गुल्मीमा आगो निभाउने दमकल चालकलाई सम्मान

गुल्मी । गुल्मीमा आगो निभाउने दमकल चालकलाई सम्मान गरिएको छ । जिल्लाको शुभलक्ष्मी क्लिनिकले शनिबार रेसुङ्गा नगरपालिकाका दमकल चालक कमल पन्थी सहितका पाँच जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।

क्लिनिकले पन्थी सहित दमकल (बारुण यन्त्र) सहायक कृष्ण बहादुर थापा, नगर प्रहरी जवान बसन्त बस्नेत, जीवन पाण्डे र नगरपालिकाका कार्यालय सहयोगी प्रेम बहादुर मगरलाई सम्मान गरेको हो । उनीहरुलाई सम्मान पत्र, दोसल्ला र मायाको चिनोले सम्मान गरिएको संस्थाका व्यवस्थापक राजेन्द्र विश्वकर्माले जानकारी दिए । गुल्मीमा रहेका १२ पालिकामध्ये सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिकामा मात्र एउटा दमकल छ ।

उक्त दमकलले सदरमुकाम तम्घासका साथसाथै इस्मा, गुल्मीदरबार, धुर्कोट, अर्घाखाँचीको छत्रदेव लगायतका ठाउँमा सेवा दिइरहेको छ । सोही दमकल लिएर आगो निभाउन खटिने चालकसहितका सदस्यहरुलाई सम्मान गरिएको शुभलक्ष्मी क्लिनिकका प्रबन्ध निर्देशक होम पल्लीले जानकारी दिए ।

गुल्मीमा यो बर्ष आगलागीबाट एक सय ५० भन्दा बढी घरगोठ जलेर नष्ट हुनुका साथै तीन हजार बन्दा बढी हेक्टर जंगलमा क्षती पुगेको छ । संस्थाका प्रबन्ध निर्देशक पल्लीले जोखिमपूर्ण मानवीय सेवामा लाग्ने जनशक्तिलाई काममा हौसला प्रदान गर्न सम्मान गरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आज र भोलि मतदाता परिचयपत्र वितरण गर्ने