कपिलवस्तुमा ट्राफिक व्यवस्थापन ‘भद्रगोल’

कपिलवस्तु । कपिलवस्तुका मुख्य बजार क्षेत्रमै ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिएको छ । ट्राफिकले यहाँको ट्राफिक व्यवस्थापनमा चासो नदेखाएपछि जिल्लाका मुख्य बजार अस्तव्यस्त बनेको हो । पिपरा, जितपुर, तौलिहवा, गोरुसिंगे, चन्द्रौटा, बहादुरगंज र कृष्णनगर लगायत मुख्य बजार क्षेत्रमै ट्राफिक व्यवस्थापनमा प्रहरीले चासो नदिदा बजार क्षेत्र अस्तव्यस्त बनेका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अघि नै प्रहरीले ट्राफिक व्यवस्थापन गर्न नसक्दा स्थानीयले ट्राफिक प्रहरीको आलोचना गरिरहेका छन। ड्युटीमा बसेका प्रहरी चोकमा रहेका ठेलामा बस्ने र समय बिताउने गर्छन। जिल्लाको ट्राफिक व्यवस्थापन प्रहरी निरीक्षक अनिश भण्डारीले समाल्ही रहेका छन। ट्राफिक प्रहरीको जिम्मेवारी ट्राफिक व्यवस्थापन गर्नु भएता पनि जिम्मेवारी विर्सियर अर्कै कर्म तर्फ लागेको देखिन्छ। साँझ परेपछि ट्राफिक प्रहरीको चेकिङ सुरु हुन्छ । अनि चेकिङका नाममा असुली सुरु हुन्छ ।

केही समययता दैनिक जसो नै हुने गरेको छ। अचम्मको कुरा, चेकिङस्थलमा ट्रक, टिप्परसहित अन्य मालबहाक सवारीसाधन मात्र ट्राफिक प्रहरीको चेकिङमा पर्छन् । अन्य गाडी र मोटरसाइकल चेकिङमा पर्दैनन् । जुन साधनबाट पैसा झर्छ, त्यहीलाई मात्र ट्राफिकले रोक्छ । अनेक बहानामा दुःख दिएर १०० रुपैयाँदेखि ५००–१००० रुपैयाँसम्म रकम असुली हुन्छ ।

धेरै जरिवानाको त्रास देखाउँदै ट्राफिकले पैसा असुली गर्ने गरेको सवारी चालकहरुको भनाइ छ । ‘जरिवाना धेरै काट्न थाल्छ,’ नाम नबताउने सर्तमा एकजना चालकले भने, ‘हामी पनि धेरै पैसा तिर्नुभन्दा रसिद नलिएरै थोरै पैसा ट्राफिकलाई दिन्छौं ।’ पैसा दिँदा ट्राफिकको झन्झटमा मुक्त हुने उनको भनाइ छ ।

यो त पुर्व पच्चिम राजमार्गमा चल्ने सवारी साधनको मात्र हो। छोटो दुरीमा चल्ने अटो, ढुंगा गिट्टी बोक्ने ट्याक्टर र टिप्पर मासिक रुपमा लिने गरेको बताउछन। पैसा नबुझाए विभिन् बहाना बनाएर दुःख दिने गरेको उनीहरु बताउछन।

अर्घाखाँचीबाट चुन ढुंगा बोकेर आउने टिप्परबाट ट्राफिक प्रहरीले मासिक रुपमा रकम लिने गरेको टिप्पर चालक बताउछन। चुन ढुंगा त्यसैपनि क्षेमता भन्दा बढि हुन्छ हामीले मासिक बुझाउने हुदा उनीहरुले टिप्परलाई रोक्दैन्न, कुनै समय ठिला भए उनीहरुको चेकिङ्ग सुरु हुन्छ अनि दुख दिने गर्छन यति नगरी त गाडि चलाउन गाह्रो छ। एक चालकले नाम नबताउने सर्तमा बताए। त्यति मात्र होइन ट्राफिक प्रहरीले स्कुलहरुबाट समेत रकम लिने गरेको विद्यालय श्रोतले जनाएको छ।

ट्राफिक प्रहरी असुलीतिर सक्रिय भएपछि ट्राफिक व्यवस्थापन भद्रगोल छ । स्थानीयहरुका अनुसार ट्राफिक व्यवस्थापनमा भन्दा पैसा असुलीमा ट्राफिकको ध्यान हुन्छ । ट्राफिक नियम पालना गराउनुको साटो कपिलवस्तुका मुख्य तथा सहायक राजमार्गका विभिन्न जङ्गल र एकान्तमा बसेर चेकिङ्गका नाममा ट्राफिक प्रहरीले रकम असुलीमा सक्रिय छ ।

पूर्वपश्चिम राजमार्गका पिपरा, गोरुसिंगे, गोरुसिंगे तौलिहवा रोड, कपासी, चम्पापुर, बहादुरगंज, र शिवपुर लगायतका दर्जनौ स्थानमा ट्राफिक प्रहरी सवारी साधन कुरेर बस्ने गरेका छन् । ‘कति बेला मुर्गा भेटिन्छ’ भनेर ‘पासो’ थापेर बस्ने गरेको एक जना सवारी चालकले बताए ।

दुर्घटना न्यूनीकरण गर्नुभन्दा रकम असुली ट्राफिक प्रहरीको प्राथमिकतामा परेपछि सवारी दुर्घटनासँगै पछिल्लो समयमा कपिलवस्तुका मुख्य बजार क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बनिरहेको छ । ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनभन्दा रकम असुलीमा केन्द्रीत रहेको प्रष्ट हुन्छ । दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना फैलाउनुको साटो सानातिना कमजोरी खोज्दै जरिवानाको बाहाना बनाएर रकम उठाउनेतर्फ केन्द्रीत भएको सम्वद्धहरु बताउँछन् ।

ट्राफिक प्रहरीले जरिवाना नकाटेको भने होइन पछिलो चैत महिनामा ३ लाख रुपैसा जरिमाना बाफत राजस्व उठाएको छ। यता जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्ष अनिश भण्डारीले ट्राफिकले जरिवाना नकाटेर पैसा उठाउने गरेको भन्ने भ्रम भएको र आफु जिल्लामा आएदेखि नै ट्राफिक व्यवस्थापनमा निकै सुधार गर्दै आएको दावी गरेका छन् ।

आफुले नागरिकका जनगुनासो सुन्ने र त्यसको समाधान गर्ने तर्फ पनि सक्रिय रहेको बताउदै ट्राफिक जनचेतनाका विभिन्न कार्यक्रम गर्दै आएको बताए। उनले आम नागरिकले गरेका गुनासोका ’boutमा बुझेर यथासिघ्र समस्याको समाधान गर्ने प्रतिवद्दता समेत जनाए।

तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका प्रमुख जितेर ठूलो दल बन्दै रेशम चौधरीको उन्मुक्ति पार्टी