तुलसीपुरका किसानले प्रहरीलाई सित्तैमा खिर खुवाए

तुलसीपुर । तुलसीपुरका दुग्ध उत्पादक किसानले खिर खानका लागि भन्दै प्रहरीलाई निशुल्क रुपमा एक सय साठी लिटर दुध दिएका छन् । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयन गराउन रातदिन खटेका जनपथ प्रहरी र शसस्त्र प्रहरीलाई व्यवसायीले दुध उपलब्ध गराएका हुन् ।

दुग्ध उत्पादक किसानले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पायण्डेद्धारा जनपथ प्रहरीलाई एक सय दश लिटर र शसस्त्र प्रहरीलाई ५० लिटर दुध उपलब्ध गराइएको हो ।

दुध उत्पादक संघका नगर अध्यक्ष लोकराज डाँगी लगाएतका किसानको सहभागितामा दुध हस्तान्तरण गरिएको तुलसीपुर उपमहागनरपालिकाको मेयर सचिवालय प्रमुख मानबहादुर रावतले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह