अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण छ : मन्त्री भण्डारी

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषण उत्खननले अर्थतन्त्रमा सुधार ल्याउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए । आईतबार दैलेखको भैरबी गाउँपालिका–१ स्थित जलजलेमा कर्णालीको पेट्रोलियम पदार्थ अन्वेषणको मुख्य ड्रिलिङ उद्घाटन गर्दै मन्त्रीले यस्तो बताएका हुन् । चिनियाँ सरकारको जियोलजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको अन्वेषणको अन्तिम ड्रिलिङको काम सुरु भएको हो । मन्त्री भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्ट इञ्चार्ज डा. याङ्ग पिङ्गले उत्खनन् स्थलमा नेपाल र चीनको राष्ट्रिय झण्डोत्तलन गरी ड्रिलिङ्ग कार्य शुरु गरेका हुन ।

चार महिनामा सम्पन्न हुने मुख्य ड्रिलिङले सो स्थानमा पेट्रोलियम पदार्थ वा ग्याँस भए नभएको एकिन हुनेछ भने पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकिने वा नसकिने विषयम अन्तिम नतिजा हासिल हुनेछ । पेट्रोलियम अन्वेषण अन्तर्गत पूर्वाधार निर्माणको काम सम्पन्न भएसँगै मन्त्री भण्डारीले अन्तिम चरणका कामको शुभारम्भ गरेका हुन् ।

मन्त्री भण्डारीले विश्वव्यापी इन्धन संकटले नेपालमा पर्नसक्ने असरलाई कम तथा देशको अर्थतन्त्र सुधारका लागि पेटोलियम उत्खननको अन्वेषणको महत्वपूर्ण भुमिका रहने बताए । उनले भने,यो परियोजना सफल बनाउन सरकारले कुनै पनि कसरत बाँकी राख्ने छैन । परियोजना सफल भएको खण्डमा कर्णालीबाट इन्धन समृद्धि सुरु हुने छ । मन्त्रालयबाट हुने सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । २०७२ मा भारतले लगायतको अघोषित नाकाबन्दीपछि चर्चित बनेको पेट्रोलियम पदार्थका खानीहरूको अन्वेषण र उत्खननको काम नतिजान्मुख चरणमा प्रवेश गरेको हो ।

खानी तथा भू–गर्भ विभाग अन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार मुख्य ड्रिलिङका लागि उच्च प्रविधिसहितका आवश्यक उपकरण प्रयोग गरी अन्तिम नतिजा आउने गरी काम गरिनेछ ।

अब चार हजारदेखि चार हजार पाँच सय मिटरसम्मको गहिराईमा अन्तिम अन्वेषणको काम गरिने परियोजना प्रमुख नापितले बताए । जसका लागि एक सय ५७ ट्रकबाट आवश्यक उपकरणहरू परियोजनास्थलमा पुगिसकेका छन् भने केही उपकरणहरू ल्याउन बाँकी छ ।

‘मेसिन जडान गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएसँगै अन्तिम अन्वेषणका लागि मुख्य ड्रिलिङ गर्ने कार्यको शुुभारम्भ गरेका हौँ,’ नापितले भने, ‘अबको चार महिनाभित्र सो क्षेत्रमा तेल वा ग्याँस के हो त्यसको निक्यौल हुन्छ, कति परिमाणमा छ, उत्पादन गर्न सकिने वा नसकिने भन्ने विषयमा टुङ्गो लाग्छ ।’

परियोजना प्रमुख नापितका अनुसार दैलेखमा विगत सयौँ वर्षदेखि जमिनमै ग्याँसहरू बलिरहेको, पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिईरहेको प्राविधिक प्रतिवेनदनले पेट्रोलियम पदार्थ छ भन्ने बलियो प्रमाण भएको नापित जानकारी दिए ।

‘सदियौँ वर्षदेखि जमिनमै ग्याँसहरू बलिरहेको छ । ‘पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिईरहेको प्राविधिक रिपोर्टले देखाउँछ, यो नै पेट्रोलियम पदार्थ छ भन्नेमा बलियो प्रमाण हो, पुष्टि पनि हो, अब कति गहिराईमा छ, कुन–कुन ठाउँमा छ, कति परिमाणमा छ, प्राविधिक र आर्थिक हिसाबले उपयुक्त छ या छैन भन्ने’bout अध्ययन यस ड्रिलिङबाट गरिनेछ ।’

नेपालको चुरे पहाडको केही भू–भाग र तराईको भाग पेट्रोलियम पदार्थको स्रोत भएको अत्यन्तै सम्भावित क्षेत्र रहेको उनको भनाइ छ । हाल परियोजना स्थलमा २१ चिनियाँ प्राविधिकसहित झण्डै ५० जना नेपाली सहयोगीहरूले २४ सै घण्टा अन्वेषणको काम गरिरहेका छन् । यो परियोजना सफल भए दैलेखको मात्र नभई समग्र देशकै समृद्धिको ढोका खोल्ने छ भने, स्थानीयस्तरमै रोजगारी सिर्जना भई आर्थिक उपार्जनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाको हस्तक्षेमा एउटै पालिकामा दुई उम्मेद्वार सिफारिस गरेपछि काँग्रेस कैलालीमा विवाद