कर्माहा बस्ती संरक्षण क्षेत्रको खयर स्थानीयद्वारा कटान

सिन्धुली । दुधौली नगरपालिका वडा नं. ४ कर्माहाको बस्ती संरक्षणका लागि बनाईएको कमला नदीको तटबन्ध (बाँध) संरक्षणका लागि रोपिएका खयरका रुखहरु स्थानीयले कटान गरेका छन् ।

बस्ती संरक्षणका लागि २०६२ सालमा गरिएको कमला नदी तटबन्धको क्षेत्रमा रोपिएका ४० वटा खयरका बोट बैशाख ९ गते कटान गरेको स्थानीय ऋषिराम पहाडीले बताएका छन् ।

स्थानीयले बस्ती संरक्षण बाँध क्षेत्रमा रोपिएको खयर कटान गरी निकासी गर्न दुधौली नगरपालिका – ४, पचरुखीमा घाटगद्दी गरेको भन्दै डिभिजन वन कार्यालय सिन्धुलीमा बैशाख १२ गते उजुरी दिएका थिए ।

सार्वजनिक स्थानमा रहेका खयरका रुख तत्कालिन बाँध निर्माण समितिमा रहेका व्यक्तिहरु रामकुमार कुँवर, गोपाल गौतम र मोदनाथ चापागाईले कटान गरी बिक्री वितरण गर्न लागेपछि उनीहरु विरुद्ध अन्य स्थानीयले उजुरी दिएका थिए ।

स्थानीय ऋषिराम पहाडी, बेली प्रसाद पहाडी, रामचन्द्र पहाडी, र टिका कुमारी गौतमले डिभिजन वन कार्यालय सिन्धुलीमा उजुरी दिएका हुन ।

डिभिजन वन कार्यालय सिन्धुलीले बैशाख १३ गते नै रुख कटान गरेको स्थानमा गई स्थलगत अनुगमन गरि कटान भएका १८ वटा खयरका रुख बरामद गरेको जनाएको छ । उक्त क्षेत्रमा २५० भन्दा बढी खयरका रुख रहेकामा ४० वटा रुख कटान भएको उजुरीकर्ताहरुको दावी छ ।

डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख प्रल्हाद धितालले सो क्षेत्रको सार्वजनिक स्थानमा रहेका १८ वटा रुख कटान गरिएको पाईएको र ती रुखहरु वन कार्यालयले खटाएको टोलीले बरामद गरी इलाका प्रहरी कार्यालय डकाहामा राखेको बताएका छन् ।

खयर कटानमा संलग्न रहेकाहरुलाई पक्राउ गर्नका लागि सिन्धुली जिल्ला अदालतबाट पक्राउ पूर्जि जारी भईसकेको डिभिजन वन कार्यालयका वन अधिकृत वच्चुराम सुवेदीले बताए ।

नेपाल सरकारले तय गरेको सरकारी दररेट अनुसार खयरको काठको मुल्य प्रतिकेजी ३३ रुपैंया वा एक हजार रुपैंया प्रति क्युफिटमा पर्नेे सुवेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी