अल्पमतमा मधेस प्रदेश सरकार

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । आइतबार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छ ।

उपेन्द्रलाई राजीनामा गर्न प्रचण्डको निर्देशन

संघीय सरकारमा समेत जसपामा सहभागी छ । तर, अब संघीय सरकारबाट समेत जसपा नेपालका मन्त्रीलाई राजीनामा गर्न प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिइसकेका छन् । जसपा नेपालका अध्यक्षसमेत रहेका उपेन्द्र यादव आफंै प्रचण्ड नेतृत्वको संघीय सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् ।

आइतबार प्रधानमन्त्री प्रचण्ड र यादवबीच भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रचण्डले यादवलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् । प्रचण्डले यादवलाई राजीनामा दिन निर्देशन दिँंदै अब प्रदेश सरकारलाई दिएको समर्थनसमेत आफूले फिर्ता लिने जनाएका थिए ।

प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि यादवले पार्टीको कार्यकारिणी समिति बोलाएका छन् । अब जसपा नेपालले संघीय सरकारबाट बाहिरिनुका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै छ । गत साता यादव नेतृत्वको जसपा नेपाल दुईपटक विभाजन भइसकेको छ । अशोक राईको नेतृत्वमा गठन भएको जसपा सरकारलाई समर्थन कायमै राखेको छ । राई नेतृत्वको सरकार संघीय सरकारका साथै प्रदेश सरकारमा सहभागी हुने र यादव नेतृत्वको जसपा सरकारबाट बाहिरिने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)सहितका दलसँग मिलेर प्रचण्ड नेतृत्वको सरकार ढाल्ने रणनीतिअनुसार अगाडि बढ्न खोजेपछि जसपा नेपाल तीन टुक्रामा विभाजन भएको हो । संघीय सरकारमा उपप्रधानसहित मन्त्री पाएको जसपाले आफ्नै नेतृत्वको मधेस प्रदेश सरकारसमेत गुमाएको छ ।

मधेस प्रदेश सरकारमा सहभागी एमालेका मन्त्री र राज्यमन्त्रीले राजीनामा बुझाइसकेका छन् । एमालेबाट मधेस प्रदेश सरकारका मन्त्री सरोजकुमार यादव, राजकुमार लेखी, शत्रुधन सिंह, प्रमोदकुमार जयसवाल तथा राज्यमन्त्री केशव राय र शारदा थापाले राजीनामा बुझाएका हुन् ।

यस्तै, माओवादीका वन तथा वातावरणमन्त्री भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले राजीनामा दिएका छन् । एमाले र माओवादी केन्द्र बाहिरिएसँगै मधेस सरकार अल्पमतमा परेको छ ।

नेता साहले मधेस सरकारमा भ्रष्टाचार र अनियमितता बढेकाले सरकार छाडेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताए । प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ताको पत्र बुझाउनुअघि दुवै मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका थिए ।
१ सय ७ सांसद रहेको मधेस प्रदेशमा अब नयाँ सरकार बनाउने गृहकार्य सुरु भएको छ । मुख्यमन्त्रीका लागि एमाले, माओवादी, जनमत पार्टीले दाबी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा एमाले–माओवादीबीच चुनावी सहकार्य