ब्रह्म मुहूर्तमा उठ्ने गर्नाले मानसिक बल प्राप्त हुन्छ । शरीर निरोगी हुन्छ । बिहान उठेपछि शरीर सरसफाइ गर्न लगाउनुपर्छ । यसलाई नित्यकर्म बनाउन लगाउनुपर्छ । हरेक दिन बिहान खाली पेट पाँच÷सातवटा तुलसीको पात खाएर एक गिलास पानी खुवाउने वा खाना सिकाउने । शरीर सरसफाइ गरेपछि शान्त ठाउँमा बसेर ५–१० मिनेट अनुलोम विलोम प्राणायाम र भ्रामरी प्राणायाम गर्न सिकाउनुपर्छ । यी प्राणायामले स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

अनुलोम विलोम प्राणायाम
दुवै आँखा बन्द गर्ने, बूढीऔंलाले दायाँ नासापुट थुन्ने र बायाँ नासापुटबाट लामो र गहिरो सास लिने अनि कान्छी र साइलीऔंलाले बायाँ नासापुट थुनी दायाँ नासापुटबाट बिस्तारै लामो र गहिरो सास छोड्ने अनि दायाँ नासापुटबाट सास लिने र बायाँबाट छोड्ने । यो अनुलोम विलोम प्राणायाम सुरुका दिनमा ५ मिनेट गर्न लगाउने । ६, ७ मिनेट गर्दै १० मिनेट गर्न लगाउने ।

आहारविहार, आचारविचार तथा शिक्षादीक्षामा उचित ध्यान पु¥याए बालबालिकाको मेमोरी निःसन्देह बढ्छ

भ्रामरी प्राणायाम
भ्रामरी प्राणायाम गर्ने विधि यसप्रकार छ, पद्मासन वा सिद्धासन वा सुखासनमा बस्ने र दुवै आँखा बन्द गर्ने, शरीरलाई एकदमै सिधा राख्ने, त्यसपछि दुवै हातको चोर औंलाले दुवै कानको प्वाल बन्द गर्ने अनि नाकबाट लामो र गहिरो श्वास लिने र मुख बन्द गरी भँवराको गुन्जन झै ऊँ … को लामो गुन्जन गर्दै नाकबाटै श्वास बाहिर फ्याँक्ने । यसरी यो प्राणायाम सुरुमा सात पटक गर्ने र बढाउँदै २१ पटक दोहो¥याउने । यसरी यो प्राणायाम गर्दा मनलाई गुञ्जनद्वारा मस्तिष्कमा हुने स्पन्दनमा एकाग्र गर्नुपर्छ । यो प्राणायाम बिहान तथा साँझ दिनको दुईपटक गरेर चमत्कारी लाभ प्राप्त गर्न सकिन्छ । चार÷पाँच वर्षका बालबालिकाले पनि यो प्राणायाम सजिलै गर्न सक्छन् ।

उत्प्रेरणा
बेलाबेलामा बालबालिकालाई उसले देखेको ठाउँ वा घटना सुनाउन तथा वर्णन गर्न लगाउने । बालबालिकालाई सधैं उत्प्रेरित गर्ने । चार÷पाँच वाक्य पढ्न लगाउने, आँखा बन्द गरेर दृश्यसहित याद गर्न र त्यो नहेरिकन भन्न लगाउने, शुद्धसँग पढ्न र लेख्न सिकाउने, शब्दकोश पढाउन अग्रसर गराउने, मेमोरीमा शब्दको महत्वपूर्ण भूमिका हुन्छ । त्यो ’cause शब्द मिलेरै नै वाक्य बन्छ । यदि शब्द बुझिएन वा शब्दको अर्थ थाहा भएन भने वाक्य नै बुझिँदैन । याद पनि रहँदैन ।

मेमोरी टेक्निक
मेमोरी वृद्धिमा मेमोरी टेक्निकको ज्यादै ठूलो भूमिका देखापरेको छ । मेमोरी टेक्निकद्वारा मानिसको मेमोरीलाई अद्भूत रूपमा सदुपयोग गर्न सकिन्छ । ६÷७ वर्षका बालबालिकाले मेमोरी प्रविधि सिक्न र प्रयोगमा ल्याउन सक्छन् । त्यसैले सम्भव भएसम्म आफ्ना बालबालिकालाई मेमोरी प्रविधि सिकाउने । मेमोरी प्रविधिले चमत्कारी रूपमा मेमोरी बढ्ने हँुदा यसले बालबालिका आत्मविश्वास पनि बढ्ने गर्छ । जसले गर्दा बालबालिकाको मस्तिष्कमा मेरो मेमोरी तेज छ भन्ने दृढ भावना कोरिन्छ ।

बालबालिकाको अन्तर्मनमा कोरिएको यस्तो भावानाले बालबालिका हुने बिरुवाको चिल्लो पात देखिने गर्छन् । मेमोरी प्रविधिले कसरी अद्भूत रूपमा मेमोरी वृद्धि गर्छ भन्ने कुरा निम्न उदाहरणबाट प्रस्ट पार्न सकिन्छ । पहिला तपाईं आफ्ना बालबालिकालाई निम्न नाम पढ्न लगाउनुहोस् । र, १० मिनेटपछि क्रमशः याद गर्न लगाउनुहोस् ।

बालबालिका कोही प्रखर, कोही सामान्य र कोही मन्द बुद्धिका हुन्छन्

१. टेबुल, २. बाकस, ३. बाघ, ४.आइमाई, ५. घर, ६. ट्रक, ७. सर्प, ८. कार, ९. हिरो, १०.किताब आदि कति शब्द याद गर्न सके ? प्रत्येक सही शब्दको जवाफलाई १० अंक दिई कुल अंकभार निकाल्नुहोस् । जस्तो कि ८ शब्द सही भने भने कुल अंक ८० हुने भयो । अब सोही शब्दलाई मेमोरी टेक्निकको सहायताबाट निम्नानुसार याद गर्न लगाउनुहोस् ।

टेबुल–बाकस: एउटा टेबुल छ, त्यसमाथि बाकस राख्दा टेबुल भाँचिएको कल्पना गर्न लगाउने ।

बाकस–बाघ: टेबुल भाँचिएपछि बाकस भुइँमा खसेको र बाकसभित्रबाट एउटा बाघ गर्जिंदै निस्केको दृश्य कल्पना गर्न लगाउने ।

बाघ–आइमाई: बाघलाई देखेपछि एउटी आइमाई हुर्रिंदै भागेको कल्पना गर्न लगाउने ।

आइमाई–घर: आइमाई घरभित्र पसेको कल्पना गर्न लगाउने ।

घर–ट्रक: तेज गतिमा आएको एउटा ट्रक घरमा ड्याम्म ठोकिएको दृश्य कल्पना गर्न लगाउने ।

ट्रक–सर्प: ट्रकबाट एउटा ठूलो सर्प निस्किन्छ । र, भाग्न थाल्छ । यो दृश्य कल्पना गर्न लगाउने ।

सर्प–कार: सर्पलाई तेज गतिमा आएको कारले कुल्चिएको र कार पल्टिएको कल्पना गर्न लगाउने ।

कार–हिरो: पल्टिएको कारबाट एउटा हिरो बल्ल बल्ल बाहिर निस्किएको कल्पना गर्न लगाउने ।

हिरो–किताब : हिरोको हातमा एउटा ठूलो किताब छ । जसलाई हिरोले मुस्किकले उठाएको छ । यो दृश्य कल्पना गर्न लगाउने ।

यसरी मेमोरी टेक्निकअनुसार शब्द याद गर्न सिकाएपछि उपयुक्त शब्द याद गर्न लगाउने क्रमबद्ध । पक्का पनि तपाईंका बालबालिकाले सबै शब्द क्रमशः याद गर्न सक्नेछन् । यो मेमोरी टेक्निकको एक सरल नमुना हो ।

हो, सबै बालबालिका जन्मिँदै एकै सामाथ्र्यका हुँदैनन् । कोही जन्मजात प्रखर बुद्धिका हुन्छन् । कुनै सामान्य बुद्धिका हुन्छन् भने कुनै मन्द बुद्धिका हुन्छन् । त्यसैले यी तीन थरिका बालबालिकलाई एकै किसिमको मानसिक कार्य गर्न लगाउनु उचित हँुदैन । प्रखर बुद्धिका बालबालिकासँगै राखेर मन्द बुद्धिका बालबालिकालाई प्रखर बुद्धिका बालबालिकाले गर्न सक्ने कार्य गराउनुहुँदैन । यस किसिमको व्यवहारले मन्द बुद्धिका बालबालिका हिनताबोधको सिकार बन्न पुग्छन् । त्यसैले कुन बालबालिकासँग कस्तो व्यवहार गर्ने तथा उसलाई कस्तो र कसरी शिक्षा दिने भन्ने कुरो बढी महत्वपूर्ण हुन्छ । त्यसैले बालबालिका तीन वर्षमा पुगेपछि बुद्धि परीक्षण गर्नु राम्रो हुन्छ । विदेशमा बुद्धि परीक्षण गर्ने संस्था हुन्छन् । तर, नेपालमा भने यस्ता संस्थाको अभाव छ । त्यसैले प्रमुख सहरमा यस्ता संस्था खोलिनु आवश्यक छ । बुद्धि परीक्षणको सहयोगबाट नै कलिला बालबालिकलाई दिशानिर्देश गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायको शपथ रोक्न आयोगको निर्देशन