इलाम -२ मा कांग्रेसको अग्रता, पछ्याउदै सुहाङ

मतपरिणाम सुन्न आएका शुभचिन्तक इलाम–२ उपनिर्वाचन मत गणनास्थल गौतमबुद्ध सभागृहमा आइतबार मत परिणाम सुन्न आएका शुभचिन्तक । तस्बिरः टिकाप्रसाद खतिवडा÷रासस

इलाम । इलाम -२ को मत गणनाको पहिलो अपडेट आएको छ । प्राप्त विवरण अनुसार फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ ।

जसमा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता बनाएका छन् । खड्काले ६५७ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले ५३४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ मत प्राप्त गरेका छन् भने रास्वपाका  
मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा एक हजार ५४१ मत खसेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बझाङमा एमालेको अग्रता

बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।

प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले २५० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १९० मत प्राप्त गरेका छन् । 

त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ८० मत र एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ६२ प्राप्त गरेका छन् । 


 

तपाइको प्रतिक्रिया
(Visited 434 times, 1 visits today)

epaper

ताजा समाचार

नर्वेको पोस्टमा फ्रान्सको ४ गोल, डेम्बेको ह्याट्रिक