काठमाडौं । अन्तराष्ट्रिय मजदुर दिवसको अबसर पारेर निर्देशक पूर्णेन्दु झाले आफ्नो नयाँ मैथिली चलचित्र ‘लेवर’को टिजर बुधबार काठमाडौँ सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा सार्वजनिक गरेका छन् ।
यसलाई उनले नेपाली र भोजपुरी भाषामा पनि निर्माण गरेर दर्शकमाझ ल्याउने बताएका छन् । यसमा उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतको यसमा मुख्य भूमिका रहने छ ।
मिथिला क्षेत्रबाट लेवर बनेर बैदेशिक रोजगारीमा जाने युवाहरुको सँघर्ष कथामा यो चलचित्र निर्माण हुँदैछ । पुर्णेन्दु प्रोडक्सन्स प्रालि. र अरिपन फिल्म्स प्रालिको व्यानरमा निर्मित यो चलचित्रको सह निर्मातामा सतेन्द्र झा, संजय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी, लक्ष्मी ठाकुर रहेको कार्यक्रममा जानकारी गराईयो ।
चलचित्रको छायाँकन सम्पन्न नगर्दै टिजर सार्वजनिक गरिएको हो । यसको छायाँकन चाँडै नै अघि बढाउने निर्देशक पूर्णेन्दुले बताएका छन् । प्रवेश मल्लिकको सङ्गीत तथा पाश्र्व सङ्गीत रहेको यो चलचित्रमा द्वन्द्व निर्देशन हिमाल केसी, छायाङ्कन आलोक शुक्लको, सम्पादक निमेष श्रेष्ठ र रङ्ग संयोजन राजेन्द्र मोक्तानको हुने पनि निर्देशक पूर्णेन्दुले जानकारी गराएका छन् । उनका अनुसार लेवरलाई आगामी मँसिरबाट रिलिज गरिने भएको छ ।






